सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भावशून्य संसारमा प्रवेश!

भावशून्य संसारमा प्रवेश!

भावशून्य संसारमा प्रवेश!

कठोर, भावशून्य अनि तनावग्रस्त संसारमा एउटा शिशु जन्मन्छ। बच्चाले आफ्ना भावनाहरू शब्दमा व्यक्‍त गर्न नसके तापनि जन्मनुअघि नै भ्रूणले आफू वरपर भइरहेको कुरा महसुस गर्न थाल्छ भनी कोही-कोही वैज्ञानिकहरू विश्‍वास गर्छन्‌।

द सिक्रेट लाइफ अफ दी अन्बर्न चाइल्ड (अंग्रेजी) पुस्तक यसो भन्छ: “हामीलाई अहिले थाह भइसक्यो कि, गर्भमा रहेको भ्रूण एउटा सजग, प्रतिक्रिया देखाउने मानव प्राणी हो जसले छ महिनादेखि (सायद त्योभन्दा अघिदेखि) एउटा सक्रिय भावनात्मक जीवन बिताउन थाल्छ।” बच्चासित सम्झना त नहोला तर जन्मँदाखेरिका तनावपूर्ण घटनाहरूले भावी जीवनमा प्रभाव पार्छ कि भनेर कोही वैज्ञानिकहरूले सोच्न थालेका छन्‌।

जन्मपछि तनावको क्रम चलिरहन्छ। आमाको गर्भबाहिर बच्चाले केही नगरेर बसी-बसी खान पाउँदैन। उसलाई अक्सिजन र पोषण प्रदान गरिरहेको पाइप हुँदैन। बाँच्नको लागि उसले सास फेर्न र आफैले पोषण लिन थाल्नुपर्छ। उसलाई खुवाउन तथा अन्य भौतिक आवश्‍यकताहरू पूरा गर्न अरू कसैको सहायता चाहिन्छ।

नवजात शिशुको मानसिक, भावनात्मक तथा आध्यात्मिक विकास पनि हुनुपर्छ। त्यसकारण कसैले त्यो फुच्चेको लालनपालन गर्नुपर्ने हुन्छ। यसो गर्ने सबैभन्दा उचित व्यक्‍ति को हो? बच्चालाई आफ्ना आमाबाबुबाट के चाहिन्छ? यी आवश्‍यकताहरू पूरा गर्ने सर्वोत्तम तरिका के हो? यसपछिको लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ। (g03 12/22)