सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई थाह छ?

के तपाईंलाई थाह छ?

के तपाईंलाई थाह छ?

(यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची पृष्ठ २२ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)

१. बाइबल विवरणमा हेब्रोन नजिकै मकपेलाको ओढारमा गाडिने प्रथम दम्पती को हुन्‌ अनि त्यहाँ अरू को-को पनि गाडिएका छन्‌? (उत्पत्ति ४९:२९-३३; ५०:१३)

२. दाऊदको कुन चाहिं छोरा तिनको असाधारण सुन्दरताको लागि चिनिन्थे? (२ शमूएल १४:२५)

३. जन्मअनुसार प्रेरित पावलले कहाँको नागरिकता पाएका थिए? (प्रेरित २२:२५-२८)

४. निषेधित फलबारे आदमलाई कस्तो चेतावनी दिइएको थियो? (उत्पत्ति २:१७)

५. राजा रहबामले मानिसहरूको बिन्ती सुन्‍न इन्कार गरेपछि रहबामले विद्रोही उत्तरी कुलकहाँ कसलाई पठाए अनि त्यो मानिसलाई के भयो? (२ इतिहास १०:१८)

६. “कसैले दुई मालिकको चाकरी गर्नसक्‍तैन” भन्‍नुहुँदा येशूले कुन बुँदा प्रस्ट पार्दै हुनुहुन्थ्यो? (मत्ती ६:२४)

७. यहोवाले इस्राएलीहरूलाई खानको लागि मन्‍नको प्रबन्ध गर्नुहुँदा नबटुलेको मन्‍न के हुन्थ्यो? (प्रस्थान १६:२१)

८. येशूलाई कसले धोका दियो? (लूका ६:१६)

९. अम्मोनीहरूको प्रमुख मूर्ति देव को थियो? (२ शमूएल १२:३०)

१०. ठूलो बल वा शक्‍ति देखाउने क्षमताको लागि बाइबलमा मानव शरीरको कुन भाग अक्सर प्रतीकात्मक ढंगमा प्रयोग गरिएको छ? (यर्मिया ३२:१७)

११. वश्‍तीलाई हटाउनुपर्छ अनि अर्कै रानी नियुक्‍त गर्नुपर्छ भनेर राजा अहासूरसलाई कसले भन्यो? (एस्तर १:१४-२०)

१२. मोशाले माराको तीतो पानीलाई कसरी मीठो बनाए? (प्रस्थान १५:२३-२५)

१३. इस्राएलीहरूको प्रस्थान यात्रामा सुरुको बिन्दु कुन थियो? (प्रस्थान १२:३७)

१४. योशियाहलाई मन्दिरको मर्मत कार्यको प्रगतिबारे र त्यहाँ भेटिएको “व्यवस्थाको पुस्तक” पढेर सुनाउने को थिए? (२ राजा २२:८-१०)

१५. प्रकाशमा लिपिबद्ध गरिएअनुसार यूहन्‍नाले देखेका चारवटा घोडाको रंग कस्तो थियो अनि तिनीहरूले के चित्रण गर्छन्‌? (प्रकाश ६:२-८) (g03 10/08)

प्रश्‍नका जवाफहरू

१. अब्राहाम र सारा; साथै इसहाक, रिबेका, लेआ र याकूब

२. अब्शालोम

३. रोमी

४. “जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌”

५. हदोराम, भर्ती गरिएका श्रमिकहरूको अधिपति। तिनलाई ढुंगाले हानेर मारियो

६. “तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ”

७. “घाम छिप्पिए पछि त्यो बिलिहाल्थ्यो”

८. यहूदा इस्करयोती

९. मल्काम

१०. बाहुली

११. ममूकान, सातवटा मादी-फारसी राजकुमारहरूको प्रवक्‍ता

१२. “परमप्रभुले तिनलाई एउटा रूख देखाइदिनुभयो, र तिनले त्यो पानीमा” हाले

१३. रामसेस

१४. शापान, शाही सचिव

१५. सेतो—धार्मिक युद्ध; रातो—मानिसको युद्ध; कालो—अनिकाल; पहेंलो—मृत्यु