सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

पाठकहरूका प्रतिक्रिया

घरपालुवा जनावरहरू “घरपालुवा जनावरहरू—तपाईं तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?” (मार्च ८, २००४) शृङ्‌खलाबद्ध लेखको लागि मुरी-मुरी धन्यवाद। जनावरहरूलाई दया-माया दर्साउँदै लेखिएको लेखन शैलीले विशेष गरेर मलाई छोयो। मेरो पशु चिकित्सकलाई म यस पत्रिकाको एक प्रति दिनेछु। पशु प्रेमीहरूलाई यस्ता लेखहरूले यहोवासित नजिक हुन हौस्याउँछ।

ओ. एम., इटाली (g04 12/8)

हाल म एक्लै बस्न थालेकी छु र त्यसैले दुईवटा छाउरा पनि पालिरहेकी छु। तिनीहरूबाट म असीम आनन्द पाउँछु र तिनीहरूमा मानवीय गुणहरू खोज्न नहुने महत्त्वलाई पनि मैले बुझेकी छु। यस लेखले घरपालुवा जनावहरुप्रति सन्तुलित दृष्टिकोण राख्नुपर्ने महत्त्व बुझ्न मलाई मदत गरेको छ।

के. ओ. जापान (g04 12/8)

तपाईंहरूलाई धन्यवाद दिन मसित कुनै शब्दै छैन। तीन हप्ताअघि मैले १३ वर्ष पुगेको आफ्नो कुकुरलाई चिरनिद्रामा सुताइदिएँ। मलाई जिन्दगीमा लिन गाह्रो भएका निर्णयहरूमध्ये एउटा यो पनि थियो। त्यस बिहान मैले घरपालुवा जनावरहरूबारे त्यो लेख फेरि पढें। लेख दया, बुद्धि र मदतले भरपूर थियो।

एस. जी. संयुक्‍त राज्य अमेरिका (g04 12/8)

घरपालुवा जनावरहरूको लागि आधुनिक खाद्यवस्तुहरू उत्पादन गर्ने उद्योगमा ठूलो देन दिने एक जना मानिसकहाँ म काम गर्छु। घरपालुवा जनावरहरूबारे यो लेख मैले आफ्नो कपी होल्डरमा छोडेर गएको थिएँ। म खाजा खान जाँदा उहाँले त्यो लेख देखेर पढ्‌नुभएछ, उहाँलाई त्यो यति साह्रो मन पऱ्‍यो कि उहाँ नियमित रूपमा ब्यूँझनुहोस्‌! प्राप्त गर्न चाहनुहुन्छ।

एल. डब्लु., संयुक्‍त राज्य अमेरिका (g04 12/8)

लेख गजबको थियो र लेखले मलाई आफ्ना जनावरहरूप्रति सन्तुलित दृष्टिकोण राख्न मदत गऱ्‍यो। मलाई लाग्छ, कसैले घरमा बिरालो अथवा कुकुरलाई पाल्न ल्याउँदा त्यसलाई बन्ध्याकरण गर्नुपर्छ। यसो भन्‍नुको एउटा कारण हरेक वर्ष यति धेरै कुकुर र बिरालाहरू मारिन्छन्‌, किनभने तिनीहरूलाई पाल्ने कोही निस्केनन्‌।

सी. बि. संयुक्‍त राज्य अमेरिका (g04 12/8)

“ब्यूँझनुहोस्‌!”-को प्रतिक्रिया: हाम्रा पाठकहरूको ध्यानाकर्षणका लागि यो बुँदा उठाउनुभएकोमा धेरै धन्यवाद।

तपाईंहरूको लेखले परमेश्‍वरको नयाँ संसारमा “पाल्तु र जङ्‌गली, सबै पशुहरू मानिस र एक-अर्कासित मिलापमा हुनेछन्‌” भनेर बताउँछ। मांसहारी जनावरहरू नै नरहने कुरामा विश्‍वास गर्नु तर्कसंगत हो र?

डि.बी क्यानाडा (g04 12/8)

“ब्यूँझनुहोस्‌!”-को प्रतिक्रिया: मानिसजातिले पाप गरेदेखि हाम्रो पृथ्वीमा धेरै कुराहरूको सन्तुलन गुमिरहेको छ। प्रमोदवनमा जनावरहरू मिलेर बस्ने बाइबलको भविष्यवाणी कसरी पूरा हुनेछ, त्यो त भविष्यले नै देखाउनेछ। तर सिद्ध प्रमोदवनमा मांसहारी जनावरहरूले कस्तो स्वभाव देखाउनेछन्‌, त्यो त अनभिज्ञ नै छ। तर हाम्रो सृष्टिकर्ताले पृथ्वीबाट सारा हानिकारक वस्तुहरू हटाउनुहुने कुरामा भने हामी पूर्णतया विश्‍वस्त छौं।—भजन ३७:१०, ११.

रक्‍त समूह “के तपाईंको व्यक्‍तित्व रक्‍त समूहले निर्धारण गर्छ?” लेखको लागि धन्यवाद छ। (मार्च ८, २००४) यो विषयले मलाई अलि पिरोलिरहेको थियो। रक्‍त समूहले व्यक्‍तित्व निर्धारण गर्न सक्दैन भनेर मलाई स्कूलमा बताइएको थियो। मैले कुनै-कुनै किताबमा व्यक्‍तित्व निर्धारण गर्न रक्‍त समूहको प्रयोग गर्ने कुरा प्रेतवादसित गाँसिएको हुन्छ भनेर पनि पढें। तर रक्‍त समूहबारे कुरा गर्ने अनि त्यसैको आधारमा मानिसहरू यस्ता-उस्ता हुन्छन्‌ भनी निर्धारण गर्दै बस्ने मानिसहरूबारे पनि मलाई थाह छ। यो कुरा गलत हो या सही भनेर म अन्योलमा परिरहेकै बेला यो लेख प्रकाशित भयो र मैले स्पष्टसित बाइबलको दृष्टिकोण बुझ्न सकें।

आर. के. जापान (g04 12/22)

लेख मलाई चाखलाग्दो लाग्यो। मेरा स्कूलका मानिसहरू भन्‍ने गर्छन्‌, “ए” समूहको रगत हुनेहरू नियमपालक र संवेदनशील हुन्छन्‌ र “बि” समूहकाहरू चाहिं भद्र हुन्छन्‌। म अक्सर आफैलाई प्रश्‍न गर्थे, “के म त्यस्तो छु र?” हरेक व्यक्‍तिको आफ्नै व्यक्‍तित्व हुन्छ भनेर थाह पाएपछि बल्ल मैले राहत पाएँ। पूर्णतया परमेश्‍वरको आत्माको प्रभावमा पर्न दिएर हामी आफ्नो व्यक्‍तित्वमा परिवर्तन ल्याउन सक्छौं भनेर पनि मैले बुझ्न सकें।

एन. आइ. जापान (g04 12/22)