सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धार्मिक समुदायको विवरण

धार्मिक समुदायको विवरण

धार्मिक समुदायको विवरण

पन्ध्र वर्षीय फिलिपलाई आफ्नो उच्च माध्यमिक विद्यालयको भूगोल विषयअन्तर्गत तिनको गृहनगर अस्ट्रेलियाको सिड्‌नीमा भएको खेलकुद, राजनैतिक, सांस्कृतिक वा धार्मिक समुदायहरूमध्ये एउटाको अनुसन्धान गरेर रिपोर्ट तयार गर्ने काम दिइएको थियो। फिलिपले आफू र आफ्नो परिवार सदस्य भएको यहोवाका साक्षीहरूको स्थानीय मण्डलीबारे रिपोर्ट बनाउन रोजे। विद्यार्थीहरूलाई अरू थुप्रै कुराहरूमध्ये “समुदायलाई चिनाउने पक्षहरूको” विवरणबारे आफूले छानेको समुदायका २० जना सदस्यसित कुरा गर्ने निर्देशन दिइएको थियो।

आफ्नो सर्वेक्षणको परिणाम संकलन गरेपछि फिलिपले यस्तो लेखे: “यहोवाका साक्षीहरूको [स्थानीय] मण्डली एउटा धार्मिक संगठन हो र मुख्यतया बाइबलबाट सिक्ने उद्देश्‍यले एक ठाउँमा भेला हुन्छन्‌। यी सभाहरूमा बाइबलबाट पद्यांशहरू पढिन्छ र पछि बुझाइन्छ। यी सभाहरूमा अरूलाई बाइबल सत्य सिकाउने राम्रो तरिकाबारे पनि निर्देशन दिइन्छ। यो, मानिसहरूलाई घरमा भेट्‌न ढोका-ढोकामा गएर गरिन्छ किनभने मानिसहरूलाई अक्सर आफ्नै घरमा सजिलो लाग्छ। यस समुदायका सबै सदस्यहरू यो काममा नियमित तवरमा भाग लिन्छन्‌, प्रत्येकले आफ्नो परिस्थितिअनुसार फरक-फरक मात्रामा गर्छन्‌। आफैले बाइबल सिक्नु अनि अरूलाई सिकाउनुका साथसाथै यो समुदायले जानकारीमूलक, नवीनतम प्रकाशनहरू प्रहरीधरहराब्यूँझनुहोस्‌! वितरण गर्छन्‌ र यसमा प्रकृति, इतिहास, विश्‍वव्यापी र स्थानीय विषयहरूमा थुप्रै रोचक लेखहरू हुन्छन्‌। हामी सेप्टेम्बर ११ मा जस्तो भयानक विश्‍व अत्याचारले गर्दा कष्टमा परेका मानिसहरूलाई सहयोग दिने प्रयास गर्छौं अनि विवाह, पारिवारिक जीवन र युवावस्थाजस्ता विषयहरूमा मदतकारी प्रकाशन दिने गर्छौं।”

तिनको अनुसन्धानको गुणस्तर र यो प्रस्तुत गरिएको ढंगले गर्दा फिलिपको रिपोर्टको लागि सबैभन्दा धेरै अंक दिइयो। यहोवाका साक्षीहरूले गरिरहेको कामबारे तपाईं अझ बढी जान्‍न चाहनुहुन्छ भने अर्को पटक तिनीहरू आउँदा कुरा गर्नुहोस्‌ वा पृष्ठ ५ मा दिइएकामध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्‌। (g03 8/22)

[पृष्ठ १४-मा भएको चित्र]

फिलिप

[पृष्ठ १४-मा भएको चित्र]

इटाली

[पृष्ठ १४-मा भएको चित्र]

अस्ट्रेलिया

[पृष्ठ १४-मा भएको चित्र]

ब्राजिल

[पृष्ठ १४-मा भएको चित्र]

नेदरल्याण्ड्‌स