सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“एकदमै गहकिलो अर्थ भएको”

“एकदमै गहकिलो अर्थ भएको”

“एकदमै गहकिलो अर्थ भएको”

यहोवाका साक्षीहरूको प्रकाशनमा भएका चित्रहरूबारे उक्‍त टिप्पणी जर्मनीको कासेलमा आयोजित अन्तरराष्ट्रिय कला प्रदर्शनीमा गरिएको थियो। सोह्र वर्षिया काट्या र उनका सहपाठीहरू त्यस प्रदर्शनीमा केही धार्मिक कलाकृतिहरू हेर्दै जाँदा भएको घटना यसरी बताउँछिन्‌:

“हाम्रो गाइडले हामीहरूले यहोवाका साक्षीहरूका पत्रिकाहरू कहिल्यै हेरेका छौ कि छैनौ भनी सोधे। सबैले छैन भन्‍ने जवाफ दिएपछि तिनले प्रहरीधरहराब्यूँझनुहोस्‌!-मा पाइने चित्रहरूको निकै प्रशंसा गर्न थाले। तिनले चित्रहरू असाध्यै राम्ररी कोरिएका र फोटोहरू एकदमै विचार पुऱ्‍याएर छानिएका हुन्छन्‌ अनि त्यसका “एकदमै गहकिलो अर्थ” हुन्छन्‌ भनी बताए।

बाइबलीय घटनाहरूको आधुनिक रूपान्तरले गर्दा हाम्रो समयमा ती कसरी लागू हुन्छन्‌ भनेर बुझ्न सजिलो हुन्छ अनि “हामीले ती रोचक चित्रहरू नियालेर हेर्नु बेस हुनेछ” भनेर बताए। त्यसपछि ती पत्रिकाहरू कसैले दिंदा विद्यार्थीहरूलाई स्वीकार्न तिनले आग्रह गरे अनि चित्रहरू मात्र हेर्ने होइन तर त्यसमा भएका जानकारीमूलक तथा रोचक लेखहरू पनि पढ्‌ने सल्लाह दिए। (g04 4/22)