सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? दिनुभएको छ भने, निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:

कुन कुराले गर्दा कोरियामा क्रिसमस भित्र्याउन सजिलो भयो?

कोरिया र अन्य केही मुलुकहरूको एउटा पुरानो विश्‍वासअनुसार भान्सा घरको देवता हुन्थ्यो अनि तिनी डिसेम्बर महिनामा उपहारहरू लिएर चिम्नीबाट आउछन्‌ भन्ठानिन्थ्यो। यसबाहेक, दोस्रो विश्‍व युद्धपछि सं.रा.-का सिपाहीहरूले स्थानीय चर्चहरूमा उपहार र उद्धार सामग्रीहरू दिन्थे।—१२/१५, पृष्ठ ४, ५.

यशैया २१:८ को पूर्तिमा परमेश्‍वरले हाम्रो समयमा कस्तो “पहरादार”-को प्रबन्ध गर्नुभएको छ?

पहरादार वर्गको रूपमा सेवारत आत्मअभिषिक्‍त मसीहीहरूले बाइबल भविष्यवाणी पूरा गर्ने संसारका घटनाहरूको अर्थबारे मानिसहरूलाई सजग गराएका छन्‌। तिनीहरूले बाइबल विद्यार्थीहरूलाई गैरशास्त्रीय सिद्धान्त र कार्यहरू चिनेर त्यसबाट अलग रहन मदत पनि गरेका छन्‌।—१/१ पृष्ठ ८, ९.

“पोलिस ब्रेथेन” को थिए?

तिनीहरू १६ औं र १७ औं शताब्दीका पोल्याण्डका सानो धार्मिक समूह थिए जसले बाइबलअनुरूप चल्ने प्रोत्साहन दिए। त्यसैकारण, तिनीहरूले त्रिएक, शिशु बप्तिस्मा र नरकको आगोजस्ता चर्चका सिद्धान्तहरू स्वीकारेनन्‌। समयको दौडान, तिनीहरूलाई असाध्यै सताइयो र जबरजस्ती अन्य मुलुकहरूमा खेदियो।—१/१, पृष्ठ २१-३.

भविष्यवाणी गर्ने विशेषज्ञ अथवा ज्योतिषीहरूले गरेका भविष्यवाणीहरूभन्दा बाइबलका भविष्यवाणीहरू किन भरोसायोग्य छन्‌?

मानव भविष्यवक्‍ता भनौंदाहरू अविश्‍वसनीय र असफल साबित भएका छन्‌। किनकि, तिनीहरूले यहोवा र बाइबलको वास्ता गर्दैनन्‌। बाइबलका भविष्यवाणीहरूले मात्र तपाईं र तपाईंको परिवारलाई अनन्त लाभ दिंदै परमेश्‍वरको उद्देश्‍यसित घटनाहरूको के सम्बन्ध छ भनेर बुझ्न मदत गर्छन्‌।—१/१५, पृष्ठ ३.

हामी आखिरी दिनमा बाँचिरहेका छौं भनी प्रमाणित गर्ने केही प्रमाणहरू के हुन्‌?

हामीले शैतानलाई स्वर्गबाट निकालिएको परिणामस्वरूप भइरहेका घटनाहरू देख्नसक्छौं। (प्रकाश १२:९) हामी प्रकाश १७:९-११ मा उल्लेख गरिएको अन्तिम “राजा[को]” समयमा बाँचिरहेका छौं। साँचो अभिषिक्‍त मसीहीहरूको संख्या धमाधम घट्‌दै गएको छ, यद्यपि, महासंकष्ट सुरु हुँदा तिनीहरूमध्ये कोही कोही यस पृथ्वीमा रहिरहनेछन्‌।—१/१५, पृष्ठ १२, १३.

हबकूकको पुस्तक कहिले लेखिएको थियो अनि किन हामीले त्यसमा चासो राख्नुपर्छ?

बाइबलको यो पुस्तक लगभग सा.यु.पू. ६२८ मा लेखिएको थियो। त्यसमा यहोवाले पुरातन यहूदा र बेबिलोनलाई दिनुभएको न्यायदण्डबारे वर्णन गरिएको छ। साथै, त्यसले वर्तमान समयका दुष्ट रीतिरिवाजमाथि चाँडै आउन लागेको ईश्‍वरीय न्यायबारे पनि बताउँछ।—२/१, पृष्ठ ८.

सुयोग्य पत्नीहरूको लागि आमाले दिएको बुद्धिमानी सल्लाह हामी बाइबलमा कहाँ पाउँछौं?

यस्तो सल्लाहको अत्युत्तम स्रोत हितोपदेश पुस्तकको अन्तिम अध्याय अर्थात्‌ ३१ अध्याय हो।—२/१, पृष्ठ ३०, ३१.

यहोवाले हाम्रो निम्ति “ख्रीष्टको मन” प्रकट गरिदिनुभएकोमा हामी किन कृतज्ञ हुनसक्छौं? (१ कोरिन्थी २:१६)

सुसमाचारका पुस्तकहरू मार्फत यहोवाले येशूको विचार, भावना, क्रियाकलाप र प्राथमिकताहरू सिक्न मदत गरेको छ। यसले हामीलाई विशेष गरी जीवन बचाउने प्रचारकार्यमा येशू जस्तै मेहनती हुन मदत गर्नसक्छ।—२/१५, पृष्ठ २५.

के अहिले परमेश्‍वरले प्रार्थनाको जवाफ दिनुहुन्छ?

हो, दिनुहुन्छ। परमेश्‍वरले सबै प्रार्थनाको जवाफ दिनुहुन्‍न भनेर बाइबलले देखाए तापनि आधुनिक समयका अनुभवहरूले साबित गरेअनुसार वैवाहिक समस्याजस्ता अरू विषयहरूको समाधान गर्न सान्त्वना र मदतको लागि प्रार्थना गर्ने मानिसहरूलाई उहाँले अक्सर जवाफ दिनुभएको छ।—३/१, पृष्ठ ३-७.

परमेश्‍वरको शक्‍ति पाउन हामीले के गर्नसक्छौं?

हामीले यसको लागि प्रार्थना गर्नुपर्छ, आध्यात्मिक शक्‍तिको लागि बाइबल पढ्‌नुपर्छ अनि मसीही संगतिबाट बलियो हुनुपर्छ।—३/१, पृष्ठ १५, १६.

आमाबाबुले आफ्ना बच्चाहरूलाई मसीही सभाहरूबाट अझ बढी लाभ उठाउन कसरी मदत गर्नसक्छन्‌?

तिनीहरूले आफ्ना बच्चाहरू जागा रहून्‌ भनेर सभाअघि केही समय सुताउन सक्छन्‌। बच्चाहरूलाई “टिपोट” लिन सिकाउँछन्‌। जस्तै, चिरपरिचित शब्दहरू हरेक चोटि सुन्दा कागतमा धर्सो कोरेर।—३/१५, पृष्ठ १७, १८.

अय्यूबको उदाहरणबाट हामीले के के सिक्नसक्छौं?

अय्यूबले परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई पहिलो स्थानमा राखे, सँगी मानवहरूसित न्यायी व्यवहार गर्थे, तिनी आफ्नी पत्नीप्रति वफादार रहन प्रयत्नशील रहे, आफ्नो परिवारको आध्यात्मिकताको ख्याल राखे अनि परीक्षा आइपर्दा वफादार भई सहे।—३/१५, पृष्ठ २५-७.

के बाइबलमा अर्कै अर्थबारे ज्ञान दिने गुप्त सन्देश छ?

अहँ, पटक्कै छैन। गुप्त सन्देशहरूबारे यो धारणा अन्य पुस्तकहरूमा पनि प्रयोग गर्न सकिन्छ। बाइबलका यी सन्देशहरू हिब्रू लेखोटहरूको अक्षरहरूमा हुनसक्ने भिन्‍नताले गर्दा अर्थ न बर्थको भन्‍न सकिन्छ।—४/१, पृष्ठ ३०, ३१.