सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गरिबीसितको लडन्त—के यो कहिल्यै टुंगो नलाग्ने संघर्ष हो?

गरिबीसितको लडन्त—के यो कहिल्यै टुंगो नलाग्ने संघर्ष हो?

गरिबीसितको लडन्त—के यो कहिल्यै टुंगो नलाग्ने संघर्ष हो?

न्यु योर्क शहरस्थित संयुक्‍त राष्ट्र संघको भ्रमणमा जाने पर्यटकहरू यदि इकोनोमिक एण्ड सोसियल काउन्सिल च्याम्बर गए भने उनीहरूले सर्वसाधारणका लागि खोलिएको ग्यालेरीको छतमा पाइपहरू फाङ्‌लाङफुङ्‌लुङ पारेका देख्नेछन्‌। टुर गाइड यसो भन्छिन्‌: “छतमा पूरा भइनसकेको उक्‍त पाइपको कामलाई अक्सर संयुक्‍त राष्ट्र संघको ‘अधूरो’ आर्थिक तथा सामाजिक कार्यको सम्झनाको रूपमा लिइन्छ। भनाइको मतलब, संयुक्‍त राष्ट्र संघको काम कहिल्यै पूरा हुँदैन, विश्‍वका मानिसहरूको जीवनस्तर उकास्न केही न केही जहिले पनि बाँकी नै हुनेछ।”

काउन्सिल सबैको जीवनस्तर उकास्न कटिबद्ध भए तापनि यो कामको टुंगो लाग्लाजस्तो देखिंदैन। सा.यु. प्रथम शताब्दीमा येशू ख्रीष्टले आफ्नो पार्थिव सेवकाईको दौडान यस्तो चाखलाग्दो कुरा गर्नुभयो: “परमप्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनाको निम्ति उहाँले मलाई नियुक्‍त गर्नुभयो।” (लूका ४:१८) उहाँले घोषणा गर्नुभएको त्यो “सुसमाचार” के थियो? त्यो सुसमाचार, “दरिद्रहरूका दुःखमा आड़ हुनु[हुने]” यहोवा परमेश्‍वरले येशू ख्रीष्टलाई राजा नियुक्‍त गर्नुभएको राज्यसित सम्बन्धित सन्देश थियो। त्यो राज्यले के गर्नेछ? यशैयाले यस्तो भविष्यवाणी गरे: “सेनाहरूका परमप्रभुले . . . सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू—छिप्पिएको मद्य, असल असल स्वादिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ। उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।”—यशैया २५:४-६, ८.

के तपाईं परमेश्‍वरको राज्यले कसरी सम्पूर्ण आवश्‍यकता पूरा हुने गरी “विश्‍वका मानिसहरूको जीवनस्तर उकास्नसक्छ” भन्‍ने विषयमा बुझ्न चाहनुहुन्छ? यस सम्बन्धमा बाइबलले अझै के भन्छ, त्यो तपाईंलाई भेटेरै बताउन एक दक्ष शिक्षकसित सम्पर्क राख्ने तरिकाबारे यहाँ तल बताइएको छ, कृपया त्यहाँ हेर्नुहोस्‌।