सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आउनुहोस्‌, जनभाषण सुन्‍नुहोस्‌ “आज कसले परमेश्‍वरलाई महिमा दिइरहेका छन्‌?”

आउनुहोस्‌, जनभाषण सुन्‍नुहोस्‌ “आज कसले परमेश्‍वरलाई महिमा दिइरहेका छन्‌?”

आउनुहोस्‌, जनभाषण सुन्‍नुहोस्‌ “आज कसले परमेश्‍वरलाई महिमा दिइरहेका छन्‌?”

परमेश्‍वर ब्रह्‍माण्डकै सर्वोच्च र महान्‌ हुनुका साथै उहाँको महिमा अतुलनीय छ। बाइबलले हामीलाई ‘परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ’ भनी आग्रह गर्छ। (प्रकाश १४:७) हामीले यसो गर्न सक्ने एउटा तरिका ‘परमेश्‍वरको वचन सुन्‍नुका साथै पालन गरेर’ हो। (लूका ११:२८) निस्सन्देह, बाइबल अध्ययन गरेर अनि यसमा दिइएका सिद्धान्तहरूअनुरूप चलेर हामी बाइबलको लेखक, यहोवा परमेश्‍वरको आदर र महिमा गर्न सक्छौं।

तर कसले आज यसरी परमेश्‍वरलाई महिमा दिइरहेका छन्‌? म धर्ममा आस्था राख्छु भनी अरबौं मानिसहरू भन्‍ने गर्छन्‌ तर के धर्ममा आस्था राख्दैमा परमेश्‍वरको महिमा हुन्छ र? उपासना गर्ने हाम्रो तरिका परमेश्‍वरलाई स्वीकार्य छ र यसले उहाँको महिमा हुन्छ भनेर हामी कसरी पक्का गर्न सक्छौं? यी प्रश्‍नहरूको जवाफ “आज कसले परमेश्‍वरलाई महिमा दिइरहेका छन्‌?” भन्‍ने उत्साहवर्धक भाषणमा दिइनेछ। यसै महिनादेखि सुरु हुन गइरहेको यहोवाका साक्षीहरूका जिल्ला अधिवेशनहरूमा उक्‍त जनभाषण दिइनेछ। विश्‍वभरि यस्ता सयौं अधिवेशनहरू सम्पन्‍न हुनेछन्‌। तपाईंलाई नजिक पर्ने अधिवेशनस्थल पत्ता लगाउन आफ्नो इलाकामा भएका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पत्र लेख्नुहोस्‌। (g03 5/22)