सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसजातिलाई किन सहायक चाहिन्छ

मानिसजातिलाई किन सहायक चाहिन्छ

मानिसजातिलाई किन सहायक चाहिन्छ

‘म निन्दा, खेदो र हानि गर्ने थिएँ’ भनी एक जना व्यक्‍तिले स्वीकारे। तिनी पहिले घमण्डी र क्रूर थिए। तिनी निर्दयी भई येशू ख्रीष्टका ईश्‍वरभीरु अनुयायीहरूलाई सताउने क्रूर निन्दक थिए। तापनि तिनी “कृपा-पात्र” भएकोमा कृतज्ञ थिए। अपत्यारिलो जस्तो लाग्छ तर यस उग्र विरोधी पछि गएर विश्‍वासी मसीही प्रेरित पावल भए।—१ तिमोथी १:१२-१६; प्रेरित ९:१-१९.

सबैले पावलले गरेका जस्तै सबै कुरा गरेका छैनन्‌। तैपनि, हामी सबै परमेश्‍वरका स्तरहरू पालन गर्न चुक्छौं। किन? किनभने “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३) यसबाहेक, आफू परमेश्‍वरको कृपा पाउने योग्यको छैन जस्तो लागेर अत्यन्तै दिक्क हुन पनि धेरै बेर लाग्दैन। आफ्नो पापी झुकाउबारे विचार गर्दै पावलले यसो भने: “हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?” आफ्नो प्रश्‍नको जवाफ दिंदै तिनले फेरि यसो भने: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌।”—रोमी ७:२४, २५.

धर्मी सृष्टिकर्ताले पनि पापीहरूसित व्यवहार गर्नुहोला र? (भजन ५:४) पावलले भनेका शब्दहरू याद गर्नुहोस्‌: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌।” परमेश्‍वरको कृपा पाउने अर्को व्यक्‍तिले यसरी लेखे: “कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।”—१ यूहन्‍ना २:१, २.

किन येशू ख्रीष्टलाई “पितासँग हाम्रा एक सहायक” भनिएको? अनि येशू कसरी हाम्रो पापको निम्ति “प्रायश्‍चित” हुनुहुन्छ?

किन सहायक चाहिएको

येशू “धेरैको उद्धारको निम्ति आफ्नो प्राण [छुडौती] दिनालाई” पृथ्वीमा आउनुभएको हो। (मत्ती २०:२८) छुडौतीको अर्थ गुमाएको कुरा फेरि किन्‍न वा फिर्ता ल्याउन वा कसैलाई वा कुनै चीजलाई बन्धनबाट मुक्‍त गर्न तिरिने मोल हो। “छुडौती” अर्थ बुझाउने युनानी क्रियाले पापहरू ढाक्ने वा प्रायश्‍चित्त गर्ने बुझाउँछ। (भजन ७८:३८) मत्ती २०:२८ मा प्रयोग गरिएको युनानी शब्दले विशेष गरी युद्धका कैदी वा दासहरूलाई छुटाउन तिरिने मोललाई बुझाउँछ। न्यायको नियम पूरा गर्न एउटा कुराको बदलामा त्यो बराबरको मोलको अर्को कुरा दिइन्छ।

प्रथम मानिसले परमेश्‍वर विरुद्ध विद्रोह गरेको कारण मानिसजाति पापको दासत्वमा परेको हो। उत्पत्ति अध्याय ३ मा देखाइएझैं सिद्ध मानिस आदमले यहोवा परमेश्‍वरप्रति अनाज्ञाकारी हुने बाटो रोजे। त्यसो गर्दा तिनले आफू र आफ्ना भावी सन्ततिलाई पाप र मृत्युको दासत्वमा बेचे। यसरी तिनले आफू र आफ्नो सन्ततिले पाएको सिद्ध मानव शरीरको वरदान गुमाए।—रोमी ५:१२, १८, १९; ७:१४.

पुरातन इस्राएलमा परमेश्‍वरले मानिसहरूको पाप प्रायश्‍चित्तको निम्ति पशु बलि चढाउने प्रबन्ध मिलाउनुभयो। (लेवी १:४; ४:२०, ३५) भनौं भने, पापीको बदलामा पशुको बलि चढाइन्थ्यो। (लेवी १७:११) त्यसकारण, “प्रायश्‍चितको दिन” भनेको “छुडौतीको दिन” पनि हो।—लेवी २३:२६-२८.

तथापि, पशु मानिसभन्दा तुच्छ भएकोले “साँढ़ेहरू र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ।” (हिब्रू १०:१-४) आदमले गुमाएको चीज पुनः प्राप्त गर्न र सधैंको लागि पाप हटाउन त्यति नै मूल्य बराबरको बलिदान चढाउनुपर्छ। अदालतको तराजुलाई निष्पक्ष गर्न सिद्ध मानिसले (आदम) गुमाएको बदलामा अर्को सिद्ध मानिसले (येशू ख्रीष्ट) त्यति नै मूल्य तिर्नुपर्थ्यो। सिद्ध मानव शरीरले मात्र आदमको सन्तानलाई तिनीहरूको प्रथम पिताले बेचेको दासत्वबाट मुक्‍त गर्न सक्नेथियो। अर्थात्‌ “प्राणको सट्टा प्राण” तिरेर मात्र साँचो न्याय दिन सकिन्छ।—प्रस्थान २१:२३-२५.

आदमले पाप गरेर मृत्युको सजाय पाउँदा तिनको सन्तान अझै जन्मिसकेका थिएनन्‌। त्यसैकारण तिनी सँगसँगै मर्ने भए। “पछिल्लो आदम” अर्थात्‌ सिद्ध मानिस येशूले स्वेच्छापूर्वक घरजम गर्नुभएन। (१ कोरिन्थी १५:४५) उहाँ सिद्ध मानव बलिदानको रूपमा मर्नु हुँदा उहाँका सन्तानहरू थिएनन्‌। तसर्थ, अस्तित्वमा आउनसक्ने मानवजाति उहाँसँगसँगै मऱ्‍यो भन्‍न सकिन्छ। येशूले आदमको पापी, मरणशील परिवारलाई आफ्नै परिवार ठान्‍नुभयो। आफ्नै परिवार बसाल्ने अधिकारलाई उहाँले त्याग्नुभयो। आफ्नो सिद्ध मानव शरीर बलिदान दिनुभएर येशूले आदमका सबै सन्तानलाई फेरि किन्‍नुभयो र यसले गर्दा तिनीहरू उहाँको आफ्नो परिवार बन्‍नसके र तिनीहरूले उहाँलाई आफ्नो “सनातनका पिता” बनाए।—यशैया ९:६, ७.

येशूको छुडौतीको बलिदानले गर्दा आज्ञाकारी मानिसजातिले परमेश्‍वरको कृपा र अनन्त जीवन पाउनसक्ने भयो। अतः प्रेरित पावलले यस्तो लेखे: “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) यहोवाले आफू र आफ्नो प्रिय पुत्र येशूले ठूलो मोल चुकाउनुभएर छुडौतीको प्रबन्ध गरिदिनुभएकोमा हामीले उहाँको प्रेम र अनुकम्पाको जतिसुकै प्रशंसा गरे पनि अपुग नै हुनेछ। (यूहन्‍ना ३:१६) अनि येशूले पुनरुत्थानपछि स्वर्गमा परमेश्‍वरसमक्ष छुडौतीको बलिदानको मोल प्रस्तुत गर्नुहुँदा पक्कै पनि “पितासँग हाम्रा एक सहायक” प्रमाणित हुनुभयो। a (हिब्रू ९:११, १२, २४; १ पत्रुस ३:१८) तर अहिले येशू नै स्वर्गमा हाम्रो सहायक कसरी हुनुभएको छ त?

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित ज्ञान—जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको अध्याय ४ र ७ हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

येशूको सिद्ध मानव शरीर आदमका सन्तानको निम्ति छुडौतीको मोल भयो