सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

थाँक्रे-ताडी—के तपाईंले कहिल्यै देख्नुभएको छ?

थाँक्रे-ताडी—के तपाईंले कहिल्यै देख्नुभएको छ?

थाँक्रे-ताडीके तपाईंले कहिल्यै देख्नुभएको छ?

पेरुका ब्यूँझनुहोस्‌! लेखकद्वारा

संसारका कुनै-कुनै भागमा थाँक्रे-ताडीहरू यत्रतत्र देखिन्छन्‌। तर ताडीको रूखलाई किन थाँक्रो चाहिन्छ र? किनभने ताडीको रूखको पहिलो जरा बढेर एउटा निश्‍चित आकारको भएपछि बढ्‌न छोड्‌छ तर बाँकी रूख भने बढिरहन्छ। त्यसकारण हाँगामा थुप्रै गाँठाहरू हुन्छन्‌ जुन भुइँतिर झर्छन्‌ अनि थाँक्रोजस्तै देखिन्छन्‌।

थाँक्रे-ताडीको रूख अचम्मको देखिने मात्रै होइन, त्यसले ससाना जनावरहरूलाई यसको जरामुनि लुक्ने ठाउँ दिएर आश्रय पनि दिन्छ। मानिसले पनि त्यसबाट लाभ उठाउँछ। कुनै-कुनै देशका स्थानीय बासिन्दाहरूले यसको काठबाट घर बनाउँछन्‌, भुइँमा बिछ्याउँछन्‌ अनि यसको पातले छाना छाउने, कूचो बनाउने र डाला बुन्‍ने इत्यादि गर्छन्‌। उष्ण प्रदेशीय रेन फरेस्टबाट टाढा बस्ने मानिसहरूले आकर्षक लौरो प्रयोग गरेका होलान्‌ वा भुइँमा बिछ्याइने सुन्दर गाढा रङ भएका टिकाउ पार्केटमा हिंडेका होलान्‌।

अन्य थुप्रै किसिमका ताडीजस्तै थाँक्रे-ताडी पनि भोजनको स्रोत हो। प्रायजसो यसमा खान योग्य स्वादिलो गुदी हुन्छ। दुःखको कुरा, यो अनौठो किसिमको विशेष भोजनको लोकप्रियता बढ्‌दै गएको हुँदा कुनै-कुनै किसिमका ताडीहरू नरम, स्वादिलो गुदीको लागि मात्र काटेर बाँकी रूख भने त्यत्तिकै छोड्‌ने गरिन्छ। (g04 7/22)

[पृष्ठ ३१-मा भएको चित्र]

थाँक्रे-ताडीबाट विभिन्‍न किसिमका उपयोगी चीजबीजहरू प्राप्त हुन्छन्‌