सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यसपाली कुन चलचित्र प्रदर्शन हुँदैछ?

यसपाली कुन चलचित्र प्रदर्शन हुँदैछ?

यसपाली कुन चलचित्र प्रदर्शन हुँदैछ?

गर्मीको छुट्टीमा तपाईंलाई के गर्न मन लाग्छ? मौसम गर्मी भयो भने तपाईंलाई समुद्रीतटको सैर गर्न अथवा पार्क घुम्न जाऊँ-जाऊँ लाग्न सक्छ।

तथापि, चलचित्र उद्योगसित सम्बद्ध मानिसहरू भने गर्मी महिनामा करोडौं मानिसले चलचित्रभवनमा चलचित्र हेरेर धेरैभन्दा धेरै समय बिताऊन्‌ भन्‍ने आशमा हुन्छन्‌। संयुक्‍त राज्य अमेरिकामा मात्रै कम्तीमा पनि ३५,००० चलचित्रभवन छन्‌ र हालैका वर्षहरूमा गर्मी महिनाको दौडान त्यस देशमा लगभग ४० प्रतिशत नाफा कमाइ भएको छ। a मुभिलाइन पत्रिकाकी कार्यकारी सम्पादक हाइडी पार्कर यसो भन्छिन्‌, “यो त खुद्रा व्यापारीले क्रिसमसको समयमा नाफा कमाएजस्तै हो।”

तर सधैं घ्यू र भात कहाँ पाउनु! पहिला-पहिला संयुक्‍त राज्य अमेरिकामा थोरै मानिसहरूले मात्र गर्मी महिनामा चलचित्र हेर्थे, जसको कारण थुप्रै हलहरूमा दिनको एक-दुइटा मात्र चलचित्र प्रदर्शन गरिन्थ्यो अथवा गर्मी महिनाभरि नै चलचित्रभवनहरू बन्द रहन्थे। तर सन्‌ १९७० दशकको मध्यतिर चलचित्रभवनहरूमा एयर कन्डिशन राख्न थालिएपछि भने गर्मी छल्न करोडौं मानिसहरू चलचित्र हेर्न ओइरिन थाले। त्यतिखेर स्कूले केटाकेटीहरूको पनि छुट्टी हुन्थ्यो, जसलाई चलचित्र निर्माताहरूले सम्भावित बजारको रूपमा लिन चुकेनन्‌। चाँडै गर्मी महिनामा ब्लकबस्टर चलचित्रहरू प्रदर्शन हुन थाले। b यसले चलचित्र निर्माण तथा बजार प्रवर्धन गर्ने परिपाटीमा परिवर्तन ल्यायो, जुन विषयमा अब हामी हेर्दै जानेछौं। (g05 5/8)

[फुटनोटहरू]

a संयुक्‍त राज्य अमेरिकामा गर्मी महिनाको दौडान प्रदर्शन हुने चलचित्र मे महिनामा सुरु भएर सेप्टेम्बर महिनासम्म चल्छ।

b साधारणतया, “ब्लकबस्टर” भन्‍ने शब्द ४.५ अर्ब वा त्योभन्दा बढी पैसा कमाउने चलचित्रहरूको लागि प्रयोग गर्ने गरिन्छ। तथापि, कहिलेकाहीं यो शब्द कुनै पनि सफल चलचित्रलाई बुझाउन समेत प्रयोग गरिन्छ, चाहे त्यस चलचित्रले टिकट बिक्रीबाट जतिसुकै कमाइ गरोस्‌।