सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आउनुहोस्‌, “हामी कसप्रति आज्ञाकारी हुनुपर्छ?” भन्‍ने विषयको जनभाषण सुन्‍नुहोस्‌

आउनुहोस्‌, “हामी कसप्रति आज्ञाकारी हुनुपर्छ?” भन्‍ने विषयको जनभाषण सुन्‍नुहोस्‌

आउनुहोस्‌, “हामी कसप्रति आज्ञाकारी हुनुपर्छ?” भन्‍ने विषयको जनभाषण सुन्‍नुहोस्‌

थुप्रै व्यक्‍तिहरू कसैप्रति आज्ञाकारी हुनेबारे सोच्न समेत मन पराउँदैनन्‌। ‘आफूलाई जस्तो मन लाग्छ त्यस्तै गर्न म स्वतन्त्र हुन चाहन्छु’ भन्‍ने धारणा सामान्य भएको छ। यद्यपि, वास्तविकता चाहिं के हो भने हामी सबैले आफ्नो दैनिक जीवनमा आज्ञाकारितालाई बहुमूल्य ठान्छौं। प्रत्येक पल्ट तपाईं चेतावनीमूलक चिह्नहरू अनुसार चल्नुहुँदा वा निर्देशनहरू पछ्याउनुहुँदा तपाईंले केही हदसम्म भने पनि आज्ञाकारिता देखाइरहनुभएको हुन्छ। अनि मानव समाजमा शान्ति र सुव्यवस्था कायम राख्न सरकारी अख्तियारवालाहरूले तोकेका नियमहरूको अधीनतामा बस्नुपर्छ भन्‍ने कुरा कसले पो इन्कार गर्न सक्ला र? हुन पनि, सबै मानिसहरूले ट्राफिक नियम पालन गर्न इन्कार गरे भने के हुन्छ होला, कल्पना गर्नुहोस्‌ त!

तथापि, एउटा मानिसले अरू मानिसहरूमाथि अख्तियार जमाउँदा सधैं राम्रो नतिजा प्राप्त भएको छैन। “एउटा मानिसले अर्को मानिसलाई दुःख” दिएको छ भनी बाइबलले धेरै वर्षअघि बतायो। (उपदेशक ८:९) के हाम्रो भरोसा र आज्ञाकारिताको योग्य शासक कोही छ? छ भने हामी तिनलाई कसरी चिन्‍न सक्छौं? अनि तिनको शासनअन्तर्गत के-कस्ता कुराहरू हुने आशा हामी गर्न सक्छौं? यी प्रश्‍नहरूको जवाफ “हामी कसप्रति आज्ञाकारी हुनुपर्छ?” भन्‍ने उत्साहवर्धक जनभाषणमा दिइनेछ। यसै महिनादेखि सुरु हुन गइरहेको यहोवाका साक्षीहरूका जिल्ला अधिवेशनहरूमा उक्‍त जनभाषण दिइनेछ। विश्‍वभरि यस्ता सयौं अधिवेशनहरू सम्पन्‍न हुनेछन्‌। तपाईंलाई नजिक पर्ने अधिवेशनस्थल पत्ता लगाउन आफ्नो इलाकामा भएका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पत्र लेख्नुहोस्‌। (g05 5/22)