सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई थाह छ?

के तपाईंलाई थाह छ?

के तपाईंलाई थाह छ?

(यस हाजिरीजवाफका उत्तरहरू तल उल्लिखित बाइबल पदहरूमा पाइन्छन्‌ र जवाफहरूको सूची पृष्ठ १३ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” हेर्नुहोस्‌।)

१. यहोवालाई पवित्र तुल्याउन चुकेर मोशा र हारूनले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्ने सुअवसर गुमाएको ठाउँको नाउँ के थियो? (गन्ती २०:१२, १३)

२. अय्यूबका गोरु तथा गधाहरू लुट्‌ने र तिनका गोठालाहरूलाई मार्ने आक्रमणकारी समूहमा को थिए? (अय्यूब १:१४, १५)

३. बाबेलमा छँदा, दानियलका तीन जना साथीहरूमध्ये कसको नाउँ मेशेक राखिएको थियो? (दानियल १:७)

४. प्रेमको लगत्तैपछि आत्माको कुनचाहिं फल उल्लेख गरिएको छ? (गलाती ५:२२)

५. महान्‌ बेबिलोनको द्रुत विनाशलाई संकेत गर्न बलवान दूतले “जाँतोजस्तै एउटा ठूलो ढुंगा” कहाँ फाले? (प्रकाश १८:२१)

६. गेहजीले झूट बोलेर एलिशाको लागि भनेर नामानसँग के-के उपहारहरू माग्यो? (२ राजा ५:२२)

७. कुन एमोरी राजाले, इस्राएलीहरूले तिनको कुनै कूवाबाट पानीसमेत नखाने प्रतिज्ञा गरे तापनि तिनीहरूलाई आफ्नो देश भएर जान दिएनन्‌? (गन्ती २१:२१-२३, नयाँ संशोधित संस्करण)

८. साराको चिहानको निम्ति अब्राहामलाई मक्पेलाको ओढ़ार कसले बेचे? (उत्पत्ति २३:८-११)

९. हितोपदेश २९:२५ अनुसार, “मानिसको डर[ले]” कस्तो समस्या ल्याउँछ र यसबाट कसरी जोगिन सकिन्छ?

१०. परमेश्‍वरको आत्माको तेस्रोचाहिं फल कुन हो? (गलाती ५:२२)

११. पीनहासले यहोवालाई खुसी तुल्याउने तथा २४,००० इस्राएलीहरूको ज्यान लिइसकेको विपत्ति रोक्ने कस्तो कदम चाले? (गन्ती २५:६-१४)

१२. बत, कब, कोर, एपा, हीन, होमेर, लग, ओमेर र शेआ सबै एक प्रकारको के थिए? (प्रस्थान १६:१८)

१३. यरूशलेममा रहेका प्रेरित तथा धर्म-गुरुहरूले एन्टिओक, सिरिया र सिलिसियाका भाइहरूलाई लेखेको पत्रमा कुन-कुन कुराहरू “जरूरतका कुराहरू[को]” रूपमा सूचीबद्ध थिए? (प्रेरित १५:२८, २९)

१४. शबाकी रानीले किन यरूशलेमको यात्रा गरिन्‌? (१ राजा १०:४, ५)

१५. यहोवाले इस्राएल राष्ट्रको लागि प्रबन्ध गर्नुभएको सबै पवित्र महा-सभाहरूको एउटा अनुपम विशेषता के थियो? (लेवी २३:७)

१६. सुसमाचारका चारवटा पुस्तकहरूमध्ये सबैभन्दा छोटो पुस्तक कुनचाहिं हो?

१७. भीड येशूलाई पक्रन आउँदा, पत्रुसले कसको दाहिने कान तरवारले हानेर च्वाट्टै काटिदिए? (यूहन्‍ना १८:१०)

१८. सुरुमा बाइबल कुन तीनवटा भाषामा लेखिएको थियो? (एज्रा ४:७; प्रकाश ९:११)

१९. कसलाई अक्सर पालमा बस्ने र गोठाले जीवन बिताउने फिरन्ते जातिको रूपमा चिनिन्थ्यो? (यर्मिया ३:२)

२०. इस्राएलीहरूलाई किन तिनीहरूको खेतको कुना कुनासम्मै बाली नकाट्‌नू भन्‍ने आज्ञा दिइएको थियो? (लेवी १९:९, १०)

हाजिरीजवाफका उत्तरहरू

१. मरीबाको पानी

२. शबाईहरू

३. मीशाएल

४. आनन्द

५. समुद्रमा

६. “एक तोड़ा चाँदी र दुइ जोर लुगा”

७. सीहोन

८. एप्रोन हित्ती

९. यसले पासोमा पार्छ। यहोवामाथि भरोसा गरेर

१०. शान्ति

११. तिनले शिमोनको कुलको एउटा परिवारका मुखिया जिम्री र उसले आफ्नो पालमा व्यभिचार गर्नको लागि ल्याएको मिद्यानी स्त्रीलाई मारे

१२. नाप

१३. “मूर्तिहरूलाई बलि चड़ाएको प्रसाद, रगत, गला अँठ्याएर मारेको जन्तुको मासु र व्यभिचारबाट अलग रहनु”

१४. ‘सुलेमानका सबै बुद्धि हेर्न’

१५. कुनै प्रकारको काम गर्नु हुँदैनथ्यो

१६. मर्कूस

१७. मुख्य पूजाहारीको दास, माल्‌कस

१८. हिब्रू, अरामी र युनानी

१९. अरबीहरू

२०. “गरीब र परदेशीहरूका निम्ति” केही अनाज छोडिदिन (g03 2/08)