सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“ब्यूँझनुहोस्‌!-ले मेरो ज्यान जोगायो!”

“ब्यूँझनुहोस्‌!-ले मेरो ज्यान जोगायो!”

ब्यूँझनुहोस्‌!-ले मेरो ज्यान जोगायो!”

ब्यूँझनुहोस्‌!-का प्रकाशकले इटालीका एक जना कृतज्ञ पाठकबाट एउटा पत्र प्राप्त गऱ्‍यो। पत्रको केही भाग यसप्रकार छ:

“मैले ब्यूँझनुहोस्‌! पढेको लगभग ४० वर्ष भइसक्यो र यसमा प्रस्तुत गरिएका विभिन्‍न किसिमका व्यावहारिक विषयहरू मलाई निकै राम्रो लाग्छ। हालै, काम गरिरहेको बेला मेरो पेट र छातीमा अचानक तीव्र पीडा भयो। मैले घर जाने निर्णय गरें तर दोस्रो चोटि फेरि पीडाको झट्‌का महसुस गरेपछि आफूलाई के भइरहेको छ भनेर एउटा कुरा दिमागमा आयो। मैले ब्यूँझनुहोस्‌!-को एउटा लेख सम्झें र त्यसमा हृदयघातका लक्षणहरूबारे वर्णन गरिएको थियो। a मैले अस्पताल जाने निर्णय गरें। म प्रतीक्षालयमै छँदा मेरो टाउको एकापट्टि लत्रेछ र म बेहोस भएछु। सघन उपचार कक्षमा हुँदा पो मलाई भोलिपल्ट यसबारे थाह दिइयो।

“दक्ष चिकित्सकहरूले यथाशीघ्र कदम चालेको कारण आज म जीवित छु। तर मैले यसको श्रेय तपाईंहरूको पत्रिकालाई पनि दिनै पर्छ, जुन पत्रिकाले मलाई अस्पताल जाने बुद्धिमानी कदम चाल्न लगायो। ब्यूँझनुहोस्‌!-ले मेरो ज्यान जोगायो!” (g03 2/22)

[फुटनोट]

a डिसेम्बर ८, १९९६, पृष्ठ ६ को हाम्रो लेख हेर्नुहोस्‌।