सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के विवाह नगरी सँगै बस्नु विवाहको लागि असल जग हो?

के विवाह नगरी सँगै बस्नु विवाहको लागि असल जग हो?

के विवाह नगरी सँगै बस्नु विवाहको लागि असल जग हो?

विवाह नगरी दुई विपरीत लिङ्‌गका व्यक्‍तिहरू सँगै बस्नु “संसारका औद्योगिक समाजहरूमा एउटा सामान्य कुरा भइसकेको छ” भनी जर्नल अफ म्यारिज एण्ड फ्यामिलि बताउँछ। अनि “सँगै बस्दै आएका झन्डै आधाजसो जोडीहरूले सँगै बस्नु भनेको विवाहपछि मिलेर बस्न सकिन्छ कि सकिंदैन भनेर जाँच्ने तरिका हो भन्‍ने धारणा राख्छन्‌।” यो कुरा सत्य हुँदो हो त, “बेमेल हट्‌नुपर्ने र अन्ततः वैवाहिक सम्बन्ध अझ स्थायी हुनुपर्ने” भनी जर्नल उल्लेख गर्छ।

“तथापि, नतिजाहरूबाट भने अर्कै कुरा प्रमाणित भएको देखिन्छ” भनी जर्नल अझै बताउँछ। “विवाहित व्यक्‍तिविशेषहरूमध्ये विवाहअघि सँगै बसेका व्यक्‍तिहरूमा दाम्पत्य जीवनबाट कम सन्तुष्टि, सामान्य गतिविधिमा सँगै कम समय बिताएको, धेरै खटपट हुने, आफ्नो जोडीबाट खासै समर्थन नपाउने, समस्याहरू समाधान गर्न त्यति सफल नहुने र वैवाहिक समस्याका अझ धेरै रिपोर्टहरू सुन्‍नमा आएको छ। . . . यसबाहेक, सीधै वैवाहिक सम्बन्धमा गाँसिएका दम्पतीहरूभन्दा विवाह गर्नुअघि पहिला सँगै बसेका दम्पतीहरूको विवाह टुक्रिने [सम्बन्ध विच्छेद हुने] खतरा धेरै हुन्छ।”

यस अध्ययनले देखाएझैं मानिसहरूको दृष्टिकोणबाट बुद्धिमान्‌ देखिएको कुरा वास्तवमा एकदमै मूर्खतापूर्ण हुन सक्छ। यस तथ्यले यर्मिया १०:२३ मा लिपिबद्ध शब्दहरूको सत्यतालाई जोड दिन्छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” विवाहसम्बन्धी असल सल्लाहहरूको लागि परमेश्‍वरको वचन बाइबलमा हेर्नु कत्ति बुद्धिमानी हुनेछ! (२ तिमोथी ३:१६) उदाहरणका लागि वैवाहिक सम्बन्धको सन्दर्भमा बाइबल यसो भन्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।”—उत्पत्ति २:२४; मत्ती १९:५.

त्रुटिपूर्ण अनि अक्सर अभरपर्दो मानव बुद्धिभन्दा उक्‍त ईश्‍वरीय निर्देशन पालन गर्दा आनन्ददायी तथा स्थायी विवाह हुने सम्भावना धेरै हुन्छ।—हितोपदेश ३:५, ६. (g04 11/22)