सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अब उप्रान्त मौसमी विपत्तिहरू हुनेछैनन्‌!

अब उप्रान्त मौसमी विपत्तिहरू हुनेछैनन्‌!

अब उप्रान्त मौसमी विपत्तिहरू हुनेछैनन्‌!

“आधुनिक मानिसले सुबिस्ता, गति र आर्थिक लाभको लोभमा परेर पृथ्वीप्रति आदर गुमाइसकेको छ।” यो फाइभ थाउजन्ड डेज टु सेभ द प्लानेट नामक पुस्तकको गातामा लेखिएको थियो। हामीले मानिसको लोभका परिणामहरू भोगिरहेका छौं। अनि विश्‍वव्यापी उष्णताका सिद्धान्तहरू सत्य ठहरिऊन्‌ वा नठहरिऊन्‌, एउटा कुरा भने पक्का छ—मानिसले हाम्रो सुन्दर ग्रहलाई बिगारिरहेको छ। हाम्रो एक मात्र आशा, परमेश्‍वरले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नुहुनेछ भन्‍ने बाइबल प्रतिज्ञाको पूर्ति हो।—प्रकाश ११:१८.

परमेश्‍वरले मानव शासनको भ्रष्ट प्रणालीको बदलामा एउटा बिल्कुलै नयाँ प्रणाली प्रतिस्थापना गर्नुहुनेछ। यो धारणालाई धार्मिक मूर्खता भनी पन्छाउनुको साटो विचार गर्नुहोस्‌: पृथ्वीको वातावरणबारे यसको सृष्टिकर्तालाई भन्दा बढी अरू कसलाई थाह हुन्छ? यो ग्रहलाई के होला भनी चासो राख्नु उहाँको अधिकार होइन र? उहाँले चासो लिनुहुन्छ भनेर बाइबलले स्पष्ट पार्छ र यशैया ४५:१८ ले बताएअनुसार यहोवा “जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।)” त्यो उद्देश्‍य पूरा गर्न परमेश्‍वरले हस्तक्षेप गर्न सक्नुहुन्छ र गर्नुहुनेछ।

परमेश्‍वरले पृथ्वीको व्यवस्थापन गर्न एउटा नयाँ सरकार वा राज्य ल्याउनुहुनेछ। मसीहीहरूले प्रभुको प्रार्थना भनिने प्रार्थना गरेर “तपाईंको राज्य आओस्‌” भन्दा तिनीहरू यही सरकारले शासन आफ्नो हातमा लेओस्‌ भनिरहेका हुन्छन्‌। (मत्ती ६:९, १०) परमेश्‍वरको राज्य वा सरकारले पृथ्वीका जटिल प्राकृतिक चक्रहरू बुझेर व्यवहार गर्नेछ। यसरी यसले प्रदूषण तथा वातावरणीय दुरुपयोगबाट नष्ट भएको पृथ्वीका भागहरूलाई पुनर्स्थापित गर्न सक्नेछ। यशैया ३५:१, ६ यसो भन्छ: “मरूभूमि . . . वसन्तको फूलझैं त्यो फक्रनेछ . . . किनकि उजाड़-स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌।”

परमेश्‍वरले हस्तक्षेप नगरुन्जेल

सन्‌ २००२ को बाढीपछि पश्‍चिम जर्मनीका भूतपूर्व चान्सलर हेल्मुट स्मिटले यस्तो लेखे: “बाँधहरू उर्लने प्राकृतिक तत्त्वहरूलाई कसैले रोक्न सक्दैन। विपत्तिहरू भनेको भइरहन्छन्‌।” यो सत्य हो। अनि विनाशकारी मौसमले प्रहार गर्दा आफूले सक्दो प्रयास गर्नुबाहेक मानवहरूले खास केही गर्न सक्दैनन्‌। तिनीहरूले ल्याउने जेजस्तो संकटको बावजुद त्यस्ता विनाशकारी घटनाहरूको लाभकारी असर हुन सक्छ। त्यसले मानिसहरूलाई आफ्नो छिमेकीप्रति प्रेम र चासो प्रदर्शन गर्न उत्प्रेरित गर्न सक्छ। (मर्कूस १२:३१) उदाहरणका लागि, युरोपेली बाढीहरूले पनि कसै-कसैलाई यस्तै असर गरेको देखिन्छ। एउटा अखबारले यस्तो लेख्यो: “[उद्धार] कार्यको लागि जर्मनीभरिबाट उत्सुक स्वयंसेवकहरू आएका छन्‌। यो दोस्रो विश्‍वयुद्ध यता स्वयंसेवकहरूको सबैभन्दा बृहत्‌ कार्य हो।”

यी स्वयंसेवकहरूमध्ये यहोवाका साक्षीहरू पनि थुप्रै थिए। विभिन्‍न मुलुकमा यहोवाका साक्षीहरूले गरेको उद्धार कार्यबारे हाम्रा प्रकाशनहरूमा समय-समयमा उल्लेख गरिएको छ। यी मसीहीहरूको आचरण परमेश्‍वरको आउँदै गरेको सरकारको शासनअन्तर्गत हुने जीवनको पूर्वझलक हो जहाँ लोभ र स्वार्थ नभई प्रेम र भ्रातृत्व हुनेछ।—यशैया ११:९. a

परमेश्‍वरले पुरातन इस्राएलीहरूलाई गर्नुभएको यस प्रतिज्ञामा मसीहीहरूले सान्त्वना लिन सक्छन्‌: “म ऋतुअनुसार शरद्‌ र बसन्तका वर्षाहरू दिनेछु।” (व्यवस्था ११:१४, नयाँ संशोधित संस्करण) परमेश्‍वरको नयाँ संसारमा बाँच्ने सुअवसर पाएकाहरूको लागि त्यो प्रतिज्ञा साँचो साबित हुनेछ—त्यो साँच्चै मौसमसित सम्बन्धित विपत्तिहरूबाट मुक्‍त संसार हुनेछ। (g03 8/08)

[फुटनोट]

a परमेश्‍वरको राज्य सरकारसम्बन्धी बाइबलको प्रतिज्ञाबारे तपाईं अझ बढी जान्‍न चाहनुहुन्छ भने स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा यस पत्रिकाका प्रकाशकहरूसित पत्राचार गर्नुहोस्‌।

सिद्ध मौसम नियन्त्रण

परमेश्‍वरको नयाँ संसारमा उत्पात मच्चाउने आँधीबेहरीबाट आफ्नो घरबार वा बाली सर्वनाश होला भनेर मानिसहरू डराउनु पर्नेछैन। (२ पत्रुस ३:१३) बाइबलले परमेश्‍वर र उहाँको पुत्र, येशू ख्रीष्ट मौसमलाई नियन्त्रणमा राख्न पूर्णतया सक्षम हुनुहुन्छ भनेर स्पष्ट पार्छ। निम्न पदहरू विचार गर्नुहोस्‌।

उत्पत्ति ७:४: “अबको सात दिनमा म पृथ्वीमा चालीस दिन र चालीस रात पानी वर्षाउनेछु।”

प्रस्थान १४:२१: “परमप्रभुले रातभरि जोरसित पूर्वीय बतास चलाईदिनुभयो, र समुद्रलाई पछि पन्साइदिनुभयो, र पानी दुई भाग भएर समुद्र ओबानो जमीन भयो।”

१ शमूएल १२:१८: “शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्यस दिन गर्जन र वृष्टि पठाउनुभयो। औ सबै मानिसहरू परमप्रभु र शमूएलसँग भयभीत भए।”

योना १:४: “परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र समुद्रमा प्रचण्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तै भयो।”

मर्कूस ४:३९: “तब [ परमेश्‍वरबाट शक्‍ति पाएर येशू] बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रलाई भन्‍नुभयो, ‘चूप लाग्‌, शान्त हो।’ अनि बतास थामियो र ठूलो सन्‍नाटा भयो।”

[पृष्ठ ९-मा भएको चित्र]

परमेश्‍वरको नयाँ संसारमा हामी खतरनाक मौसमसित डराउनु पर्नेछैन