सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाजनहरूका लागि अत्यन्तै उपयोगी पाठ्यपुस्तक

युवाजनहरूका लागि अत्यन्तै उपयोगी पाठ्यपुस्तक

युवाजनहरूका लागि अत्यन्तै उपयोगी पाठ्यपुस्तक

केन्याको लिमुरा सहरस्थित टेगोनी अक्याडेमी फर गर्ल्सका हेडमास्टरले त्यस देशमा भएको यहोवाका साक्षीहरूको शाखा कार्यालयलाई युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ नामक पुस्तकका केही प्रतिहरू मगाउँदै एउटा चिठी लेखे। चिठीमा उनले यसो भनेका थिए: “किशोरकिशोरीहरूसित व्यवहार गर्नु निकै गाह्रो हुन्छ भन्‍ने कुरा त तपाईंहरूलाई थाहै छ। हामीसँग तपाईंहरूको यस पुस्तकका दुई प्रति छन्‌ र यो पुस्तक शिक्षक तथा विद्यार्थी दुवैको लागि निकै मदतकारी साबित भएको छ। यसमा प्रशस्त जानकारीहरू छन्‌ र हामी शिक्षक तथा किशोरकिशोरीका आवश्‍यकतासित यी जानकारी ठ्याक्कै मिल्छन्‌।”

ती हेडमास्टरले अझै यसो भने: “हाम्रा विद्यार्थीहरूलाई सिकाउन [स्कूल] प्रशासन यो मदतकारी पुस्तक प्रयोग गर्न चाहन्छ। उनीहरूलाई यो पुस्तक एकदमै मनपर्छ। आफ्ना छोराछोरीलाई मदत गर्न हरसम्भव प्रयास गर्ने सन्दर्भमा हाम्रा सबै अभिभावकहरू पूरा इच्छुक छन्‌। अहिलेको लागि हामीलाई यस पुस्तकको २५ प्रति भए पुग्छ।”

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकले युवाहरूको सोचाइ तथा भावनालाई राम्ररी केलाउँछ। यसमा यस्ता लाभप्रद विषयहरू छलफल गरिएका छन्‌: “के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?,” “घर छोडेर जाऊँ कि?,” “म साँचो मित्रहरू कसरी बनाउनसक्छु?,” “कुन पेशा छाने बेस होला?,” “विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?,” र “साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?”

यी त यस पुस्तकको केही अध्यायका शीर्षकहरू मात्र हुन्‌। यसमा दिइएका जम्मा ३९ वटा अध्यायमा अन्य थुप्रै विषयहरूबारे पनि छलफल गरिएको छ। थप जानकारीको लागि सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाउनुहोस्‌। (g05 2/8)

□ कुनै बाध्यतामा नपरी, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।