सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुभी के हो?

दुभी के हो?

दुभी के हो?

दक्षिण अफ्रिकाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

◼ कहिलेकाहीं सिबोङ्‌गील आफ्नो छालाको अवस्थाबारे ठट्टा गर्छिन्‌। उनी हाँस्दै यसो भन्छिन्‌, “म जन्मिदा काली थिएँ, त्यसपछि गोरी भएँ अनि अहिले त खै कस्ती छु थाह छैन।” उनलाई भिटिलिगो अर्थात्‌ दुभी आएको छ।

दुभी जसलाई ल्युकोडर्मा पनि भनिन्छ, यो छालामा रङ उत्पन्‍न गर्ने तत्त्वको कमीले गर्दा हुन्छ। यसले गर्दा छालामा सेता थोप्ला र टाटाहरू देखिन्छन्‌। कोही-कोही बिरामीमा भने यो एउटै टाटोमा मात्र सीमित रहन्छ। तथापि, अरू कतिपयमा भने यो शरीरभरि नै चाँड-चाँडो फैलन्छ। अरू कतिलाई भने वर्षौंसम्म शरीरमा फैलिरहने दुभीले पिरोल्छ। दुभी शारीरिक तवरमा पीडादायी हुँदैन अनि यो सरुवा रोग पनि होइन।

सबै प्रकारको दुभी सिबोङ्‌गीलको छालामा जस्तो प्रस्ट नदेखिन सक्छ किनभने यो प्रायजसो कालो छाला भएका मानिसहरूमा स्पष्ट देखिन्छ। तर यसबाट धेरथोर पीडित मानिसहरू थुप्रै छन्‌। तथ्याङ्‌कले देखाएअनुसार कुल जनसंख्याको १ देखि २ प्रतिशतलाई दुभीले असर गरेको हुन्छ। दुभी कुनै खास जातिमा मात्र सीमित छैन अनि पुरुष तथा स्त्री दुवैलाई असर गर्छ। यसको कारण अझै पत्ता लागेको छैन।

यसको कुनै उपचार नभए तापनि यसको सामना गर्ने थुप्रै तरिकाहरू छन्‌। उदाहरणका लागि, दुभी नदेखिएको छाला घामले डढ्‌दा सेतो छाला भएका व्यक्‍तिहरूमा दुभी अझ प्रस्टै देखिन्छ। यसर्थ, घामबाट जोगिंदा पनि दुभी त्यति प्रस्ट देखिंदैन। कालो छाला भएका व्यक्‍तिहरूले विशेष किसिमको शृङ्‌गार सामग्री प्रयोग गरेर सेतो र कालो छालाबीचको भिन्‍नतालाई कम गर्न सक्छन्‌। दुभी लागेका कोही-कोहीले रिपिग्मेन्टेसन अर्थात्‌ छालामा हुने रङ थप्ने प्रविधि अपनाउँदा राम्रो नतिजा देखिएको छ। यसको लागि धेरै महिना औषधोपचार र विशेष किसिमको अल्ट्राभायोलेट उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। कुनै-कुनै अवस्थामा यो उपचारविधि अपनाउँदा सेतो भएको छाला पुनः पहिलेकै रङमा फर्केको छ। अरू कतिपयले भने डिपिग्मेन्टेसन प्रक्रिया अपनाउँछन्‌। यसको लक्ष्य छालामा बाँकी भएको रङ नाश गरेर छालालाई औषधोपचारद्वारा एउटै रङको बनाउनु हो।

दुभी अनुहारतिर पनि फैलियो भने यसले गर्दा भावनात्मक तनाव हुन सक्छ। सिबोङ्‌गील भन्छिन्‌, “हालै दुई जना बच्चा मलाई देखेपछि डराएर कराउँदै भागे। अरू भने यो रोग सर्ला वा यो कुनै सरापको कारणले गर्दा भएको होला भनेर मसित कुरा गर्न हिचकिचाउँछन्‌। म अरूलाई एउटा कुन कुरा बुझाउन चाहन्छु भने, यस्तो अवस्था भएका मानिसहरूसित डराउनुपर्ने कुनै कारण छैन। यस्तो व्यक्‍तिलाई छुँदा वा हावाबाट यो रोग सर्दैन।”

सिबोङ्‌गील आफ्नो यस्तो अवस्थाले गर्दा एक जना यहोवाको साक्षीको हैसियतमा आफूलाई असाध्यै मनपर्ने काम अर्थात्‌ बाइबल शिक्षा सिकाउने कामदेखि टाढिएकी छैनन्‌। यस कामको सिलसिलामा मानिसहरूको घरमा जानुपर्छ अनि तिनीहरूसित प्रत्यक्ष कुराकानी गर्नुपर्छ। उनी भन्छिन्‌: “मैले आफ्नो रूपलाई स्वीकार्न सिकेकी छु। म आफ्नो अवस्थाबारे चिन्तित महसुस गर्दिनँ अनि यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको पार्थिव प्रमोदवनमा म जन्मँदा जस्तो रङको थिए, फेरि त्यस्तै रङको हुने समयको उत्कट प्रतीक्षामा छु।”—प्रकाश २१:३-५. (g04 9/22)

[पृष्ठ १२-मा भएको चित्र]

दुभी लाग्नुअघि सन्‌ १९६७ मा