सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले अवश्‍यै चासो राख्नुहुन्छ!

परमेश्‍वरले अवश्‍यै चासो राख्नुहुन्छ!

परमेश्‍वरले अवश्‍यै चासो राख्नुहुन्छ!

अदनमा सुरु भएको विद्रोह समाधान गर्न परमेश्‍वरले जुन तरिका चलाउनुभयो, त्यसबाट उहाँ हामी प्रत्येकलाई असाध्यै प्रेम गर्नुहुन्छ र हाम्रो भविष्यप्रति चिन्ता लिनुहुन्छ भनेर स्पष्ट हुन्छ। परमेश्‍वरले साँच्चै हाम्रो चिन्ता लिनुहुन्छ भनी बुझ्न तल दिइएको प्रमाणलाई कृपया विचार गर्नुहोस्‌ र त्यहाँ दिइएका बाइबल पदहरू आफ्नो बाइबल खोलेर पढ्‌नुहोस्‌।

❖ उहाँले हामीलाई प्राकृतिक सौन्दर्यले भरिएको, आकर्षक पशु-प्राणीहरूले भरिभराउ र प्रशस्त उब्जनी हुने पृथ्वी दिनुभएको छ।—प्रेरित १४:१७; रोमी १:२०.

❖ उहाँले हामीलाई दिनदिनै आनन्द उठाउन सक्ने अद्‌भुत शरीर दिनुभएको छ। जस्तै: स्वदिष्ठ खानेकुरा खाँदा, सूर्योदयको मनोरम दृश्‍य हेर्दा, स-साना बालबालिका हाँसेको सुन्दा र प्रियजनको कोमल स्पर्श पाउँदा हामी आनन्द महसुस गर्छौं।—भजन १३९:१४.

❖ उहाँले हामीलाई समस्या र दबाबहरू सामना गर्न बुद्धिमानी डोऱ्‍याइ दिनुहुन्छ।—भजन १९:७, ८; ११९:१०५; यशैया ४८:१७, १८.

❖ उहाँले हामीलाई अद्‌भुत आशा दिनुहुन्छ जसमा पार्थिव प्रमोदवनमा बस्न पाउने प्रत्याशा र प्रिय मृतजनहरू ब्यूँत्याइएको हेर्न पाउने कुरा समावेश छन्‌।—लूका २३:४३, NW; यूहन्‍ना ५:२८, २९.

❖ हामीले सधैंभरि बाँच्ने आशा पाउन सकून्‌ भनी उहाँले आफ्ना एकलौटो पुत्र मर्न पृथ्वीमा पठाउनुभयो।—यूहन्‍ना ३:१६.

❖ उहाँले स्वर्गमा मसीही राज्य स्थापित गर्नुभएको छ र त्यस राज्यले अब चाँडै पृथ्वीमाथि पूर्ण नियन्त्रण जमाउनेछ भनेर प्रशस्त प्रमाण पनि दिनुभएको छ।—यशैया ९:६, ७; मत्ती २४:३, ४, ७; प्रकाश ११:१५; १२:१०.

❖ उहाँले हामीलाई प्रार्थनामा कुरा गर्न, आफ्नो मनको कुरा पोखाउन निमन्त्रणा दिनुहुन्छ र त्यसो गर्दा उहाँले त्यो सुन्‍नु पनि हुन्छ।—भजन ६२:८; १ यूहन्‍ना ५:१४, १५.

❖ उहाँ मानिसजातिलाई असाध्यै प्रेम गर्नुहुन्छ र तिनीहरूको चिन्ता गर्नुहुन्छ भनेर बारम्बार आश्‍वासन दिनुहुन्छ।—१ यूहन्‍ना ४:९, १०, १९. (g 11/06)