सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्‍तविहीन शल्यक्रिया—“चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन”

रक्‍तविहीन शल्यक्रिया—“चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन”

रक्‍तविहीन शल्यक्रिया“चिकित्सा क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन”

“‘रक्‍तविहीन’ शल्यक्रिया” शीर्षकमा म्याक्लिन्स पत्रिकाले दिएको रिपोर्टअनुसार, क्यानाडाभरिका चिकित्सकहरूले “गत पाँच वर्षको दौडान नयाँ प्रविधिहरू विकास गरिरहेका छन्‌। त्यसले चिकित्सा क्षेत्रको रक्‍तविहीन शल्यक्रियामा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ।” विनिपेग्स हेल्थ साइन्स सेन्टरका एनेस्थेसियोलोजिस्ट ब्रायन म्युरहेड ती चिकित्सकहरूमध्ये एक हुन्‌। तिनले रक्‍तविहीन वैकल्पिक उपचार किन खोजे?

सन्‌ १९८६ मा डा. म्युरहेडले रक्‍तस्राव भइरहेको ७० वर्ष पुगेका वृद्धको शल्यक्रिया गर्ने कठिन कार्य स्वीकारे। त्यस वृद्ध यहोवाका साक्षीले आफ्नो बाइबल आधारित अन्तस्करणको कारण रक्‍तक्षेपण गर्नु नपर्ने उपचारका लागि आग्रह गरेका थिए। (प्रेरित १५:२८, २९) म्याक्लिन्स भन्छ, डा. म्युरहेडले “बिरामीको रक्‍तचाप घट्‌न नदिन सलाईन झोल पम्प गर्ने जस्तो, विरलै प्रयोग गरिने उपचारविधि अपनाए। त्यो विधि सफल भयो र यसले गर्दा ‘हामीले चाहिनेभन्दा बढी रगत प्रयोग गरिरहेका रहेछौं। अब विकल्प खोज्ने बेला भएको छ’ भन्‍ने म्युरहेडको विश्‍वास झनै बढ्यो।”

“भविष्यमा रक्‍तदान दिनेहरूको न्युन संख्या र थुप्रै बिरामीको रक्‍तक्षेपणबाट संक्रमित हुने डरको कारण” रगतविना शल्यक्रिया गर्ने प्रयास गरिएको हो। प्रगतिशील चिकित्सकहरूको अनुसन्धानका कारण यहोवाका साक्षीहरूले मात्र होइन तर अरू थुप्रैले लाभ उठाइरहेका छन्‌। “रक्‍तविहीन शल्यक्रियाले थुप्रै किसिमका उपचारमा रक्‍तक्षेपणको खाँचोलाई कम गर्नुको अलावा कमै भए तापनि संक्रमित रगतबाट बिरामी हुने खतरालाई घटाएको छ” भनी म्याक्लिन्स बताउँछ। “स्वच्छ” रगतले समेत केही समयका लागि भए पनि बिरामीको रोग प्रतिरोध क्षमतालाई दमन गरेर संक्रमण हुने खतरा बढाउनसक्छ।

रक्‍तविहीन वैकल्पिक उपचारमाथि यहोवाका साक्षीहरूले यसरी अटल विश्‍वास गर्नुको पछाडि के कारण छ? यस प्रश्‍नको जवाफ पाउन, सायद तपाईं हाउ क्यान बल्ड सेभ योर लाइफ ? पुस्तिका पढ्‌न इच्छुक हुनुहुन्छ होला। तपाईंलाई यो पुस्तिका दिन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।