सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरसित हिंड्‌नुहोस्‌” जिल्ला अधिवेशनमा स्वागत छ

“परमेश्‍वरसित हिंड्‌नुहोस्‌” जिल्ला अधिवेशनमा स्वागत छ

“परमेश्‍वरसित हिंड्‌नुहोस्‌” जिल्ला अधिवेशनमा स्वागत छ

◼ विश्‍वभरि सयौं स्थानहरूमा लाखौं मानिसहरू उपस्थित हुनेछन्‌। अक्सर शुक्रबारदेखि आइतबारसम्म हुने तीन दिनको यी जमघट सम्भवतः तपाईंकै सहरमा पनि आयोजना गरिन सक्छ।

धेरैजसो स्थानहरूमा एउटा साङ्‌गीतिक धुनद्वारा हरेक दिन बिहान ९:३० बजे कार्यक्रम सुरु हुनेछ। शुक्रबारको विषय छ “बाटो यही हो, यसैमा तिमीहरू हिंड़।” “यहोवाद्वारा उहाँको मार्ग सिकाइन एक साथ भेला भएका” शीर्षकको स्वागत भाषणपछि परमेश्‍वरसित वफादार भई हिंड्‌ने व्यक्‍तिहरूका अन्तरवार्ताहरू भएको एउटा भाग हुनेछ। “आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ” अनि “परमेश्‍वरको वचनले हरेक दिन तपाईंका पाइलाहरूलाई डोऱ्‍याओस्‌” शीर्षकका भाषणहरूपछि “सङ्‌कटको घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌” शीर्षकको मुख्य भाषणपछि बिहानको कार्यक्रम समाप्त हुनेछ।

शुक्रबार अपराह्नको कार्यक्रममा “होशेको भविष्यवाणीले हामीलाई परमेश्‍वरसित हिंड्‌न मदत गर्छ” शीर्षकको तीन भागको गोष्ठी हुनेछ। यसपछि “ ‘जसलाई परमेश्‍वरले एक साथ जोड्‌नुभएको छ,’ त्यसलाई नछुट्ट्याउनुहोस्‌” अनि “हाम्रा पवित्र जमघटहरूप्रति आदर देखाउने” शीर्षकको भाषण हुनेछ। उक्‍त दिनको अन्तमा, “सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार” शीर्षकको भाषणले सबै भाषाका मानिसहरूकहाँ सुसमाचार पुऱ्‍याउन प्रोत्साहन दिनेछ।

शनिबारको विषय छ, “कसरी हिंड़छौ ठीकसँग हेर।” बिहानको कार्यक्रमको “सेवकहरूको हैसियतमा प्रगतिशील भई हिंड्‌ने” शीर्षकको गोष्ठीमा बेग्लै भाषा बोल्ने मानिसहरूकहाँ पुग्ने थप सल्लाहरू समावेश छन्‌। बिहानको कार्यक्रम “आफ्नो प्रतिज्ञाअनुसार यहोवासित हिंड्‌ने” शीर्षकको महत्त्वपूर्ण भाषणबाट समाप्त हुनेछ, त्यसपछि योग्य व्यक्‍तिहरूको लागि बप्तिस्माको सुअवसर छ।

आइतबार अपराह्नमा “ठेस पुऱ्‍याउने कुनै पनि कुरादेखि जोगिनुहोस्‌” अनि “स्फूर्ति दिने स्वास्थ्यकर गतिविधिहरू” शीर्षकका भाषणहरू हुनेछन्‌। “यहोवा हाम्रो गोठालो हुनुहुन्छ,” “समय किन्‍ने,” अनि “चहकिलो हुँदै जाने ज्योतिको बाटोमा हिंड्‌ने” शीर्षकका हरेक भाषणमा प्रोत्साहनदायी अन्तरवार्ताहरू छन्‌। “ ‘जागा रहो’—इन्साफको समय आएको छ,” शीर्षकको विचारणीय भाषणद्वारा उक्‍त दिनको कार्यक्रमको समापन हुनेछ।

‘सत्यमा चलिरहो’ भन्‍ने आइतबारको कार्यक्रमको विषयको महत्त्वलाई “युवाहरू हो—धार्मिकताको मार्गमा हिंड्‌नुहोस्‌” शीर्षकको भाषणमा जोड दिइन्छ। त्यसपछि अर्को प्रस्तुति प्रेरित पावलको सेवकाईलाई चित्रित गर्ने पूर्ण-वेषभूषासहितको नाटक हुनेछ। नाटकको लगत्तै दिइने भाषणमा नाटकबाट सिकेको पाठलाई जोड दिइन्छ। अपराह्नको कार्यक्रमको आर्षकण “परमेश्‍वरसित हिंड्‌दा अहिले र सदाको लागि इनाम प्राप्त हुन्छ” शीर्षकको जनभाषण हुनेछ।

आफ्नो घर नजिकैको अधिवेशनस्थलको लागि तपाईंले स्थानीय यहोवाका साक्षीहरूको राज्य-भवनमा सम्पर्क राख्न अथवा यस पत्रिकाको प्रकाशकहरूलाई लेख्न सक्नुहुन्छ। (g04 6/8)