सिरिया—रोचक इतिहासको प्रतिध्वनि
सिरिया—रोचक इतिहासको प्रतिध्वनि
योठाउँ पुरातन संसारको दोबाटोमा पर्थ्यो। त्यो दोबाटो भूमध्यसागरदेखि चीन र मिश्रदेखि एनाटोलीया जाने व्यापारिक दलहरूले यात्रा गर्ने मार्गहरूको संगमस्थल थियो। अक्काड, बेबिलोन, मिश्र, फारस, युनान तथा रोमका सेनाहरूले कुनै समय यसमाथि आधिपत्य जमाएका थिए। शताब्दीयौंपछि टुर्क र धार्मिक योद्धाहरूले पनि यस भूमिमा कदम राखे। आधुनिक समयमा चाहिं फ्रान्स र बेलाइतले यसमाथि आधिपत्य जमाउने चाहनाले युद्ध लडे।
त्यस क्षेत्रको केही भूभाग अहिले पनि हजारौं वर्ष पहिलेकै सिरिया नाउँले चिनिन्छ। त्यस क्षेत्रमा थुप्रै परिवर्तनहरू भइसकेको भए तापनि आज पनि त्यहाँ इतिहासको प्रतिध्वनि गुञ्जिरहेको छ। यो ठाउँ विशेष गरी बाइबलका विद्यार्थीहरूको लागि चासोको विषय हो किनभने सिरियाले बाइबल इतिहासमा पनि केही भूमिका निर्वाह गरेको थियो।
दमीसक—पुरातन शहर
उदाहरणका लागि, सिरियाको राजधानी दमीसकलाई विचार गर्नुहोस्। प्राप्त जानकारीअनुसार स्थापनाकालदेखि नै मानिसजाति बसोबास गर्दै आएका संसारका शहरहरूमध्ये यो सबैभन्दा पूरानो शहर हो। एन्टी-लेबनान श्रेणीको फेदीमा रहेको अनि बाराडा नदीले वारपार छेडेको दमीसक विशाल सिरियाली मरुभूमीको किनारमा शताब्दीयौंसम्म मनै लोभ्याउने उद्यानको रूपमा रह्यो। कुलपिता अब्राहाम पनि कनानको दक्षिणी भागमा जाँदा यही ठाउँ भएर गएका हुन सक्छन्। त्यहाँबाट तिनले “दमीसकका” एलीएजरलाई आफ्नो घरानाको रेखदेख गर्ने नोकर बनाए।—उत्पत्ति १५:२.
झन्डै हजार वर्षपछि सोबाका सिरियाली राजाहरूले इस्राएलका प्रथम राजा शाऊलसित युद्ध गरे। (१ शमूएल १४:४७) इस्राएलका दोस्रो राजा दाऊदले पनि अरामका (हिब्रू भाषामा सिरियाको नाउँ) राजाहरूसित युद्ध गरेर तिनीहरूलाई हराए र “अरामीहरूका बीचमा पहरा-चौकीहरू राखे।” (२ शमूएल ८:३-८) यसरी इस्राएल र सिरियाबीच लामो समयसम्म शत्रुता कायम रह्यो।—१ राजा ११:२३-२५.
सा.यु. प्रथम शताब्दीसम्ममा सिरियाली र यहूदीहरूबीचको शत्रुता शान्त भइसकेको जस्तो देखिन्छ। त्यसबेला दमीसकमा थुप्रै यहूदी सभाघरहरू समेत भइसकेका थिए। यरूशलेमबाट दमीसक गइरहेकोबेला नै टार्ससका शावल (पछि पावल) पनि धर्म परिवर्तन गरेर मसीही भएका थिए भन्ने कुरा सायद तपाईंलाई यादै होला।—प्रेरित ९:१-८.
आधुनिक समयको दमीसकमा अब्राहामले यात्रा गरेको बाटो वा दाऊदको विजयबारे कुनै प्रमाण भेटिंदैन। तर त्यहाँ पुरातन रोमी शहरका भग्नावशेष
प्रेरित ९:१०-१९) रोमी युगमा भएको सडकभन्दा आज एकदमै भिन्न भइसकेको यस सडकबाट नै प्रेरित पावलले आफ्नो उल्लेखनीय पेसा सुरु गरेका थिए। सीधा सडक बाब-शार्की नामक रोमी मूल ढोकामा पुगेर टुंगिन्छ। त्यस शहरका घरहरू पर्खालमाथि बनाइएका हुनाले पावललाई टोकरीमा राखेर पर्खालबाहिर कसरी ओह्रालियो होला भनी बुझ्न मदत गर्छ।—प्रेरित ९:२३-२५; २ कोरिन्थी ११:३२, ३३.
लगायत प्राचीन रोमन भाया रेक्टाकै (सीधा भन्ने गल्ली) मार्गमा पर्ने पुरानो शहरको मुख्य सडकका अवशेषहरू भने पाइन्छ। दमीसकबाहिर भर्खरै चमत्कारपूर्ण ढंगमा धर्म परिवर्तन गरेका शावललाई हननियाले त्यसै सडकको एउटा घरमा भेट्टाएका थिए। (पाल्मिरा—ऐतिहासिक उद्यान
दमीसकको उत्तरपूर्वतिर तीन घण्टा गाडीबाट यात्रा गरेपछि एकदम उल्लेखनीय पुरातात्त्विक इलाका भेटिन्छ: त्यो हो, बाइबलमा तद्मोर भनेर उल्लेख गरिएको पाल्मिरा। (२ इतिहास ८:४) भूमध्यसागर र युफ्रेटिस नदीको बीचमा रहेको यस उद्यानलाई उत्तरतिरका हिमालहरूबाट यहाँ आएर उत्पन्न हुने जमिनमुनिका मूलहरूले सिंचेको छ। पुरातन समयका व्यापारिक मार्गहरू मेसोपोटामिया र पश्चिमतिरको फर्टाइल क्रेसेन्टका भूमिहरू हुँदै जान्थ्यो र यो पाल्मिराबाट सुदूर उत्तरमा पर्थ्यो। तथापि, सा.यु.पू. प्रथम शताब्दीमा उत्तरी भेगमा सुरु भएको राजनैतिक अस्थिरताले गर्दा दक्षिणतिरको छोटो मार्ग सबैले रुचाउन थाले। यसरी पाल्मिरा आफ्नो सम्पन्नताको पराकाष्ठामा पुग्यो।
रोमको पूर्वी सिमानामा पाल्मिराले सुरक्षाको भूमिका खेलेको हुँदा पछि यसलाई रोमी प्रान्तमै गाभियो तर पछि यसलाई स्वतन्त्र शहर
घोषित गरियो। यसका भव्य सडकहरूको किनारमा ठूलठूला मन्दिरहरू, स्मारकीय गुम्बजहरू, स्नानगृहहरू र रंगमञ्चहरू लहरै रहेका थिए। सडक किनारका डबलीहरू पदयात्रीहरूका लागि ढुंगाले छापिएका थिए भने मुख्य सडकचाहिं ऊँटको बथानलाई हिंड्न सजिलो होस् भनेर त्यत्तिकै छोडिएका थिए। पूर्वमा चीन र भारतबीचको व्यापारिक मार्ग र पश्चिममा ग्रीस अनि रोमी संसारको व्यापारिक मार्गमा पर्ने पाल्मिरा व्यापारीहरूको यात्रामा विश्राम गर्ने ठाउँ भएको थियो। त्यहाँ तिनीहरूले ल्याएका रेशम, मसला तथा अन्य वस्तुहरूको कर जबरजस्ती तिर्न लगाइन्थ्यो।सा.यु. तेस्रो शताब्दीमा पाल्मिरा उन्नतिको पराकाष्ठामा पुगेको बेला त्यहाँको जनसंख्या झन्डै २,००,००० थियो। यसैबेला यहाँको महत्त्वाकांक्षी रानी जेनोबियाले रोमसित युद्ध लडिन् र अन्ततः सा.यु. २७२ मा पराजित हुनुपऱ्यो। यसप्रकार, जेनोबियाले अन्जानमै दानियल अगमवक्ताले ८०० वर्षअघि लेखेको भविष्यवाणीको केही अंश पूरा गरिन्। a (दानियल, अध्याय ११) जेनोबियाको हारपछि पाल्मिरा रोमी साम्राज्यको सामरिक नाकाको रूपमा अस्तित्वमा त रह्यो तर यसले कहिल्यै पनि पहिलेको शक्ति र वैभव पुनः प्राप्त गर्न सकेन।
युफ्रेटिसतिर जाँदा
यसको उत्तरपूर्वी भागमा मरुभूमीको बाटो हुँदै तीन घण्टा गाडीको सफर गरिसकेपछि देरएज जोर भनिने शहर पुगिन्छ जहाँबाट विशाल युफ्रेटिस नदी देख्न सकिन्छ। एनाटोलियाका पूर्वी भागमा रहेका पर्वतहरू यस ऐतिहासिक जलमार्गको उद्गम स्थल हो र यो सिरियाको उत्तरतिर रहेको कारकेमिश हुँदै सिरियाकै दक्षिणपूर्वी भू-भागबाट इराकमा प्रवेश गर्छ। इराकी सिमानाको नजिकै सिरियाका दुईवटा पुरातन शहरका भग्नावशेषहरू रहेका छन्।
दक्षिणपूर्वतिर १०० किलोमिटर गएपछि सिमानाको कुनातिर डुरा युरोपोस भनिने पुरातन गढीको रूपमा रहेको शहरका भग्नावशेषहरू पाइन्छ। अर्को २५ किलोमिटर दक्षिणपूर्वी भागमा लागेपछि मारी नाउँ गरेको स्थल छ। कुनै समय व्यापारिक सम्पन्नताले भरिभराउ यस शहरलाई सा.यु.पू. १८ औं शताब्दीमा बेबिलोनी राजा हामुराबीले नाश पारिदिए। यसका राजदरबारमा झन्डै १५,००० वटा माटोका पाटीहरूमा खोपिएका अभिलेखहरू भेट्टिए। ती अभिलेखहरूले ऐतिहासिक तथ्यहरूलाई प्रकाश पारेको छ।
हामुराबीका सेनाहरूले शहरलाई नाश पार्दा तिनीहरूले त्यसका माथिल्लो तल्लाका भित्ताहरू भत्काइदिए जसले गर्दा तल्लो कोठा ईंटा तथा माटोले पुरिए। यसरी सन् १९३३ मा फ्रान्सेली पुरातत्त्वविद्हरूको टोलीले त्यस इलाकालाई नभेट्टाउन्जेल त्यहाँका भित्ते चित्रहरू, शालिक, सेरामिक र अन्य थुप्रै पुरातात्त्विक महत्त्वका वस्तुहरू सुरक्षित रहे। यी वस्तुहरूलाई दमीसक, एलेप्पोलगायत पेरिसको लुभ्रेस्थित संग्रहालयहरूमा समेत देख्न पाइन्छ।
सिरियाको उत्तरपश्चिमी भेगमा रहेका पुरातन शहरहरू
युफ्रेटिसबाट उत्तरपश्चिमी भागतिर लाग्दा एलेप्पोमा (हालेब) पुगिन्छ। दमीसकजस्तै एलेप्पो पनि संसारका सबैभन्दा पुराना र निरन्तर आबादी भएका शहरहरूमध्ये एक हो भन्ने दाबी गरिन्छ। एलेप्पोका सोकहरू अर्थात् व्यस्त बजारहरू मध्य पूर्वका सुन्दर ठाउँहरूमध्ये एक हुन्।
एलेप्पोको दक्षिणतिर तेल मार्दिख अर्थात् पुरातन समयको स्वायत्त राष्ट्र एब्ला पर्छ। एब्ला एकदम शक्तिशाली व्यापारिक शहर थियो र यसले सा.यु.पू. तेस्रो सहस्राब्दीको पछिल्लो आधा भागमा उत्तरी सिरियामाथि आधिपत्य जमाएको थियो। उत्खननबाट बेबिलोनी देवी इस्तरलाई समर्पित गरिएका मन्दिरका भग्नावशेषहरू फेला परेका छन्। साथै शाही राजदरबार पनि भेट्टिएको छ र त्यसको अभिलेखालयमा १७,००० वटा माटोका पाटीहरू पनि पाइएका छन्। एब्लामा भेटिएका पुरातात्त्विक महत्त्वका वस्तुहरू त्यस ठाउँबाट २५ किलोमिटर टाढा अवस्थित सानो शहर इद्लिबमा देख्न सकिन्छ।
दमीसकको बाटोबाट दक्षिणतिर हामा पर्छ जसलाई बाइबलमा हमात भनिएको छ। (गन्ती १३:२१) हामाबाट घुमाउरो परेर गएको ओरोन्टेस नदीले त्यस शहरलाई सिरियाकै सबैभन्दा मनोरम शहर बनाएको छ। त्यसपछि पुरातन उगरित शहरका भग्नावशेषहरू पाइने रास साम्रा आउँछ। सा.यु.पू. तेस्रो र दोस्रो सहस्राब्दीमा उगरित एकदमै सम्पन्न व्यापारिक बन्दरगाह थियो र त्यहाँ बाल र डेगोनको उपासनाले अत्यन्तै असर पारेको थियो। सन् १९२९ देखि फ्रान्सेली उत्खननविद्हरूले थुप्रै माटाका पाटीहरू र कुँदिएका ताम्रपत्रहरू भेट्टाएका छन् जसले बाल उपासनाको भ्रष्ट अवस्थाबारे थुप्रै कुराहरू प्रकट गरेका छन्। यसले बालको उपासना गर्ने कनानीहरूलाई पूर्णतया नामेट पार्न परमेश्वरले आदेश दिनुको जायज कारण स्पष्टसित बुझ्न मदत गर्छ।—व्यवस्था ७:१-४.
हो, सिरियामा आज पनि रोचक इतिहासको प्रतिध्वनि सुन्न सकिन्छ। (g03 2/08)
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रहरीधरहरा जनवरी १५, १९९९ अंकको “सिरियाली उजाडस्थानकी कालो केश भएकी मालिकनी” विषय भएको लेख हेर्नुहोस्।
[पृष्ठ २५-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
भूमध्यसागर
‐‐ विवादास्पद सिमानाहरू
इजिप्ट
इजरायल
जोर्डन
लेबनान
सिरिया
दमीसक
बाराडा
ओरोन्टेस
हामा (हमात)
उगरित (रास साम्रा)
एब्ला (तेल मार्दिख)
एलेप्पो (हालेब)
कारकेमिश (जेराब्लस)
युफ्रेटिस
जेनोबिया
देर एज जोर
डुरा-युरोपोस
मारी
पाल्मिरा (तद्मोर)
इराक
टर्की
[पृष्ठ २४-मा भएको चित्र]
दमीसक (तल) र सीधा भन्ने गल्ली (माथि)
[पृष्ठ २५-मा भएको चित्र]
गुम्बज आकारका घरहरू
[पृष्ठ २५-मा भएको चित्र]
उगरित
[पृष्ठ २५-मा भएको चित्र]
हामा
[पृष्ठ २६-मा भएको चित्र]
मारी
[पृष्ठ २६-मा भएको चित्र]
एलेप्पो
[स्रोत]
© Jean-Leo Dugast/Panos Pictures
[पृष्ठ २६-मा भएको चित्र]
एब्लाको राज दरबार
[पृष्ठ २६-मा भएको चित्र]
जेनोबियामा गोठालाहरू
[पृष्ठ २६-मा भएको चित्र]
पाल्मिरा
[पृष्ठ २६-मा भएको चित्र]
डुरा युरोपोसमा देखिने युफ्रेटिस
[पृष्ठ -मा भएको चित्रको स्रोत]
Children: © Jean-Leo Dugast/Panos Pictures; beehive homes: © Nik Wheeler