सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

बालबालिका—के तिनीहरू उमेरभन्दा चाँडो बढ्‌दैछन्‌? “बालबालिका—के तिनीहरू उमेरभन्दा चाँडो बढ्‌दैछन्‌?” (मे ८, २००३) भन्‍ने लेखहरूको शृङ्‌खला एकदमै राम्ररी लेखिएको थियो। यसले मलाई मैले कुनै-कुनै समस्याहरू झेल्नुको कारण बुझ्न मदत गऱ्‍यो। मेरो बाल्यवस्था दुःखै-दुःखमा बित्यो र तर बुद्धिको मार्ग भनेको बालबालिकालाई उनीहरूको आफ्नै गतिमा बढ्‌न दिनु हो भन्‍ने कुराचाहिं मैले मानिलिनै पर्छ।

एस. एम., जापान (g03 12/22)

यस शृङ्‌खलाले साँच्चै मेरो मन छोयो। मेरो लालनपालन आमा मात्र भएको परिवारमा भएको थियो। आफ्ना चिन्ताहरूले गर्दा मेरी आमा रुनुहुन्थ्यो र म रातीभरि सुत्नै सक्दिनथें। मसीही मण्डलीबाट मदत नपाएको भए, थाह छैन मेरो हालत कस्तो पो हुने थियो होला। आध्यात्मिक तवरमा हामीलाई खुवाउन तपाईंहरूले गर्नुभएको मायालु प्रयासको लागि तपाईंहरूलाई धन्यवाद।

डि. बी., संयुक्‍त राज्य अमेरिका (g03 12/22)

म ११ वर्षकी भएँ र मसित सधैं छिट-छिटो बढ्‌न चाहने झुकाव थियो। यस शृङ्‌खलाले मलाई आफू बाल्यावस्थामा छँदै यसको कदर गर्नुको महत्त्व बुझ्न मदत गऱ्‍यो।

जी. एम., संयुक्‍त राज्य अमेरिका (g03 12/22)

लेखमा दिइएको कार्मेन र तिनकी बहिनीको कथा म बुझ्न सक्छु। उनीहरूजस्तो म घरबाट नभागे तापनि मेरो पनि राम्रो मुखले कुरै नगर्ने सौतेनी बुबा र लापरवाही आमा थिइन्‌। मेरा आमाबुबालाई लागूपदार्थ दुर्व्यसनको समस्या भएको कारण, दस वर्षको उमेरदेखि नै मैले आफ्ना भाइहरूको हेरचाह गर्न कर लाग्यो! निस्सन्देह, यसले गर्दा म पनि समस्यामा परें। वर्षौंको दौडान मैले प्राप्त गरेको मदतको लागि म सदा-सर्वदा यहोवाप्रति कृतज्ञा छु।

डी. एस., संयुक्‍त राज्य अमेरिका (g03 12/22)

नरिवल “पृथ्वीमा पाइने एउटा अत्यन्तै उपयोगी काष्ठफल” भन्‍ने लेखको लागि म आफ्नो कृतज्ञता व्यक्‍त गर्न चाहन्छु। (अप्रिल ८, २००३) हालै म मेक्सिको गएकी थिएँ र नरिवल कत्ति बहुउपयोगी हुँदो रहेछ भन्‍ने कुरा मैले आफ्नै आँखाले देख्न सकें। मैले लेखमा सूचीबद्ध प्रायः सबै उपयोगिता देखें। एउटा थप उपयोग हो, हाँगाहरू काट्‌नु, पातहरू छिंवल्नु र १० देखि १५ वटासम्म सुकेका तथा लचिला डाँठ जम्मा गरेर बिटा बनाउनु। झिंगा, कीरा आदि मार्न यो गजबको हुँदो रहेछ!

डी. एस., संयुक्‍त राज्य अमेरिका (g03 12/08)

यो लेख पढेर त १९३० दशकमा मेरी हजुरआमाले नरिवलको बोक्राबाट कपहरू बनाउनुभएको कुरा पो झलझली याद आयो। उहाँको छिमेकका थुप्रै मानिसहरूले नरिवलको रूखको काठ प्रयोग गरेर आ-आफ्नो छाप्रो बनाउँथे र नरिवलको सुकेका पातले चाहिं छाउँथे। यस्ता रोचक लेखहरूको लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु।

एम. बी., संयुक्‍त राज्य अमेरिका (g03 12/08)

धर्मपुत्र “युवा जनहरू सोध्छन्‌ . . . मलाई किन धर्मपुत्र बनाइएको होला?” (मे ८, २००३) भन्‍ने सामयिक लेखको लागि तपाईंहरूलाई धन्यवाद। परिस्थितिले गर्दा मेरी छोरीले आफ्नो बच्चा अरू कसैलाई नै धर्मपुत्र बनाउन दिनुपऱ्‍यो र यसले गर्दा मेरो अन्तस्करणमा निकै धक्का पुग्यो। यो जानकारी ठिक्क चाहिएकै बेला प्राप्त भयो। यो लेख मैले मेरी छोरीलाई पठाइदिएकी छु।

ई. डी., गाइना (g03 12/22)

मे ८ र जून ८ का लेखहरूमा दिइएका धर्मपुत्र अथवा धर्मपुत्रीसम्बन्धी समयानुकूल लेखहरूको लागि धन्यवाद दिन म यो चिठी लेख्दैछु। हालै मेरो पति र मैले एउटा सानो बालकलाई धर्मपुत्र बनाएका छौं। समयमा, हामी हाम्रा छोरालाई यहोवा परमेश्‍वर, तिनको बुबा र म उसलाई कत्ति माया गर्छौं भन्‍ने कुरा थाह दिन र बुझाउन यी दुईवटा लेख प्रयोग गर्नेछौं।

एस. आर., संयुक्‍त राज्य अमेरिका (g03 12/22)

धर्मपुत्रसम्बन्धी लेखको लागि तपाईंहरूलाई मुरी-मुरी धन्यवाद। म ४७ वर्षकी भएँ र मलाई धर्मपुत्री बनाइएको थियो भन्‍ने कुराले मलाई अझै पनि पिरोल्छ। मलाई धर्मपुत्री बनाउने मेरा आमाबाबु, जसलाई म अत्यन्त आदर र माया गर्छु, उहाँहरूले माया तथा स्नेहजस्ता मेरा आवश्‍यकताहरूप्रति ध्यानै दिनुभएन। माया-ममताको लागि बिन्ती गर्दासमेत मैले कहिल्यै मायाले भरिएको आलिङ्‌गन वा चुम्बन पाइनँ। यस्तो तिरस्कार सहन निकै गाह्रो भयो। जे होस्‌, यो लेख साह्रै सान्त्वनादायी तथा हृदयस्पर्शी थियो।

डी. एच., संयुक्‍त राज्य अमेरिका (g03 12/22)