सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सफल विवाहको कुञ्जी

सफल विवाहको कुञ्जी

सफल विवाहको कुञ्जी

“ठिक्क मात्रामा ठग्नु: सफल रोमान्टिक सम्बन्धको कुञ्जी त्यही हो,” भनी ला प्रेस बताउँछ। क्यानेडियाली अखबारले झूट बोल्नुलाई एउटा सद्‌गुणजस्तो गरी वर्णन गरिएको अध्ययनबारे रिपोर्ट गर्दै थियो। उक्‍त अध्ययन जर्नल अफ सोसियल एण्ड पर्सनल रिलेसनसीप्स्‌-मा छापिएको थियो। सं.रा.अ.-को शिकागो स्थित डे पल विश्‍वविद्यालयका प्राध्यापक टिम कोल यसो भन्छन्‌: “ठिक्क मात्रामा ठग्दा [वा चोर्दा] हामी [रोमान्टिक] सम्बन्धलाई खतरामा नपारी यसका लाभहरू उठाउन सक्छौं।”

तथापि, के छलकपट वास्तवमा सफल विवाहको कुञ्जी हो? बाइबलले मसीहीहरूलाई यस्तो कडा चेतावनी दिन्छ: “झूट त्यागेर हरेकले आफ्नो आफ्नो छिमेकीसित सत्य बोल।” (एफिसी ४:२५) के यो सल्लाह प्रभावकारी छ? दम्पतीहरू छुट्टिने सबैभन्दा ठूलो कारण के हो भन्‍ने प्रश्‍न सोध्दा सम्बन्ध विच्छेदका वकिलले यस्तो जवाफ दिए: “एक अर्कासित इमानदार भई कुरा गर्न, आफ्नो मुटु खोल्न र एक अर्कालाई सबैभन्दा घनिष्ठ मित्रको रूपमा व्यवहार गर्न नसक्नु हो।”

त्यसोभए, सुखी विवाहको रहस्य के हो? पारिवारिक आनन्दको रहस्य पुस्तकको अध्याय ३ को शीर्षक छ, “स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी।” यसले दम्पतीलाई खुसीसाथ सँगै बसेर थुप्रै आशिष्‌हरू प्राप्त गर्ने ढोका खोल्न सम्भव बनाउने दुइटा अत्यावश्‍यक तत्त्वहरू छलफल गर्छ। तपाईंले सँगैको कुपन भरेर यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाउनुभएर यो पुस्तकबारे थप जानकारी मगाउन सक्नुहुन्छ। (g03 10/08)

□ म पारिवारिक आनन्दको रहस्य भन्‍ने पुस्तकबारे थप जानकारी चाहन्छु।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।