‘तिनीहरू उपकार र प्रेमबारे कुरा गर्छन्’
‘तिनीहरू उपकार र प्रेमबारे कुरा गर्छन्’
हालैका वर्षहरूमा फ्रान्सका यहोवाका साक्षीहरूको बदनाम गर्ने घोर प्रयासहरू गरिए। तिनीहरूका विरोधीहरूले जनसमक्ष तिनीहरूको गलत चित्रण गर्न झूटा कुराहरू र गलत जानकारीहरू प्रचार प्रसार गरे। यहोवाका साक्षीहरूले १९९९ को सुरुआतसँगसँगै पिपल अफ फ्रान्स, यु आर बिइङ डिसिभ्ड! नामक पर्चा १ करोड २० लाख प्रति फ्रान्सभरि वितरण गरे। यस पर्चामा तिनीहरूले बदनाम गराउन खोज्ने तर्कहरूको भर्त्सना गरिएको थियो।
यस अभियानको केही दिनपछि, मेडिकल डाक्टर तथा संसदका भूतपूर्व सदस्य श्रीमान् झाँ बोनोमले स्थानीय अखबारमा एउटा खुला पत्र पठाए। तिनले लेखे: “यहोवाका साक्षीहरू मकहाँ बेला बेलामा आइरहन्छन्। तिनीहरू मकहाँ उपकार र विश्वव्यापी प्रेमबारे कुरा गर्न आउँछन्। . . . तिनीहरू जबरजस्ती घरमा घुस्दैनन्। विनम्र भई आफ्नो विचार प्रस्तुत गर्छन् र मेरा धारणाहरूलाई पनि ध्यान दिएर सुन्छन्।”
यहोवाका साक्षीहरूको आध्यात्मिक दृष्टिकोणबारे बताउँदै श्रीमान् बोनोमले भने: “संसारको दृष्टिकोणमा तिनीहरू निर्बुद्धि देखिए तापनि तिनीहरूले केही हानि पुऱ्याउँदैनन्। अर्कोतिर, केही राजनीतिज्ञहरूले देखाएको निर्बुद्धिले नागरिकहरूको शान्ति तथा समाजलाई खतरामा पार्छ।”