सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

समुदायलाई लाभ

समुदायलाई लाभ

समुदायलाई लाभ

स्पेनका ब्यूँझनुहोस्‌! लेखकद्वारा

स्पेनी शहरहरूले उपासनाको लागि अलग्गै ठाउँ छुट्याएको शताब्दीयौं भइसक्यो। नगर प्रशासनहरूलाई धार्मिक विश्‍वासले आफ्नो समुदायमा लाभ पुऱ्‍याउँछ भन्‍ने विश्‍वास थियो। क्याथोलिकवाद यस देशको धर्म भएको हुँदा नगरपालिकाको सम्पत्ति पहिलेदेखि नै क्याथोलिक चर्चको लागि नै भनेर चन्दा दिइएको थियो। तर अहिले समय परिवर्तन भइसक्यो।

सन्‌ १९८० मा स्पेनी नियमले धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिंदै यसो भन्यो, “कुनै एउटा धर्म यस देशको औपचारिक धर्म हुनेछैन।” यसले गर्दा कुनै-कुनै शहरका अधिकारीहरू यहोवाका साक्षीहरूले गरिरहेका कार्यलाई सार्वजनिक तवरमा स्वीकार्न अघि सरेका छन्‌। यस्तो स्वीकृतिको प्रमाणस्वरूप तिनीहरूले राज्यभवन बनाउनको लागि जमिन चन्दा दिएका छन्‌।

विभिन्‍न नगर प्रशासनहरूले “[साक्षीहरूको] कामको शैक्षिक प्रकृति” र यसले पुऱ्‍याउने “सार्वजनिक र सामाजिक लाभ” विचार गर्दा त्यसरी चन्दा दिनु उचित छ भनेका छन्‌। अरूले भने “शहरमा यहोवाका साक्षीहरूको उल्लेखनीय उपस्थिति” र “मुनाफा नकमाउने तिनीहरूको काम” उल्लेख गरेका छन्‌।

स्वयंसेवक साक्षीहरूको निर्माण टोलीले विशेष निर्माण तरिका अपनाएर थुप्रै राज्यभवनहरू ४८ घण्टामा तयार पारेका छन्‌। दक्षिणपश्‍चिमी स्पेनको ला लिनियाका मेयरले यस्तो टिप्पणी गरे: “म स्वयंसेवकहरूको निस्स्वार्थ भाव देखेर अत्यन्तै प्रभावित छु अनि मलाई लाग्छ, तिनीहरू हाम्रो समर्थनका योग्य छन्‌। आजको विभक्‍त संसारमा हामीलाई यस्तो किसिमको मनोभाव अझ बढी चाहिन्छ।” तिनले नयाँ राज्यभवनलाई “आपसी सहयोग भावको स्मारक” भने।

छिमेकीहरूले पनि यस्तो सामुदायिक भाव याद गरेका छन्‌। उत्तरी स्पेनको भिटोरिया भन्‍ने ठाउँमा निर्माण गरिएको डबल राज्यभवनको निर्माणबारे नजिकै बस्ने मारियानले यसो भनिन्‌: “सबैले यस्तै प्रेम झल्काएको खण्डमा आज हामीले भोगिरहेका समस्याहरू हुने थिएनन्‌।” भवन ठडिएको देखेपछि एक जना स्थानीय वास्तुकारले यस्तो उद्‌गार व्यक्‍त गरे: “तपाईंहरूको आनन्द महसुस गर्न म पनि एक जना यहोवाको साक्षी बन्‍न चाहन्छु!”

उत्तरपूर्वी स्पेनको जारागोजा शहरमा अधिकृतहरूले साक्षीहरूलाई ६०० वर्ग मिटर जमिन निश्‍शुल्क प्रदान गरे। एउटा स्थानीय अखबारले निर्माण थलोलाई “सयौं साना कमिलाहरू सँगै मिलेर काम गर्ने यहोवाका साक्षीहरूको कमिलाको गोलो” भने। छिमेकीहरूले कामदारहरूको न्यानो स्वागत गरे। एक जनाले यसो भनिन्‌: “पादरीहरूले गर्दा मैले विश्‍वास गुमाएँ, तर तपाईंहरूले मलाई फिर्ता दिनुभएको छ।”

उपासना थलो निर्माण गर्न छिमेकी तथा स्थानीय अख्तियारवालाहरूले पुऱ्‍याएको सहयोगको लागि साक्षीहरू कृतज्ञ छन्‌। तिनीहरू समुदायको लागि यथासम्भव सर्वोत्तम शैक्षिक कार्यमा राज्यभवनको प्रयोग गर्न कटिबद्ध छन्‌—त्यो हो, परमेश्‍वरको वचन प्रचार गर्ने र सिकाउने। (g03 8/08)

[पृष्ठ ३१-मा भएको चित्र]

ला लिनिया, काडिज, स्पेन