सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘किशोरकिशोरीलाई वयस्कसित कुराकानी गर्ने समय चाहिन्छ’

‘किशोरकिशोरीलाई वयस्कसित कुराकानी गर्ने समय चाहिन्छ’

‘किशोरकिशोरीलाई वयस्कसित कुराकानी गर्ने समय चाहिन्छ’

सबै आमाबाबुलाई थाह भएकै कुरा हो, बामे सर्ने बेलादेखि नै केटाकेटीहरू आमाबाबुको काखमा लुटुपुटु गर्न मन पराउँछन्‌। तिनीहरूलाई यो पनि थाह छ, आमाबाबुको यस्तो माया पाउँदा केटाकेटीहरूको चौतर्फी विकास हुन्छ। तर किशोरावस्थामा पुग्दा त्यही केटाकेटीहरू आमाबाबुले माया देखाउँदा पर-पर भाग्छन्‌। यो भनाइ क्यालिफोर्निया, अमेरिकाको ओक्ल्याण्डस्थित एउटा बाल अस्पतालका निर्देशकहरूमध्ये एक डा. बार्बरा स्टागर्जको हो। यद्यपि, छोराछोरीलाई आमाबाबुको धेरै ध्यान चाहिने उमेर त किशोरावस्था नै हो। किन?

स्टागर्जको भनाइअनुसार किशोरावस्थामा पुगेपछि त्यत्ति कडाइसाथ छोराछोरीको निगरानी गरिंदैन र यस्तो अवस्था किशोरकिशोरीहरूका लागि वास्तवमा जोखिमपूर्ण हुन्छ। टोरोन्टो स्टार खबरपत्रिकामा तिनी भन्छिन्‌: ‘किशोरावस्था आफूलाई चिन्‍ने र आफू वरपरको वातावरणमा भिज्ने समय हो। यो उमेरमा आफूले गरेको कामको परिणाम वास्ता नगर्ने झुकाव हुन्छ नै, साथै साथीहरूको दबाब पनि उत्तिकै हुन्छ। यी सबैले गर्दा किशोरावस्था निकै जोखिमपूर्ण हुन सक्छ।’ किशोरावस्थाका विभिन्‍न चरणहरू हुन्छन्‌ र यी चरणहरू उमेरले निर्धारण गर्दैन। स्टागर्जअनुसार “[किशोरावस्थालाई] सिक्ने, बुझ्ने अनि अनुभव गर्नेजस्ता विभिन्‍न चरणले छुट्याउँछ।” किशोरावस्थाको पहिलो चरण आफ्नै विषयमा मात्र सोच्ने, आफ्नो शरीरमा भइरहेको परिवर्तनबारे ज्यादै चिन्तित हुने साथै सोचविचार नगरी झट्टै कदम चालिहाल्ने बेला हो। किशोरावस्थाको बीचको चरण नयाँ-नयाँ अनुभव बटुल्ने र सिक्ने बेला हो भने किशोरावस्थाको अन्तिम चरण स्वतन्त्र हुन रुचाउने बेला हो।

हो, युवावस्था निकै रोमाञ्चकारी हुन सक्छ। तर यो उमेर किशोरकिशोरी र आमाबाबु दुवै पक्षका लागि चुनौतीपूर्ण पनि हुन सक्छ। गत २० वर्षदेखि किशोरकिशोरीहरूको उपचार गरिरहेकी स्टागर्ज भन्छिन्‌, प्रायजसो “किशोरकिशोरीहरूलाई तिनीहरूको ख्याल गर्ने वयस्कसित कुराकानी गर्ने समय चाहिएको हुन्छ।” तर यस्तो कुराकानी कसरी गर्न सकिन्छ?

खुलस्त कुराकानी गर्नुहोस्‌। त्यसकारण, किशोरावस्थामा पुगेका छोराछोरीहरूको कुरा राम्ररी सुनेर तपाईं तिनीहरूको ख्याल गर्नुहुन्छ भनी आश्‍वस्त पार्नुहोस्‌। छोराछोरीलाई तिनीहरूको भावना तथा विचार व्यक्‍त गर्न सजिलो हुने किसिमले प्रश्‍न सोध्नुहोस्‌ र तिनीहरूले गर्ने कुनै पनि गलत निर्णयको परिणाम कस्तो हुनेछ त्यो बुझ्न मदत गर्नुहोस्‌। तिनीहरूले सही निर्णय गरेर त्यसबाट राम्रा नतिजाहरू पाउँदा प्रशंसा गर्नुहोस्‌। तिनीहरूले कस्तो बेहोरा देखाउनुपर्छ, त्यो बुझ्न पनि मदत गर्नुहोस्‌।

केटाकेटीहरूलाई आफ्नो समस्या आफैले समाधान गर्न सिकाउनुपर्छ भन्‍ने आम-धारणा आमाबाबुले राखेका छन्‌ भने छोराछोरीहरू खराब मानिसहरूको प्रभावमा सजिलै पर्न सक्छन्‌। (हितोपदेश १३:२०) तथापि, बाइबलका सिद्धान्तहरू पालन गर्ने आमाबाबुहरू आफ्ना छोराछोरीहरूलाई किशोरावस्था सजिलै पार गरेर जिम्मेवार वयस्क हुन दिलोज्यानले मदत गर्छन्‌। त्यसकारण, आमाबाबुहरूले ‘बालकलाई ठीक बाटोमा लगाउन’ सिक्नै पर्छ।—हितोपदेश २२:६.

पारिवारिक आनन्दको रहस्य पुस्तकमा, किशोरकिशोरीहरूसित प्रभावकारी तरिकामा कुराकानी गर्न र तालिम दिन आवश्‍यक सुझावहरू पाइन्छ। a उक्‍त पुस्तकमा परिवारका हर उमेरका सदस्यले बाइबलबाट पाउन सक्ने व्यावहारिक सल्लाहहरू पनि दिइएको छ। (g05 10/8)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।