सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“रचिए जस्तो”?

“रचिए जस्तो”?

“रचिए जस्तो”?

के तपाईंले कहिल्यै टेलिस्कोपबाट रातको आकाश नियाल्नुभएको छ? नियालेकाहरू धेरैले पहिलो पटक शनि ग्रह देख्दाको दृश्‍य भुल्न नसकेको कुरा तपाईंलाई बताउन सक्छन्‌। त्यो साँच्चै एउटा अद्वितीय दृश्‍य हो। अनन्त कालो, टिलपिलाउने असंख्य ताराहरू छरिएको आकाशमा सानदार चेप्टो घेराहरूभित्र एउटा आलोकित गोला।

ती घेराहरू चाहिं के हुन्‌? सन्‌ १६१० मा खोगलविद्‌ ग्यालिलियोले आफैले बनाएको टेलिस्कोपले शनि ग्रह हेर्दा देखेका दृश्‍यहरू अस्पष्ट थिए, शनिको दुवैतिर कानहरू गाँसिएको जस्तो देखिन्थ्यो—बीचको एउटा ठूलो डल्लो र दायाँ-बायाँ दुईवटा स-साना डल्ला झुन्डिएको जस्तो। वर्षौंको दौडान टेलिस्कोपको विकास हुँदै जाँदा खगोलविद्‌हरूले ती घेराहरूलाई अझ स्पष्टसित देखे तर ती घेराहरू कसरी बनेका हुन्छन्‌ भन्‍ने कुरामा विवाद भने यथावत्‌ नै थियो। ती घेराहरू कडा र ठोस वृत्ताकार चेप्टो वस्तु हुन्‌ भनेर थुप्रैले ठोकुवा गरे। सन्‌ १८९५ मा मात्र ती घेराहरू चट्टान र बरफका धेरै कणहरू मिलेर बनेका हुन्छन्‌ भन्‍ने विश्‍वसनीय प्रमाण खगोलविद्‌हरूले पाए।

द फार प्लानेट नामक पुस्तक यसो भन्छ: “शनिका घेराहरू असंख्य बरफिलो टुक्राहरू मिलेर बनेका पातलो पत्रहरू हुन्‌ जुन सौर्यमण्डलकै एक महान्‌ आश्‍चर्य हो। धिपधिप चम्कने यी घेराहरू अत्यन्तै विशाल हुन्छन्‌ ग्रहको वायुमण्डलको भाग टुङ्‌गिएदेखि सुरु भएर ठम्याउनै नसक्ने छेउसम्मको दुरी जम्मा ४,००,००० किलोमिटर हुन्छ।” यो साह्रै पातलो पनि हुन्छ, यसको मोटाइ लगभग ३० मिटरभन्दा कम हुन्छ। सन्‌ २००४ मा कासिनी-हाइजेन्स्‌ नामक अन्तरिक्षयान शनि ग्रहमा पुगेर धेरै डाटा र फोटोहरू पठाएपछि मात्र ती सयौं घेराको जटिलताबारे धेरै कुराहरू पत्ता लाग्यो।

स्मिथसोनिएन पत्रिकामा हालै छापिएको एउटा लेखले यसो भन्यो: “शनि ग्रह साँच्चै रचिए जस्तै छ—शतप्रतिशत मिलेको गणित जस्तै एउटा आकाशीय पिण्ड।” लेखकको यस भावनाको हामी कदर गर्छौं तर तर तिनले “जस्तो” भन्‍नु मिल्छ र! वास्तवमा यो मनमोहक आकाशीय पिण्ड त्यस्ता धेरै आकाशीय पिण्डहरू मध्ये एक हो जसबारे हजारौं वर्षअघि लेखिएको यस प्रेरित वर्णन निकै सुहाउँछ: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।”—भजन १९:१. (g05 6/22

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Background: NASA, ESA and E. Karkoschka (University of Arizona); insets: NASA and The Hubble Heritage Team (STScl/AURA)