सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले माया गर्नुहुँदो रहेछ भनेर तिनीहरूले थाह पाए

परमेश्‍वरले माया गर्नुहुँदो रहेछ भनेर तिनीहरूले थाह पाए

परमेश्‍वरले माया गर्नुहुँदो रहेछ भनेर तिनीहरूले थाह पाए

आफूलाई कसैले, अझ भनौं भने परमेश्‍वरले समेत असाध्य माया गर्नुहुन्छ भनेर विश्‍वास गर्न कसै-कसैलाई गाह्रो लाग्छ। त्यसैकारण ड्र क्लोज टु जेहोभा पुस्तक पढिसकेपछि थुप्रैले, यस पुस्तकले प्रदान गर्ने आश्‍वासनको लागि आफ्नो कृतज्ञता जाहेर गर्दै पत्र लेखे। “मेरा थुप्रै गल्तीहरू भए तापनि उहाँले मलाई कति धेरै माया गर्नुहुँदो रहेछ भन्‍ने कुरा थाह पाएर म त छक्कै परें” भन्दै संयुक्‍त राज्य अमेरिका, इलेनोई, डिकाटुरकी एउटी आइमाईले लेखिन्‌।

तिनले अझ यस्तो लेखिन्‌: “[पृष्ठ ११७ मा दिइएको] विवरण पढेर त म खुसीले रोएँ: ‘एक जना न्यायी वा धार्मिक पिताको हैसियतमा यहोवा आफ्ना पार्थिव छोराछोरीहरूप्रति कोमल ढंगमा दृढ व्यवहार गर्नुहुन्छ किनभने तिनीहरूलाई मदत वा क्षमाको खाँचो पर्छ भनी उहाँलाई थाह छ।’ ”

रिपोन, क्यालिफोर्नियाका एक जना मानिसले यस्तो लेखे: “यहोवाले मलाई माया गर्नुहुन्छ भन्‍ने कुरा देखाइदिनुभएकोमा तपाईंहरूलाई धेरै धन्यवाद छ। उहाँले साँच्चै ख्याल गर्नुहुन्छ। म कागजको टुक्रामा मात्र सीमित कुनै संख्या होइनँ।” न्यु ह्‍यामशायरका एउटी महिलाले यसो भनिन्‌: “कहिलेकाहीं त मलाई यो पुस्तक पढ्या-पढ्यै गर्न मन लाग्छ।” तिनले यस प्रकार बताइन्‌: “यहोवाले मलाई माया गर्नुहुन्छ भन्‍ने कुरा साँच्चै विश्‍वास गर्न मलाई निक्कै गाह्रो भएको थियो।” त्यसैकारण तिनको लागि त्यो पुस्तक, के खोज्छस्‌ कानो आँखा भनेझैं भयो।

हामीलाई विश्‍वास छ, यो पुस्तक पढेर तपाईंले पनि अवश्‍यै लाभ उठाउनुहुनेछ। परिचयात्मक तीनवटा अध्यायपछि, यस पुस्तकलाई चार खण्डमा बाँडिएको छ। जसका विषयहरू छन्‌, “शक्‍तिमा सामर्थी,” “न्यायप्रेमी,” “बुद्धिले परिपूर्ण,” र “परमेश्‍वर प्रेम हुनुहुन्छ।” प्रत्येक खण्डले परमेश्‍वरको एउटा प्रमुख गुणलाई जोड दिन्छ। यस उत्प्रेरणादायी पुस्तकको अन्तिम अध्याय हो, “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”

सँगैको कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाएर तपाईं यस ३२० पृष्ठे सजिल्द पुस्तकबारे थप जानकारी मगाउन सक्नुहुन्छ। (g03 12/08)

□ कुनै बाध्यतामा नपरी, के म ड्र क्लोज टु जेहोभा भन्‍ने पुस्तकबारे थप जानकारी मगाउन सक्छु?

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।