सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

गमलाका बिरुवाहरूको महत्त्व

लण्डनको द टाइम्स-मा रिपोर्ट गरिएअनुसार “स्कूलका कक्षाकोठाहरूमा गमलाका बिरुवाहरू राखिएको खण्डमा हजारौं विद्यार्थीहरूले धेरै अंक ल्याउने ल्याउन सक्थे” भनी अनुसन्धाताहरू बताउँछन्‌। रिडिङ विश्‍वविद्यालयका प्राध्यापक डेरेक क्लेमेन्ट्‌स-क्रुमले पत्ता लगाएअनुसार खचाखच भरिएको र हावा राम्ररी खेल्ने ठाउँ नभएका कक्षाकोठाहरूमा कार्बनडाइअक्साइडको मात्रा आवश्‍यकभन्दा ५०० गुणा बढी भएको पाइयो। यसले केटाकेटीहरूको ध्यान भंग गर्नुका साथै तिनीहरूको प्रगतिमा अवरोध खडा गर्छ। यस्तो अवस्थालाई अस्वास्थ्यकर कक्षाकोठा रोग भनी नामाकरण गर्दै अफिस भवनहरूमा भन्दा कक्षाकोठाको औसत घनत्व पाँच गुणा बढी छ भने र “अस्वास्थ्यकर भवन रोग”-ले कामदार तथा तिनीहरूको कार्यक्षमतालाई असर गर्छ भनिन्छ। हावाको गुणस्तर बढाउन कोठामा कस्ता बिरुवाहरू राख्न सकिन्छ? संयुक्‍त राज्य अमेरिकाको एउटा अध्ययनले स्पाइडर प्लान्ट अर्थात्‌ दाती जातको बोट सबैभन्दा प्रभावकारी भएको बतायो। वायु प्रदूषक हटाउन ड्रागन रूख, हरितलता, रबर प्लान्ट, शान्ति लिली र युका पनि एकदमै राम्रो मानिन्छ। घरभित्र राखिने बिरुवाहरूले कार्बनडाइअक्साइडलाई अक्सिजनमा परिणत गरेर कार्बनडाइअक्साइडको मात्रा कम गर्छन्‌। (g03 6/08)

साना निरंकुशहरू हुन प्रशिक्षित

“छोरोछोरीले हाम्रो घरमा शासन चलाउँछन्‌!” भनी पोलिस साप्ताहिक भिपोस्ट बताउँछ। “हामी खास गरी उनीहरूको लागि महँगा लुगाफाटा, श्रृंगार सामग्री र आधुनिक सरसामानहरू किनिदिन्छौं। तल्लो र मध्यम आयस्रोत भएका परिवारहरूमा घर खर्चको ८० प्रतिशत किशोरकिशोरीको लागि खर्च गरिन्छ।” आमाबाबुको लागि वारसा विश्‍वविद्यालयका माल्गोरजाटा रिम्केविचले गरेको अनुसन्धानबारे टिप्पणी गर्दै रिपोर्टले केटाकेटीको निरंकुश व्यवहारका केही लक्षणहरू औंल्याउँछ। उदाहरणका लागि, आमाबाबुप्रति धन्यवादी हुनुको साटो “तिनीहरू एकपछि अर्को माग गर्छन्‌, आफूसित भएको कुरामा असन्तुष्ट छन्‌, झगडा गर्ने स्वभावका छन्‌, [अनि] अरूको कुनै ख्याल राख्दैनन्‌।” रिम्केविच यसो भन्छिन्‌: “हामी केटाकेटी हुर्काउने सन्दर्भमा गम्भीर गल्ती गर्छौं अनि साना छोराछोरीलाई उनीहरूको मनखुसीसमेत गर्न दिन्छौं।” मनोचिकित्सकहरूको पोलिस संघ सहमति जनाउँदै यसो भन्छ: “किशोरकिशोरीले आफ्नो सीमा भनेको ऊ एक देखि चार वर्षबीचको हुँदा लगाइएका सीमाहरू नै हुन्‌ भन्ठान्छ। . . . किशोरकिशोरीको विरोध र झगडा गर्ने स्वभावको सामु शिर झुकाएर हामीले साना निरंकुशहरू बनाउँदैछौं।” (g03 6/22)

“मृत्युको मुखैमा पुगेका” अनुभवहरूसम्बन्धी नयाँ जानकारी

स्वीस स्नायुविद्‌हरूले स्त्रीलाई छारे रोगको अकस्मात्‌ आक्रमण हुने विन्दु पत्ता लगाउन इलेक्ट्रोडहरूको प्रयोग गर्दा बिरामीहरूमा तथाकथित मृत्युको मुखैमा पुगेको अनुभव हुने कुराहरू थाह लागेको जर्मन साइन्स समाचार सेवा बिल्ड डर विशेनशाफ्ट-अनलाइन बताउँछ। मस्तिष्कको दायाँ भागको खोपिल्टा परेको घुमाउरो भागलाई उत्तेजित गर्दा स्त्रीले आफ्नो शरीर छोडेर माथिबाट हेरेको महसुस गरेको कुरा बताइन्‌। मस्तिष्कको त्यो भाग शरीरको दृश्‍य चेतनासित सम्बन्धित देखिन्छ र यही भागमा शरीरको चेतनासम्बन्धी जानकारी हुन्छ। “इलेक्ट्रोडहरूको उत्तेजनाले बिरामीको अन्तरक्रियालाई अवरुद्ध गऱ्‍यो र यसैकारण उनलाई आफ्नो शरीरबाट अलग भएको चेतना भयो” भनी बिल्ड डर विशेनशाफ्ट बताउँछ। मुत्युको मुखैमा पुगेका अनुभवहरू “समय समयमा सुनिंदा प्राण भनेको शरीरभन्दा अलग्गै हो भन्‍ने कुरा चलेको पाइन्छ।” (g03 6/08)

क्याथोलिक जपमालाको नयाँ रूप

“भक्‍त रोमन क्याथोलिकहरूले प्रभुको प्रार्थना र मरियमको जय भन्‍ने मन्त्रजस्तो जपमा प्रयोग गर्ने गरेको ५०० वर्ष भइसक्यो, यसले येशू र मरियमको जीवनमा घटेका १५ वटा प्रमुख घटनाहरूमा मनन गर्न उत्प्रेरित गर्छ” भनी न्युजवीक रिपोर्ट गर्छ। “गत [अक्टोबर] पोप जोन पल द्वितीयले क्याथोलिक जपमालामा प्रेरितहरूको पत्रको चौथो चक्र थपे” र यो येशूको बप्तिस्मादेखि अन्तिम रात्री भोजसम्म येशूको सेवकाईमा आधारित थियो। पोपको लक्ष्य तिनलाई सबैभन्दा ‘मनपर्ने’ किसिमको प्रार्थनामा चासो जगाउनु थियो किनभने भ्याटिकन काउन्सिल द्वितीयदेखि यसको लोकप्रियतामा ह्रास आएको छ” भनी उक्‍त पत्रिका बताउँछ। “पोपको कदमको मुख्य उद्देश्‍य, यो क्याथोलिकहरूको चलनमा मरियमलाई भन्दा ख्रीष्टलाई जोड दिनु हो र जपमाला प्राय मरियमसित सम्बन्धित पाइन्छ।” पोपले भनेझैं “मसीहीधर्मलाई पूर्वीय धर्महरूको ध्यान प्रक्रियाहरूले असर गरिरहेको समयमा” यसले क्याथोलिकहरूलाई मनन गर्ने बानी गर्न प्रोत्साहित गर्नेछ भन्‍ने आशा गरिन्छ। (g03 6/08)

विवाह तोड्‌नेहरूको कानुनी संस्थान

असन्तुष्ट वैवाहिक बन्धनमा बाँधिएका कतिपय जोडीहरूले विवाह तोड्‌न निकायहरूलाई पैसा तिरिरहेका छन्‌ भनी टोकियोको आइ एच टि आसाही शिम्बुन अखबार रिपोर्ट गर्छ। पति आफ्नी पत्नीबाट अलग हुन चाहन्छ तर सम्बन्धविच्छेद गर्ने कुनै आधार छैन भने ‘घर-तोड्‌ने’ निकायलाई पैसा तिरेर एक जना सुन्दर पुरुष खटाउन लगाउँछ जसले “संयोगवश” ग्राहककी श्रीमतीलाई भेटेर सम्बन्ध बढाउन थाल्नेछ। धेरै समय बित्न नपाउँदै पत्नी सम्बन्धविच्छेद गर्न राजी हुन्छिन्‌। उसको काम फत्ते भएपछि भाडामा ल्याइएको प्रेमी देखा पर्दैनन्‌। पत्नी आफ्नो पतिबाट अलग हुन चाहन्छिन्‌ भने पतिलाई शारीरिक सम्पर्क राख्न प्रलोभित गर्ने उद्देश्‍यले एउटी आकर्षक स्त्री पठाउँछ। एउटी २४ वर्षीया महिलाअनुसार उनले भेट्‌ने पुरुषहरूले “प्रायजसो कहिल्यै नाइँ भन्दैनन्‌। म ८५ देखि ९० प्रतिशत [जति समय] सफल हुन्छु।” त्यस्तै एउटा निकायको अध्यक्षले ५ पटकमा ३ चोटि असफल हुनेहरूलाई कामबाट निकाल्छ भनी उक्‍त अखबार बताउँछ। तिनले भने, “तिनीहरू सफल हुनैपर्छ। यो व्यापार हो।” (g03 6/22)

सडक बालबालिकाहरू—किन?

“बालबालिका तथा किशोरकिशोरीहरूले घर छोडेर सडकमा गुजारा चलाउन थाल्ने एउटा प्रमुख कारण घरेलु हिंसा हो” भनी ब्राजिलको अखबार ओ एस्टाडो डे साऊ पावलो बताउँछ। बालबालिका तथा वयस्कहरूको लागि रियो डि जेनेरो फाउन्डेशनले आवासको प्रबन्ध गरिरहेको १,००० जना सडक बालबालिकाहरूसित हालै लिएको सर्वेक्षणले के देखायो भने, ३९ प्रतिशतले घरमा दुर्व्यवहार भोगेका वा मतभेद भएको देखेका थिए। “यी बालबालिकाहरू मर्यादाको खोजीमा छन्‌ अनि सडकमा पाइन्छ कि भन्‍ने तिनीहरूलाई मतिभ्रम भएको छ” भनी समाजशास्त्री लेनी श्‍मिट्‌ज बताउँछिन्‌। उक्‍त अध्ययनले देखाएअनुसार ३४ प्रतिशत बालबालिकाले सडकमा तल्लो स्तरीय काम गरे वा मागेर हिंडे, १० प्रतिशतले भने लागूपदार्थमा मुछिएको कारण र १४ प्रतिशतले आफ्नो इच्छाले त्यसो गरेको बताए। अनुसन्धाताहरूअनुसार यहाँ दिइएको अन्तिम कारणले अक्सर घरमा यौन दुर्व्यवहारजस्ता अन्य कारणहरूलाई ढाकछोप गर्छ। लगभग ७१ प्रतिशतले अरू सडक बालबालिकासित बसेर “आफ्नै परिवारतन्त्र, अरू सडक बालबालिकाहरूलाई आफ्नो दाइ, काका, आमा वा बुबा बनाए” भनी श्‍मिट्‌जले बताइन्‌। (g03 6/22)

प्लास्टिकको पैसा

अरू देशहरूले जस्तै अक्टोबर २००२ मा मेक्सिकोले पनि प्लास्टिकको पैसा चलाउन थाल्यो। बिस्तारै-बिस्तारै कागजको पैसाको बदलामा प्लास्टिकको पैसा चलाइँदैछ। एल युनिभर्सल भन्‍ने अखबारअनुसार अस्ट्रेलिया, ब्राजिल, न्यु जील्याण्ड र रोमानियामा प्लास्टिकको पैसा चल्न थालिसक्यो। कागजको पैसाको श्रेय हामीले चिनियाँहरूलाई दिनुपर्छ तर यी नयाँ पैसा उत्पादनको लागि पोलिमर तयार गर्नेहरू भने अस्ट्रेलियालीहरू हुन्‌ भनी उक्‍त अखबार रिपोर्ट गर्छ। प्लास्टिकको पैसाका थुप्रै फाइदाहरू छन्‌। यी सफा हुनुको अलावा “कागजको पैसाभन्दा चार गुणा बढी समयसम्म टिक्छ, सामान्य प्रयोगबाट बिग्रिने सम्भावना कम हुन्छ, . . . नक्कली बनाउन गाह्रो छ अनि यसको प्रयोग सकिएपछि रिसाइकल गर्न सकिन्छ।” (g03 6/22)