प्वाँख अचम्मको डिजाइन
प्वाँख अचम्मको डिजाइन
हावालाई पखेटाले तलतिर ठेल्दै सिगल नाउँले चिनिने एक प्रकारको समुद्री चरा आकाशमा माथि-माथि कावा खान्छ। माथि पुगिसकेपछि भने, कुनै मेहनत नै गर्न नपरेको जस्तो गरी घुम्दै अझ माथि जान्छ। हो कि होइन जस्तो गरी पखेटा र पुच्छर अलिअलि मात्र चलाएर हावामा टक्क अडिन्छ। एकदमै सजिलो अनि कुनै मेहनतै नपर्ने जस्तो देखिने गरी कसरी उड्न सकेका होलान्? यसो गर्न सक्नुमा यसका प्वाँखहरूको ठूलो हात छ।
अहिले प्वाँख भएको जीव भनेको चराहरू मात्रै हुन्। धेरैजसो चरामा एकभन्दा बढी किसिमका प्वाँखहरू हुन्छन्। हामीले बाहिरबाट झट्टै देखिहाल्ने चाहिं कन्टोर फेदर हुन्। यसले गर्दा चराको बनोट चिल्लो देखिनुका साथै हावामा उड्न सक्ने एरोडाइनामिक आकारको हुन्छ। पखेटा र पुच्छरमा कन्टोर फेदर हुन्छन् र यी उड्नको लागि अत्यावश्यक हुन्छन्। यस्तो प्वाँख हमिङबर्ड भनिने चराको १,००० भन्दा कम तर स्वान हाँसको भने २५,००० भन्दा बढी हुन्छ।
प्वाँखको डिजाइन साँच्चै अचम्मको हुन्छ। प्वाँखको बीचमा हुने डाँठजस्तो भागलाई राचिस भनिन्छ। यो लचिलो र एकदमै बलियो हुन्छ। राचिसको दायाँ बायाँ एक अर्कासित जोडिएको बार्बका लहर हुन्छन् र यी बार्बहरू मिलेर राचिसको दुवैपट्टि भेन बन्छ। सयौं स-साना बार्बुल मिलेर बार्ब जोडिन्छ र एउटा बार्बुल अर्को बार्बुलसँग अड्किएर जिपरजस्तो बन्छ। बार्बुल एकअर्काबाट छुट्टियो भने चराले आफ्नो चुच्चोले ठुंगेर मिलाइहाल्छ। हामीले नमिलेको प्वाँखलाई औंलाको बीचमा चेपेर बिस्तारै तान्दा पनि चट्ट मिल्छ।
उड्नको लागि चाहिने प्वाँखको दुइपट्टिको भेन बराबर हुँदैन र भेनको फेदभन्दा टुप्पोतिर साँघुरो हुन्छ। प्रत्येक प्वाँखको डिजाइनले उड्न सजिलो बनाउँछ। यसकारण एउटा प्वाँखले पनि एउटा सानो पखेटाको जस्तो काम गरिरहेको हुन्छ। साथै, उड्नको लागि प्रयोग गरिने ठूलो प्वाँखलाई नियालेर हेर्नुभयो भने राचिसको मुनि खोपिल्टा परेको देख्नुहुनेछ। यस्तो सरल डिजाइनले राचिसलाई बलियो बनाउँछ जसले गर्दा बँग्याउँदा र घुमाउँदा पनि भाँचिदैन।
प्वाँखको विभिन्न काम
धेरैजसो चराको कन्टोर फेदरसँगसँगै लामो र मसिनो खालको फिलोप्लुम र पाउडर फेदर हुन्छन्। भनिन्छ, फिलोप्लुमको जरामा हुने सेन्सरले गर्दा हावाको गतिमा भएको कुनै पनि हेरफेर चाल पाइहाल्छ अनि चरालाई आफ्नो गति तय गर्न समेत मदत गर्न सक्छ। पाउडर फेदर सधैं बढिरहने र कहिल्यै नझर्ने प्रकारको हुन्छ। यसका बार्बहरू मसिनो धूलोमा टुक्रिन्छन् र यसैले गर्दा चराका प्वाँखहरू पानी नछेड्ने वाटरप्रुफ भएका हुन् भनिन्छ।
डाउन भनिन्छ। यो १.७ सेन्टिमिटरजति बाक्लो हुन्छ र हाँसको लगभग पूरै शरीर ढाकेको हुन्छ। यसप्रकारको डाउनले एकदमै राम्रो इन्सुलेटरको काम गर्छ। यो जत्तिको राम्रो डाउन मानिसले अहिलेसम्म बनाउन सकेको छैन।
प्वाँखले गर्ने विभिन्न कामको अलावा यसले चरालाई चिसो, तातो र अल्ट्राभायलेट किरणबाट जोगाउँछ। उदाहरणका लागि, समुद्री हाँसहरू अत्यन्तै चिसो बतास चल्दा समेत बाँच्न सक्छन्। तर कसरी? भित्र छेड्नै नसकिएला जस्तो देखिने कन्टोर फेदरको मुनि नरम र भुवाजस्तै प्वाँखको पत्र हुन्छ जसलाईसमय बित्दै जाँदा प्वाँखहरू काम नलाग्ने हुन्छन्। त्यसैले पुरानो प्वाँख झर्ने र नयाँ प्वाँख उम्रने क्रम चलिरहन्छ। प्रायजसो चराको पखेटा र पुच्छरको प्वाँख नियमित तवरमा र समयअनुसार झर्ने र नयाँ उम्रने गर्छ। यसो हुँदा चरा सधैं उड्न सक्छ।
“गुनासो गर्ने ठाउँ नै छैन”
अहिलेका सुरक्षित हवाईजहाज निकै मेहनत गरेर डिजाइन गरिएका हुन्छन्, इन्जिनियरीङको पक्षबाट पनि असाध्यै ध्यान पुऱ्याउनुका साथै निपुण व्यक्तिहरूले आफ्नो पसिना बगाएका हुन्छन्। त्यसो भए चरा र त्यसको प्वाँख नि? फसिलको प्रमाण नभेटिएको हुँदा प्वाँखको उत्पत्ति कसरी भयो भन्ने विषयमा क्रम-विकासका पक्षधरहरूबीच चर्को विवाद चलिरहेको छ। साइन्स न्युज भन्ने पत्रिकाले बताएअनुसार यस विवादमा “कट्टरपन्थीहरूको आक्रोश,” “एकअर्कालाई जथाभावी नाउँले बोलाउने” र “फसिल विशेषज्ञहरूको आवेग” जस्ता कुराहरू हावी भएको देखिन्छ। क्रम-विकाससम्बन्धी जीवशास्त्री जसले प्वाँखको विकासबारे एउटा गोष्ठी आयोजना गरेका थिए, तिनले यसरी मानिलिए: “विज्ञानसम्बन्धी छलफलको विषयले यतिबिघ्न आरोप-प्रत्यारोप र वैरभाव सृजना गर्ला भनेर मैले कल्पना समेत गरेको थिइनँ।” प्वाँखहरू साँच्चै क्रम-विकासको परिणाम हुँदो हो त यससम्बन्धी छलफल किन यतिबिघ्न घृणाले भरिन्थ्यो होला र?
“प्वाँखको विषयमा गुनासो गर्ने ठाउँ नै छैन—यही त भो समस्या” भनी येल विश्वविद्यालयबाट प्रकाशित चरासम्बन्धी एउटा पुस्तक (म्यानुअल अफ अर्निथोलोजी—एभियन स्ट्रक्चर एण्ड फंक्सन) बताउँछ। प्वाँखहरूले थप छाँटकाँटको खाँचो परेको संकेत कहिल्यै दिएका छैनन्। वास्तवमा, “अहिलेसम्म भेटिएको अति पुराना फसिलहरू र अहिले आकाशमा उडिरहेका चराहरूको प्वाँखमा खासै भिन्नता देखिंदैन। उहिले र अहिलेको प्वाँखमा कुनै फरक छैन।” a तैपनि क्रम-विकासको सिद्धान्तले भने प्वाँख, छाला नै क्रमिक रूपमा विकास भएर एकपछि अर्को रूपमा परिवर्तन भएर बनेको अङ्ग हो भनेर सिकाउँछ। साथै, “परिवर्तनका प्रत्येक चरणमा प्वाँखहरूको उपयोगिता अझ बढ्दै गएको भए मात्र क्रमिक विकास भएको हुनुपर्छ भन्न सकिनेथियो” भनी यस किताब बताउँछ।
सरल भाषामा भन्ने हो भने, क्रम-विकासको सिद्धान्तअनुसार प्वाँखको उत्पत्ति भएको हुन सक्दैन। किनभने एकपछि अर्को परिवर्तनको क्रमअनुसार हरेक चरणमा प्वाँखको संरचनामा जे-जति परिवर्तन भयो, त्यसले चरालाई प्रतिकूल वातावरणमा पनि बाँच्न मदत गरेको हुनुपर्थ्यो। प्वाँखजस्तो जटिल र यति राम्ररी काम गर्ने भाग यसरी विकास भयो होला भन्नु त असम्भव हो भन्ने क्रम-विकासका थुप्रै पक्षधरहरूको सोचाइ छ।
साथै, लामो समयको दौडान क्रमिक रूपले प्वाँखको विकास भएको हो भने फसिलको रेकर्डमा पनि बीच-बीचका रूपहरू भेटिनु पर्ने हो। यस्तो त एउटै भेटिएको छैन। भेटिएजति सबै नै पूर्ण विकसित प्वाँखहरू मात्र छन्। माथि उल्लिखित चरासम्बन्धी म्यानुअल भन्छ, “प्वाँखको संरचना अत्यन्तै जटिल भएको हुँदा क्रम-विकासको सिद्धान्तले यसलाई बुझाउनै सकेको छैन।”
उड्नको लागि प्वाँख मात्र भएर पुग्दैन
क्रम-विकासका पक्षधरहरूले सुल्झाउनै नसकेको थुप्रै पक्षमध्ये प्वाँखको जटिल संरचना त एउटा पक्ष मात्रै हो किनभने चराको सबै अङ्ग नै उड्नको लागि चाहिने गरी डिजाइन गरिएको छ। जस्तै, चराका हड्डीहरू हलुका र खोक्रो किसिमका हुन्छन्, यसको श्वास-प्रश्वास प्रणाली एकदमै प्रभावकारी अनि मांसपेशीहरू विशेष प्रकारका हुन्छन् जसले गर्दा पखेटा फट्फटाउन र यसलाई आफूले चाहेअनुसार चलाउन सक्छन्। प्रत्येक प्वाँखलाई नियन्त्रण गर्ने मांसपेशीहरू पनि हुन्छन्। अनि प्रत्येक मांसपेशीलाई चराको सानो तर अचम्मको दिमागसित जोड्ने नसाहरू हुन्छन्। यी विभिन्न प्रणालीलाई एकैचोटि, स्वचालित ढंगले अनि ठ्याक्क मिल्ने गरी परिचालन गर्न चराको दिमाग पहिल्यै प्रोग्राम गरिएको हुन्छ। यसकारण चरा उड्नको लागि प्वाँख मात्र होइन तर यस्ता अद्भुत जटिल संरचना आवश्यक हुन्छ।
यो कुरा पनि नबिर्सनुहोस्, एउटा सानो कोषबाट सुरु भएर सिंगो चरा बन्छ। यो सानो कोषमा यसको विकास र जन्मजात स्वभावलाई चाहिने सम्पूर्ण निर्देशनहरू हुन्छन् जसले गर्दा चरा एक दिन उड्न थाल्छ। के यो एकपछि अर्को गर्दै संयोगवश भएका उपयोगी घटनाहरूको उपज हुन सक्छ? अथवा अति सरल जवाफ नै सबैभन्दा तार्किक र वैज्ञानिक जवाफ पनि हो कि? त्यो हो—चरा र यसका प्वाँखहरूले अत्यन्तै बुद्धिमान् सृष्टिकर्ताको संकेत दिन्छ। प्रमाण आफै बोल्छ।—रोमी १:२०. (g 7/07)
[फुटनोट]
a उहिलेको प्वाँख हेर्न आर्कियोप्टेरिक्सको प्वाँखको फसिल लिइएको थियो। यो प्राणी लोप भइसकेको छ। यसलाई कहिलेकाहीं अहिलेको चराको पुर्खासम्म पुग्नको लागि आवश्यक “मिसिङ लिंक” भन्ने गरिन्थ्यो। तर हिजोआज प्रायजसो फसिल विशेषज्ञहरू यसलाई अहिलेका चराहरूको पुर्खाको रूपमा मानिलिंदैनन्।
[पृष्ठ २४-मा भएको पेटी/चित्र]
जाली “प्रमाण”
चराहरू अरू प्राणीबाट क्रमिक रूपमा विकास हुँदै बनेका जीव हुन् भनी कुनै समय ठोस प्रमाण ठानिएको फसिल “प्रमाण” अहिले आएर भने जाली साबित भएको छ। उदाहरणका लागि, सन् १९९९ मा नेसनल जियोग्राफिक पत्रिकामा प्वाँख भएको तर पुच्छरचाहिं डाइनोसरको जस्तो भएको जीवको फसिलबारे एउटा लेख छापिएको थियो। यस पत्रिकाले उक्त जीवलाई “डाइनोसर र चराहरूबीचको जटिल सम्बन्ध देखाउने साँचो मिसिङ लिंक” भनेको थियो। तर यो फसिल झूटो साबित भयो। यो त दुइटा भिन्दाभिन्दै जीवलाई मिलाएर पो बनाएको रहेछ। वास्तवमा यस्तो “मिसिङ लिंक” अहिलेसम्म भेटिएको छैन।
[स्रोत]
O. Louis Mazzatenta/National Geographic Image Collection
[पृष्ठ २५-मा भएको पेटी]
चराको आँखाबाट
चहकिलो र रंगीचंगी प्वाँख देख्दा मानिसहरू अक्सर मोहित हुने गर्छन्। तर एउटा चराको प्वाँख अर्को चरालाई अझ आकर्षक लाग्न सक्छ। कुनै-कुनै चराको आँखामा, विभिन्न प्रकारको रङ पत्ता लगाउने सोली आकारका चार प्रकारका कोष हुन्छन्। जबकि मानिससित यस्ता कोष तीन प्रकारका मात्र हुन्छन्। चरामा हुने यस थप सुविधाले गर्दा अल्ट्राभायलेट किरणसमेत पत्ता लगाउन सक्छन् तर मानिसले भने सक्दैन। कुनै-कुनै चराका भाले र पोथी मानिसलाई उस्तै-उस्तै लाग्छ तर भाले र पोथीका प्वाँखले अल्ट्राभायलेट किरण फरक किसिमले प्रतिबिम्बित गर्छन्। चराहरूले यस्तो भिन्नता पत्ता लगाउन सक्छन्। यसले तिनीहरूलाई आफ्नो जोडी खोज्न पनि मदत गर्छ।
[पृष्ठ २३-मा भएको रेखाचित्र]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
बार्ब
बार्बुल
राचिस
[पृष्ठ २४-मा भएको चित्र]
कन्टोर फेदर
[पृष्ठ २४-मा भएको चित्र]
फिलोप्लुम
[पृष्ठ २५-मा भएको चित्र]
पाउडर फेदर
[पृष्ठ २५-मा भएको चित्र]
डाउन फेदर
[पृष्ठ २५-मा भएको चित्र]
ग्यानेट