सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युरोपेली अदालतले आमाको अधिकारलाई समर्थन गर्छ

युरोपेली अदालतले आमाको अधिकारलाई समर्थन गर्छ

युरोपेली अदालतले आमाको अधिकारलाई समर्थन गर्छ

फ्रान्सका ब्यूँझनुहोस्‌! लेखकद्वारा

सन्‌ २००३, डिसेम्बर १६ का दिन फ्रान्सको स्ट्रासवर्गमा अवस्थित मानवअधिकारको युरोपेली अदालतले साराफिन पालाउ-मार्टिनाथ जो एक जना यहोवाका साक्षी हुन्‌, तिनी विरुद्ध फ्रान्सेली अदालतले धार्मिक भेदभाव गरेको पायो।

सन्‌ १९९६ मा साराफिनलाई तिनको पतिसित सम्बन्ध विच्छेद गर्ने अनुमति दिइएको थियो जसले तिनलाई दुई वर्षअघि त्यागेका थिए। साराफिनलाई तिनीहरूका दुई जना बालबच्चाको हेरचाह गर्ने जिम्मा सुम्पिएको थियो। तर सन्‌ १९९७ मा जब यी छोराछोरी आमासित बस्दै आएको झन्डै साढे तीन वर्ष भइसकेको थियो, तिनीहरूको बुबाले भेटघाटको समयपछि छोराछोरीलाई आमाकहाँ फर्काउन इन्कार गरे। साराफिन यसो भन्छिन्‌: “स्कूलमा बच्चाहरूलाई लिन जाँदा प्रधानाध्यापकले प्रहरीलाई बोलाए। मैले आफ्ना बच्चाहरूलाई मेरो विश्‍वासबारे नबताओस्‌ भनेर मैले तिनीहरूलाई प्रहरी अधिकृतहरूको अगाडि मात्र भेट्‌न पाउने थिएँ। मलाई त एक जना अपराधीसरह व्यवहार गरियो। मैले बच्चाहरूसित परमेश्‍वर वा बाइबलबारे कुरा नगर्ने वा तिनीहरूलाई मसीही सभाहरूमा नलैजाने वचन दिएर कागज गरेको खण्डमा मात्र मैले बच्चाहरूलाई आफूसित लैजान पाउने कुरा बताइयो।”

साराफिनले अदालतको ढोका ढकढक्याइन्‌। तथापि, सन्‌ १९९८ मा नाइम्सको पुनरावेदन अदालतले बच्चाहरूको हेरचाह गर्ने जिम्मा बुबालाई नै दियो। यसले आफ्नो निर्णय जायज ठहराउँदै यहोवाका साक्षीहरूले आफ्ना छोराछोरीलाई सिकाउने शैक्षिक सिद्धान्तहरूको गम्भीर तथा कटु आलोचना गऱ्‍यो। साराफिन भन्छिन्‌, “आफ्ना छोराछोरीलाई हानि पुऱ्‍याएको भन्‍ने आरोप लगाइएको सुन्दा असाध्यै चित्त दुख्यो किनभने मैले त केवल मेरो विचारमा तिनीहरूको लागि सबैभन्दा उत्तम कुरा अर्थात्‌ मसीही लालनपालन दिन खोजिरहेकी थिएँ।”

फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर डे कासाशनले पुनरावेदन अदालतलाई नै समर्थन गरेपछि साराफिनले मानवअधिकारको युरोपेली अदालतको ढोका घचघच्याउने निर्णय गरिन्‌। “[फ्रान्सेली] पुनरावेदन अदालतले आमा र बुबाको धर्मको भिन्‍नताको आधारमा निवेदक उपर भेदभावपूर्ण निर्णय सुनाएको कुरामा अदालतको कुनै शङ्‌का छैन। . . . त्यस्तो फरक व्यवहार गर्नु पक्षपातपूर्ण हो” भन्‍ने फैसला सुनाइयो र यो ६ जना विरुद्ध १ को निर्णयमा आधारित थियो। यसले यो पनि ठहर गऱ्‍यो कि फ्रान्सेली अदालतको निर्णय साराफिनले आफ्ना छोराछोरीको हेरचाह गर्न सक्छिन्‌ कि सक्दिनन्‌ भन्‍ने कुरामा आधारित थिएन जसबारे वास्तवमा एक चोटि पनि प्रश्‍न खडा गरिएन, नता वास्तविक तथ्यमाथि कुनै शङ्‌का गरिएको थियो तर यो निर्णय “यहोवाका साक्षीहरूबारे सामान्य धारणामा” आधारित थियो। यो धार्मिक पक्षपात र साराफिनको अधिकार हनन भएको कुरालाई विचार गर्दै युरोपेली अदालतले फ्रान्सलाई क्षतिपूर्ति गर्ने र अदालती खर्च तिर्ने फैसला सुनायो।

यो निर्णय जून १९९३ मा मानवअधिकारको युरोपेली अदालतले सुनाएको फैसला अनुरूप थियो जब अस्ट्रियाले इन्ग्रिड हफमान विरुद्ध पक्षपातपूर्ण फैसला सुनाएको थियो किनभने इन्ग्रिड पनि एक जना यहोवाको साक्षी भएकी हुँदा उनको धर्मको आधारमा फैसला सुनाएको थियो। a फ्रान्सेली कानुनी पुनरावृत्ति ला सेमेन जुरीडिक यस्तो टिप्पणी गर्छ, “हफमान फैसलाअनुसार कुनै पनि व्यक्‍तिको धर्मको आधारमा मात्र आमाबाबुको अख्तियारको निर्णय गर्न सकिंदैन भनेर यसले प्रमाणित गर्छ।” साराफिनको वकिलले यसो भने: “यो निर्णय युरोपेली अदालतले बसालेको न्यायविधि जत्तिकै महत्त्वपूर्ण छ किनभने यसले आमाबाबुहरू जो यहोवाका साक्षीहरू हुन्‌ तिनीहरूको निष्पक्ष न्याय हुनुपर्ने अधिकारलाई पुष्टि गर्छ।”

यो निर्णयबारे कस्तो लाग्यो भनी प्रश्‍न गर्दा हाल स्पेनमा बस्ने साराफिनले यसो भनिन्‌: “मैले एकदमै खुसी र ढुक्क महसुस गरेकी छु। मेरो धर्मले गर्दा मेरा छोराछोरी मबाट खोसिनु अनि पाँच वर्षसम्म तिनीहरूलाई भेट्‌न नपाउनु असाध्यै गाह्रो कुरा थियो तर यहोवाले मलाई सधैं सँभाल्नुभयो। आशा छ, यो फैसलाले मजस्तै अवस्थामा परेका अरूलाई मदत गर्नेछ।” (g04 11/22)

[फुटनोट]

a अवेक! अक्टोबर ८, १९९३ पृष्ठ १५ मा प्रकाशित “बच्चाको हेरचाहको जिम्मा कसलाई दिने भन्‍ने विवादमा यहोवाका साक्षीहरूको विजय” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको चित्र]

साराफिन