सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“नाभीको निम्ति औषधी”

“नाभीको निम्ति औषधी”

“नाभीको निम्ति औषधी”

डर, दुःख, ईर्ष्या, द्वेष, घृणा र ग्लानीजस्ता भावनात्मक तनाउले गर्दा मानिसहरू प्रायजसो बिरामी हुने गर्छन्‌ भन्‍ने विश्‍वास छ। यसलाई विचार गर्दा ‘यहोवाको भय’ “नाभीको निम्ति औषधी र हड्डीको निम्ति मलहम हुन्छ” भन्‍ने बाइबलको कथन कत्ति सान्त्वनादायी छ!—हितोपदेश ३:७, ८, NW.

हड्डीले शरीरको संरचनामा मदत पुऱ्‍याउँछ। अतः बाइबलले “हड्डी” शब्दलाई रूपकको रूपमा प्रयोग गरेर यी विशेष गरी गहिरा भावनाहरूबाट प्रभावित हुन्छ भन्छ। तर परमेश्‍वरको भय कसरी “नाभीको निम्ति औषधी” हो?

यस विवरणमा “नाभीको” प्रयोगबारे बाइबलविद्‌हरूको विचार भिन्‍नाभिन्‍नै छ। एक जना टिप्पणीकारका अनुसार “नाभी” “शरीरको केन्द्रिय भाग” भएकोले यसले सबै महत्त्वपूर्ण अंगहरूको प्रतिनिधित्व गर्छ। अर्का विद्‌का अनुसार “नाभीले” साललाई पनि बुझाउनसक्छ किनभने यो इजकिएल १६:४ मा प्रयोग गरिएको छ। त्यसो हो भने, हितोपदेश ३:८ ले निस्सहाय भ्रूण पोषणको निम्ति पूर्णतया आफ्नो आमामाथि निर्भर भएझैं हामी परमेश्‍वरमाथि पूर्णतया निर्भर हुनुपर्ने कुरालाई जोड दिइरहेको हुनसक्छ। अझ, अरू कसैले चाहिं “नाभी[ले]” शरीरको मांसपेशीलाई पनि संकेत गरेको हुनसक्छ भन्छन्‌। यस पदको प्रसंगलाई हेर्दा यी भागहरूलाई शरीरको बलियो भाग अर्थात्‌ “हड्डी[भन्दा]” बेग्लै हुन्‌ भनी देखाइएको हुनसक्छ।

यसको खास अर्थ जेसुकै भए तापनि एउटा कुरा भने स्पष्ट छ: यहोवाप्रति श्रद्धेय भय देखाउनु बुद्धिमानी मार्ग हो। परमेश्‍वरका स्तरहरूअनुरूप जीवन बिताउँदा हाम्रो शारीरिक सुस्वास्थ्यमा योगदान पुऱ्‍याउँछ। यसबाहेक, हामीले यहोवाको अनुग्रह पाउनसक्छौं जसले गर्दा उहाँको आउनै लागेको नयाँ संसारमा शारीरिक र भावनात्मक तवरमा अनन्तसम्म सिद्ध शरीरको आनन्द उठाउन सक्नेछौं।—यशैया ३३:२४; प्रकाश २१:४; २२:२.

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Dr. G. Moscoso/SPL/Photo Researchers