सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनमा खोजतलास गर्नुहोस्‌!

परमेश्‍वरको वचनमा खोजतलास गर्नुहोस्‌!

परमेश्‍वरको वचनमा खोजतलास गर्नुहोस्‌!

एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌ भन्‍ने पुस्तकले तपाईंलाई त्यसै गर्न मदत गर्नेछ। यो प्रकाशन बाइबल विद्यार्थीहरूलाई परमेश्‍वरको वचनका शिक्षाहरू आफ्नो जीवनमा उतार्न मदत दिनको लागि तयार पारिएको हो। पश्‍चिम अफ्रिकाको नाइजेरियाका एक जना बाइबल शिक्षकले यस्तो टिप्पणी गरे: “मलाई सबैभन्दा रोचक लागेको कुरा यसको हरेक अध्यायमा दिइएका सोच्न लगाउने प्रश्‍नहरू हुन्‌ जसले पाठकलाई आफूले पढेका कुराहरू ग्रहण गर्न तथा त्यसमा मनन गर्न मदत गर्छ।”

बाइबल शिक्षक भएको धेरै वर्ष भइसकेको एउटी स्त्रीले यसो भनिन्‌: “यो पुस्तक कत्ति सरल ढङ्‌गमा लेखिएको छ! यसबाट अध्ययन सञ्चालन गर्दा असाध्यै रमाइलो हुन्छ।”

सायद तपाईंले पनि यस पुस्तकका “हामी सबैले सामना गर्नुपर्ने विवाद,” “परमेश्‍वरले दुष्टता रहिरहने अनुमति दिनुभएको कुराबाट हामी के सिक्छौं,” “पुनरुत्थानको आशाको शक्‍ति,” र “सल्लाह सुन्‍नुहोस्‌, अनुशासन स्वीकार्नुहोस्‌” इत्यादि जस्ता अध्यायहरू केलाउनुहुँदा त्यस्तै महसुस गर्नुहुनेछ। यस १९२ पृष्ठे पातलो जिल्द भएको एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌ भन्‍ने पुस्तकबारे थप जानकारीको लागि सँगै दिइएको कुपन भरेर यसै पत्रिकाको पृष्ठ ५ मा उल्लिखित उपयुक्‍त ठेगानामा पठाउन सक्नुहुन्छ। (g04 4/8)

□ कुनै बाध्यतामा नपरी, म एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌ भन्‍ने पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।