सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उनीहरूको विवाह जोगियो

उनीहरूको विवाह जोगियो

उनीहरूको विवाह जोगियो

दक्षिण अफ्रिकाको कुरा हो, बेल्ला नाउँ गरेकी एउटी कामदारको वैवाहिक जीवनमा समस्या भइरहेको उनकी मालिक्नीले थाह पाइन्‌। त्यसैले उक्‍त मालिक्नीले तान्दी नाउँकी यहोवाको साक्षीलाई बेल्लासित कुरा गर्न भनिन्‌। बेल्लाले आफ्नो श्रीमान्‌सित छोडपत्र गर्ने विचार गरेकी रहिछन्‌ भनेर तान्दीले थाह पाइन्‌।

तान्दीले बेल्लालाई पारिवारिक आनन्दको रहस्य भन्‍ने किताबको दुई प्रति दिइन्‌ अनि एउटा किताब उनको श्रीमान्‌लाई दिनू भनी प्रोत्साहन दिइन्‌। बेल्लाले त्यसै गरिन्‌। बेल्लाको श्रीमान्‌ले त्यो किताब पढिरहेको अनि उनीहरूको पारिवारिक जीवनमा केही सुधार आएको कुरा तान्दीले एक हप्तापछि थाह पाइन्‌। प्रार्थना र पारिवारिक आनन्द किताबमार्फत भगवानले उनीहरूको विवाहलाई जोगाएको कुरा बेल्लाले तान्दीलाई तीन महिनापछि बताइन्‌। तर कुरा त्यति मात्र होइन।

यो कुरा बेल्लाको मालिक्नीले थाह पाएपछि आफ्ना कामदारहरू सबैलाई त्यो किताब लिने सुझाव दिइन्‌। पछि, १९२ पाना भएको यो पारिवारिक आनन्द किताबको १०० वटाभन्दा बढी प्रति उक्‍त कम्पनीको सबै कामदारलाई दिइयो। यस किताबमा भएका केही उपयोगी विषयहरू यस्ता छन्‌, “विवाह टुट्‌नै लागेको छ भने,” “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌” र “आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌।”

तल दिइएको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गरेर पारिवारिक आनन्दको रहस्य किताबबारे थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। (g 2/07)

◻ म पारिवारिक आनन्दको रहस्य किताबबारे थप जानकारी चाहन्छु।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।