सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई थाह छ?

के तपाईंलाई थाह छ?

के तपाईंलाई थाह छ?

(यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची यसै पृष्ठको तल छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)

१. पवित्रस्थानको जगको लागि चूलघर केले बनाइएको थियो? (प्रस्थान २६:१९-३२)

२. मिश्रीहरूको बन्धनबाट इस्राएल राष्ट्रको छुटकारालाई के भनिन्छ? (हिब्रू ११:२२)

३. येशूले उहाँलाई पत्रुसले कति चोटि इन्कार गर्नेछन्‌ भनी भविष्यवाणी गर्नुभयो? (मत्ती २६:७५)

४. आत्माको चमत्कारपूर्ण वरदान हराएपछि कुन तीनवटा गुणले मसीही मण्डलीलाई चिनायो? (१ कोरिन्थी १३:१३)

५. मूर्तिहरूको उपासना गर्नु किन मूर्खता हो? (भजन ११५:४-८)

६. पहिरनको सन्दर्भमा पावलले मसीही स्त्रीहरूलाई कस्तो सल्लाह दिए? (१ तिमोथी २:९, १०)

७. पावलले किन आफूलाई “प्रेरितहरूमध्ये . . . सबैभन्दा सानो” ठाने? (१ कोरिन्थी १५:९)

८. शिमशोनले १,००० जना पलिश्‍तीहरूलाई मार्न कुन हतियार चलाए? (न्यायकर्त्ता १५:१५)

९. मध्यपूर्वमा शताब्दीयौंसम्म कुन कीरा खानाको रूपमा खाइन्थ्यो? (लेवी ११:२२)

१०. बप्तिस्मा दिने यूहन्‍नाले लगातार दुई दिनसम्म येशूबारे कस्तो उद्‌घोषणा गरे? (यूहन्‍ना १:२९, ३५, ३६)

११. यूहन्‍नाले पाएको प्रकाशमा यहोवाको सिंहासन वरिपरि को बसिरहेको देखिन्छ? (प्रकाश ४:४)

१२. “पृथ्वीभरमा सबै बिउहरूमा साना” भनी येशूले कुन बीउलाई भनिरहनुभएको थियो? (मर्कूस ४:३१)

१३. पावल आफ्नो दोस्रो मिसनरी यात्राको दौडान एथेन्स पुगेपछि दुई जना क-कसलाई “यथासम्भव चाँड़ै तिनीकहाँ आउनू” भनी आग्रह गरे? (प्रेरित १७:१५)

१४. परमेश्‍वरको प्रमुख शत्रु को हो? (अय्यूब १:६)

१५. कसले धर्मी हन्‍नालाई रक्सीले मातेको भन्ठानी झुक्किएर गाली गरे? (१ शमूएल १:१२-१६)

१६. दाऊदको विरुद्ध विद्रोह गर्ने र यहूदाकाहरू बाहेक उनी सँगसँगै अरू सबैलाई विद्रोह गर्न उस्काउने “एउटा दुष्ट मानिस” को थियो? (२ शमूएल २०:१, २)

१७. चमत्कारपूर्ण ढङ्‌गमा दिइएको मन्‍नको सट्टा इस्राएलीहरूले उजाडस्थानमा छँदा मिश्रमा खाएको कुन कुराहरूको तृष्णा गर्न थाले? (गन्ती ११:५) (g04 6/8)

प्रश्‍नका जवाफहरू

१. चाँदी

२. प्रस्थान

३. तीन

४. विश्‍वास, आशा र प्रेम

५. तिनीहरू नीर्जीव र मानिसको हस्तकला हुन्‌

६. यो सरल र भद्र हुनुपर्छ जुन परमेश्‍वरको “भक्‍ति गर्ने स्त्रीहरूलाई सुहाउँछ”

७. किनभने तिनले “परमेश्‍वरको मण्डलीलाई खेदो” गरे

८. “गधाको एउटा आलो बङ्‌गरा[ले]”

९. सलह

१०. “हेर, . . . परमेश्‍वरका थुमा!”

११. यूहन्‍नाले २४ जना प्राचीनहरू देख्छन्‌ जसले आफ्नो स्वर्गीय स्थानमा येशूको पाइला पछ्याउने अभिषिक्‍त जनहरूको प्रतिनिधित्व गर्छ

१२. “रायोको दाना”

१३. सिलास र तिमोथी

१४. शैतान

१५. प्रधान पूजाहारी एली

१६. शेबा

१७. माछा, काँक्रा, खरबुजा, कन्द, प्याज र लसुन