सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गिलियडको १०८ औं कक्षाले पवित्र सेवा चढाउन आग्रह गऱ्‍यो

गिलियडको १०८ औं कक्षाले पवित्र सेवा चढाउन आग्रह गऱ्‍यो

गिलियडको १०८ औं कक्षाले पवित्र सेवा चढाउन आग्रह गऱ्‍यो

बाइबलमा परमेश्‍वरको उपासनालाई प्रायजसो ‘पवित्र सेवा’ भनेर सम्बोधन गरेको पाइन्छ। यो परमेश्‍वरलाई चढाइने सेवा बुझाउने युनानी शब्दबाट लिइएको हो। (रोमी ९:४) वाचटावर बाइबल स्कूल अफ गिलियडको १०८ औं कक्षाको स्नातक कार्यक्रममा ५,५६२ जना उपस्थित थिए। तिनीहरूले पनि यहोवा परमेश्‍वरलाई पवित्र सेवा चढाउन मदत गर्न वक्‍ताहरूले स्नातकहरूलाई दिएका व्यवहारिक सुझाउहरूले भरिएका भाषणहरू सुने। a

यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य थिओडोर जारासले कार्यक्रमको अध्यक्षता गरेका थिए। “हाम्रो पिताको नाउँ” शीर्षकको गीत संख्या ५२ गाएर कार्यक्रम सुरु गरियो। उक्‍त गीतको दोस्रो पंक्‍तिले यसो भन्छ: “हामी तपाईंको अतुलनीय नाउँको प्रशंसा गर्ने बाटो खोज्छौं।” यस गीतले (दसवटा देशबाट आएका) स्नातक कक्षाका विद्यार्थीहरूको हार्दिक चाहना व्यक्‍त गऱ्‍यो, जो १७ वटा मुलुकमध्ये आफूले पाउनसक्ने ठाउँको मिसनरी कार्यमा आफूले पाएको प्रशिक्षण प्रयोग गर्न उत्सुक छन्‌।

भाषणको सुरुमा भाइ जारासले विदेशी भूमिमा सेवा गर्न तयार पार्ने पाँच महिने लामो लगनशील बाइबल अध्ययनमा ध्यान आकर्षित गराए। यसले विद्यार्थीहरूलाई “सबै कुराको जाँच” गर्न अर्थात्‌ आफूले पहिल्यै सिकेका एक एक कुरा परमेश्‍वरको ज्योतिमनि केलाउँदै “जुन असल छ, त्यसैमा” लागिरहन मदत गऱ्‍यो। (१ थिस्सलोनिकी ५:२१) वक्‍ताले विद्यार्थीहरूलाई यहोवा, उहाँको वचन र आफूले प्रशिक्षण पाएको जिम्मेवारीहरूबाट कहिल्यै पछि नहट्‌ने प्रोत्साहन दिए। यी सबै गरिरहन तिनीहरूलाई केले मदत गर्नेछ त?

पवित्र सेवा चढाउन व्यवहारिक सल्लाह

बेथेल अपरेशन कमिटीका सदस्य लन सिलिङले “के तपाईं व्यवहारिकताको परिक्षामा सफल हुनुहुनेछ?” भन्‍ने विषयमा भाषण दिए। तिनले ईश्‍वरीय बुद्धि प्रकाश पार्ने गुण अर्थात्‌ व्यवहारिक हुनुको महत्त्वमाथि प्रकाश पारे। (याकूब ३:१७) व्यवहारिक हुनुमा लचकदार, निष्पक्ष, भद्र, विचारशील र सहनशील हुनु समावेश छ। “व्यवहारिक मानिसहरू अरूसित गर्ने व्यवहारमा सन्तुलित हुन्छन्‌। तिनीहरू अचाक्ली गर्दैनन्‌,” भनेर भाइ सिलिङले बताए। मिसनरीहरूलाई व्यवहारिक हुन केले मदत गर्छ? आफूलाई ठूलो नठानेर, अरूको कुरा सुन्‍ने र सिक्ने मौकाको फाइदा उठाएर अनि अरूको दृष्टिकोणलाई ध्यान दिएर तर ईश्‍वरीय सिद्धान्तहरूसित सम्झौता नगरेर व्यवहारिक हुन सकिन्छ।—१ कोरिन्थी ९:१९-२३.

“खान नबिर्सनुहोस्‌!” भन्‍ने विषय उक्‍त कार्यक्रमको अर्को भाग थियो र यसलाई परिचालक निकायकै अर्का सदस्य शमूएल हर्डले प्रस्तुत गरे। तिनले पवित्र सेवा चढाउन तन्दुरुस्त हुनका लागि आध्यात्मिक भोजन राम्ररी खाइरहनुपर्ने आवश्‍यकतामाथि जोड दिए। भाइ हर्डले भने, “तपाईंको आध्यात्मिक क्रियाकलाप प्रचार गर्ने र सिकाउने जिम्मेवारी स्वीकार्ने बित्तिकै यी कार्य दिनानुदिन बढ्‌दै जानेछ। तसर्थ, तपाईंको बल घट्‌न नदिन झन्‌ झन्‌ धेरै आध्यात्मिक खाना खानुपर्नेछ। निरन्तर आध्यात्मिक भोजन लिनाले मिसनरीहरूलाई आध्यात्मिक तनाउ र घरको यादले सताउने जस्ता समस्याहरूले पिरोल्नेछैन। यसले व्यक्‍तिविशेषलाई आफ्नो पवित्र सेवाको आनन्द उठाउन र त्यसमा लागिरहने अठोट गर्न मदत गर्छ।—फिलिप्पी ४:१३.

गिलियडका प्रशिक्षक लरेन्स बोवेनले विद्यार्थीहरूलाई “फेरि सुरु गर्नुहोस्‌” भनेर प्रोत्साहन दिए। मतलब? तिनले सबैलाई हितोपदेश १:७ पल्टाउन आग्रह गरे जहाँ यसो लेखिएको छ: “परमप्रभुको भय ज्ञानको शुरू हो।” वक्‍ताले व्याख्या गर्दै भने: “यहोवाको अस्तित्वलाई इन्कार गर्ने शिक्षा न सत्य ज्ञान हुनसक्छ न ता त्यस्तो शिक्षा लिने व्यक्‍तिले सही समझ नै हासिल गर्नसक्छ।” भाइ बोवेनले परमेश्‍वरको वचन, बाइबलका वर्णनहरूलाई टुक्राटाक्री जोडेर सिंगो आकृति बनाउने खेलसित तुलना गरे। ती टुक्राहरूलाई एक अर्कासित जोडेपछि चित्र तयार हुन्छ। जतिधेरै जोड्‌दै गयो चित्र त्यतिनै ठूलो र स्पष्ट हुन्छ अनि व्यक्‍तिविशेषको मूल्यांकन पनि बढ्‌दै जान्छ। यसले परमेश्‍वरलाई पवित्र सेवा चढाउन सबैलाई मदत गर्नसक्छ।

गिलियड स्कूलका रजिस्ट्रार वालेस लिभरन्सले अन्तिम भाषण दिए। तिनको भाषणको विषय “परमेश्‍वरलाई बलिदानस्वरूप धन्यवाद चढाउनुहोस्‌” थियो। तिनले येशूले दस जना कोरीहरूलाई निको पारिदिनुभएको घटनाप्रति ध्यान आकर्षित गराए। (लूका १७:११-१९) परमेश्‍वरको प्रशंसा गर्न र येशूलाई धन्यवाद दिन एक जना मात्र फर्केर आए। “निस्सन्देह, अरू पनि शुद्ध हुनपाएकोले रोमाञ्चित थिए। तिनीहरू आफू शुद्ध भएकोमा खुसी थिए, तर तिनीहरू सबै पूजाहारीबाट शुद्ध घोषित गरिएको मात्रै चाहन्थे जस्तो छ” भनी भाइ लिभरन्सले टिप्पणी गरे। सच्चाइ सिकेर प्राप्त भएको आध्यात्मिक शुद्धता र कृतज्ञताले कुनै पनि व्यक्‍तिलाई परमेश्‍वर र उहाँको भलाइका लागि धन्यवाद दिन उत्प्रेरित गराउनुपर्ने हो। गिलियडको १०८ औं कक्षाका विद्यार्थीहरूलाई परमेश्‍वरको क्रियाकलाप र उहाँले गर्नुभएको भलाइ मनन गर्न प्रोत्साहित गरियो ताकि तिनीहरूले धन्यवादस्वरूप परमेश्‍वरलाई आफ्नो सेवा र बलिदान चढाउन सकून्‌—भजन ५०:१४, २३; ११६:१२, १७.

कसरी गर्ने भन्‍नेबारे अनुभव र अन्तरवार्ता

गिलियडका अर्का प्रशिक्षक मार्क न्यूमरले कार्यक्रमको अर्को भाग प्रस्तुत गरे। यसमा विद्यार्थीहरूले प्रशिक्षणकालको दौडान क्षेत्र सेवकाईमा प्राप्त गरेका अनुभवहरू समावेश थियो। विद्यार्थीहरूले गिलियड स्कूलमा आउनुअघि लगभग १२ वर्ष पूर्ण-समय सेवकाईमा बिताइसकेका थिए। स्कूलमा हुँदा तिनीहरूले विभिन्‍न पृष्ठभूमिका थुप्रै मानिसहरूसित बाइबल अध्ययनहरू सञ्चालन गरे। यसबाट तिनीहरूले आफूलाई “सबैका निम्ति म सबै कुरा” कसरी हुने भन्‍ने थाह पाएको प्रस्ट पारे।—१ कोरिन्थी ९:२२.

विद्यार्थीहरूको अनुभवको लगत्तैपछि, चार्ल्स मोल्हन र विलियम शमूएल्सनले गिलियडमा भाग लिने केही बेथेल परिवारका सदस्यहरू तथा परिभ्रमण निरीक्षकहरूको अन्तरवार्ता लिए। अन्तरवार्ता लिइएका भाइहरूमध्ये एक, गिलियडको ५१ औं कक्षापछि फिलिप्पीन्समा सेवा गर्ने रोबर्ट पेभी थिए। तिनले विद्यार्थीहरूलाई यसो भन्दै सम्झाए: “समस्या आइपर्दा समाधान कसरी गर्ने भनेर सबैले सल्लाह दिन्छन्‌। तपाईंभन्दा समझदार र एक एक गर्दै राम्रो तर्क प्रस्तुत गर्ने व्यक्‍ति सधैं हुन्छन्‌। तर तपाईंले बाइबल पल्टाएर त्यस्ता विषयहरूमा परमेश्‍वरको दृष्टिकोण के छ भनी हेर्नुभयो भने, कसैले पनि यसलाई उछिन्‍न सक्दैन। त्यसको जवाफ सधैं नै सही हुन्छ।”

यस राम्रो आध्यात्मिक कार्यक्रमलाई परिचालक निकायका सदस्य जोन बारले दिएको “यहोवालाई मनपर्ने पवित्र सेवा चढाउनुहोस्‌” भन्‍ने भाषणले पूर्ण बनाइदियो। तिनले, परमेश्‍वरलाई मनपर्दो उपासना चढाउन सोझा मानिसहरूलाई मदत गर्न कसरी आफ्नो पवित्र सेवा प्रतिबिम्बित गर्नसकिन्छ भनेर देखाए। मत्ती ४:१० पल्टाएपछि भाइ बारले भने, “यहोवाको मात्र उपासना गर्ने हो भने, हामीले लोभ, धनको तृष्णा र अहंभावजस्ता सबै किसिमका मूर्तिपूजा त्याग्नुपर्छ। सन्‌ १९४० दसकको प्रारम्भदेखि नै हाम्रा मिसनरीहरूले यस सन्दर्भमा उत्कृष्ट रेकर्ड कायम गरेका देख्नपाउँदा हामी साह्रै खुसी छौं! अनि गिलियडको यस १०८ औं कक्षाबाट स्नातक गर्ने तपाईं विद्यार्थी भाइबहिनीहरूले पनि तिनीहरूको राम्रो उदाहरण पछ्याउनुहुनेछ भनी हामी विश्‍वस्त छौं। तपाईंहरू सारा महिमा प्राप्त गर्न योग्य एक मात्र परमेश्‍वर यहोवालाई पवित्र सेवा चढाउन जाँदै हुनुहुन्छ।”

यस प्रोत्साहनदायी कार्यक्रमको त्यो सकारात्मक निष्कर्ष थियो। त्यसपछि, संसारभरबाट प्राप्त भएको शुभकामना सन्देशहरू सुन्‍ने, प्रमाणपत्र प्रस्तुत गर्ने र प्रशिक्षणको लागि कक्षाले प्रस्तुत गरेको मूल्यांकन पत्र पढ्‌ने समय आयो। विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी तथा परमेश्‍वरको सेवामा स्थिर रहने गुण प्रकट गर्न प्रोत्साहित गरियो। पच्चीसवटा विभिन्‍न मुलुकबाट आएका पाहुनाहरूलगायत उपस्थित सबैले सभा विसर्जन गर्नुअघि गीत तथा प्रार्थनामा भाग लिए।

[फुटनोट]

a न्यू योर्क प्याटर्सनस्थित वाचटावर एजुकेशनल सेन्टरमा मार्च ११, २००० का दिन सम्पन्‍न भएको कार्यक्रम।

[पृष्ठ २३-मा भएको पेटी]

कक्षाको तथ्यांक

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: १०

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १७

विद्यार्थीहरूको संख्या: ४६

औसत उमेर: ३४

सच्चाइमा बिताएको औसत वर्ष: १६

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२

[पृष्ठ २४-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको स्नातक गर्ने १०८ औं कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ।

(१) आमाडोरी, इ.; कूक, ओ.; बर्न, एम.; ली, ए. (२) न्यूसम, डि.; पाडर्सोली, ए.; बीगरा, एच.; काटो, टि.; गेटवुड, डि. (३) एड, डि.; एड जे.; वेल्स एस. ज्यामिसन, जे.; गोन्जालेस एम.; गोन्जालेस जे. (४) काटो, टि.; लोन, डि.; नीकोलस, वाई.; प्राइस, एस.; फस्टर, पि.; ईबारा, जे. (५) आमाडोरी, एम.; म्यानिङ, एम.; जेम्स, एम.; बोस्ट्रोइम, ए.; गेटवुड, बि.; न्यूसम, डि. (६) फोस्टर बि.; ज्यामिसन, आर.; हाइफिंगर, ए.; कोफल, सि.; कोफल, टि.; बर्न, जि. (७) हाइफिंगर, के.; म्यानिङ, सि.; कूक, जे.; बोस्ट्रोइम, जे.; लोन, इ.; पाडर्सोली, ए. (८) जेम्स, ए.; वेल्स, एल.; प्राइस, डि.; नीकोलस, इ.; ली, एम.; ईबारा, पि.; बीगरा वाई।