राज्यका आशिष्हरूको तपाईं पनि भागीदार हुन सक्नुहुन्छ
राज्यका आशिष्हरूको तपाईं पनि भागीदार हुन सक्नुहुन्छ
मसीही प्रेरित पावल, तिनको समयका केही प्रमुख भाषाहरूमा पोख्त थिए। आज विश्वविद्यालयमा हासिल गरिने बराबरको शिक्षा तिनले हासिल गरेका थिए। रोमी नागरिकको नाताले तिनले सबै प्रकारका सुविधा तथा हकहरूको आनन्द उठाएका थिए। (प्रेरित २१:३७-४०; २२:३, २८) यी विशेष योग्यताहरूले गर्दा तिनी धनी तथा प्रख्यात हुनसक्थे। यद्यपि, तिनले यसो भने: “जुन कुरा मलाई फायदाका थिए, ती ता मैले ख्रीष्टका निम्ति हानिकानै सम्झें। . . . ख्रीष्टलाई प्राप्त गरूँ भनेर [म] तिनलाई रद्दी सम्झन्छु।” (फिलिप्पी ३:७, ८) पावलले किन त्यसो भने?
“त्यस मार्गमा” अर्थात् मसीहीधर्ममा हिंड्ने मानिसहरूलाई सताउने, टार्ससका शावल जो पछि पावल नाउँले चिनिए, तिनी पनि पुनरुत्थान हुनुभएका महिमित येशूको दर्शन पाएपछि विश्वासी भए। (प्रेरित ९:१-१९) दमीशकको बाटोमा भएको यस घटनापछि पावल, येशू नै प्रतिज्ञा गरिएको मसीह वा ख्रीष्ट, प्रतिज्ञाकृत राज्यको भावी शासक हुनुहुन्छ भनी शतप्रतिशत विश्वस्त भए। माथि उल्लिखित तिनको जोडदार भनाइले संकेत गरेझैं यस घटनापछि पावलको जीवनमा आमूल परिवर्तन आयो। अर्को शब्दमा भन्ने हो भने, निष्कपट तथा इमानदार हृदय भएको कारण पावलले पश्चात्ताप गरे।—गलाती १:१३-१६.
प्रेरित ३:१९; प्रकाश २:५) पावलले दमीशकको बाटोमा भएको त्यस महत्त्वपूर्ण घटनालाई आफ्नो जीवनको भावनात्मक वा तथाकथित आध्यात्मिक अनुभव मात्र हुन दिएनन्। यो घटनाले गर्दा तिनलाई आफूले ख्रीष्टको अज्ञानतामा बिताएको अतीत व्यर्थ रहेछ भन्ने लाग्यो। ख्रीष्टबारे भर्खरै पाएको ज्ञानबाट पूरापूर लाभ उठाउन आफ्नो जीवनमा केही सुधार गर्नुपर्छ भनी पनि तिनले बुझे।—रोमी २:४; एफिसी ४:२४.
बाइबलमा “पश्चात्ताप” भन्ने क्रियापद अक्सर यस्तो युनानी शब्दबाट अनुवाद गरिन्छ जसको शाब्दिक अर्थ “थाह पाएपछि” हुन्छ र यसले “पूर्वज्ञानको” विपरीत अर्थ दिन्छ। अतः पश्चात्ताप गर्नुमा पहिलाको जीवनशैली त्यागेर आफ्नो मन, मनोवृत्ति वा उद्देश्यमा परिवर्तन ल्याउनु हो। (परिवर्तन गर्दा प्राप्त गरेका आशिष्हरू
पहिला, पावलले परमेश्वरबारे धेरैजसो ज्ञान फरिसीहरूको एउटा पन्थबाट प्राप्त गरेका थिए जसको तिनी सदस्य थिए। तिनीहरूको विश्वासमा मानव दर्शन र परम्परामा पनि समावेश थियो। धार्मिक पूर्वाग्रहको कारण पावलले आफ्नो जोस र प्रयास गलत कुराहरूमा लगाइरहेका थिए। परमेश्वरको सेवा गरिरहेको छु भन्ठाने तापनि तिनी वास्तवमा परमेश्वर विरुद्ध लडिरहेका थिए।—फिलिप्पी ३:५, ६.
ख्रीष्ट अनि परमेश्वरको उद्देश्यमा ख्रीष्टले पूरा गर्नुहुने भूमिकाबारे सही ज्ञान हासिल गरेपछि पावलले आफूले छनौट गर्नुपर्ने कुरा बुझे। अर्थात् फरिसी नै भएर ख्याति र सम्मानको आनन्द उठाउने हो वा आफ्नो जीवनपद्धति परिवर्तन गरेर परमेश्वरको अनुमोदन प्राप्त गर्न आवश्यक कदमहरू चाल्ने? खुसीको कुरा पावलले सही छनौट गरे। त्यसैले, तिनले यसो भने: “सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने हरेकको निम्ति पहिले यहूदीलाई, अनि ग्रीकलाई पनि मुक्तिको निम्ति, यो परमेश्वरको शक्ति हो।” (रोमी १:१६) अतः पावल, ख्रीष्ट अनि राज्यको सुसमाचारबारे जोसिलो प्रचारक भए।
धेरै वर्षपछि पावलले आफ्ना सँगी मसीहीहरूलाई यसो भने: “मैले पक्रिसकेको छु भनी म अझै सम्झन्नँ तर पछाड़िका कुराहरूलाई बिर्सेर अगाड़िका कुराहरूतिर लम्केर म एउटा काम गर्दछु, ख्रीष्ट येशूमा परमेश्वरको, माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाड़ि बढ़दछु।” (फिलिप्पी ३:१३, १४) पावलले सुसमाचारबाट लाभ उठाए किनभने तिनले स्वेच्छासाथ परमेश्वरबाट आफूलाई अलग पार्ने कुराहरू त्यागे र तनमनले परमेश्वरको उद्देश्यअनुरूप कामकुरा गरे।
तपाईं के गर्नुहुनेछ?
सायद तपाईंले हालसालै मात्र राज्यको सुसमाचारबारे सुन्नुभएको होला? के तपाईंलाई सिद्ध प्रमोदवनमा सधैंभरि बाँच्ने आशा आकर्षक लाग्छ? लाग्छ भने, यो स्वाभाविक हो किनभने हामी सबैसित सुख अनि शान्तिमा सधैंभरि जीवनको आनन्द उठाउने जन्मजात इच्छा छ। परमेश्वरले हाम्रो हृदयमा “अनन्तता राखिदिनु[भएको]” छ भनी बाइबल बताउँछ। (उपदेशक ३:११, नयाँ संशोधित संस्करण) त्यसकारण, मानिसहरूले सुख र शान्तिमा सधैंभरि बाँच्नसक्ने समयको आशा गर्नु स्वाभाविकै हो। अनि राज्यको सुसमाचारले दिने कुरा पनि यही हो।
तथापि, यस आशालाई वास्तविकतामा परिणत गर्न यो सुसमाचार भनेको के रहेछ भनी बुझ्न तपाईंले पनि जाँचपडताल गर्नुपर्छ। प्रेरित पावलले यस्तो सल्लाह दिए: “परमेश्वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:२) त्यसैले, ज्ञान र समझ प्राप्त गरिसकेपछि पावलले जस्तै तपाईंले पनि छनौट गर्नैपर्छ।
अर्कोतर्फ, भविष्यको सन्दर्भमा तपाईंको आफ्नै केही विश्वास होला। स्मरण रहोस्, प्रेरित पावल हुनुअघि परमेश्वरको इच्छाबारे शावलको आफ्नै केही धारणा थिए। परमेश्वरबाट चमत्कारपूर्ण प्रकाशको आशा गर्नुको साटो किन आफैले निष्पक्ष रूपमा विषयवस्तु नकेलाउने? आफैलाई प्रश्न गर्नुहोस्: ‘मानिसजाति र पृथ्वीको सन्दर्भमा परमेश्वरको इच्छा के हो भनी के मलाई साँच्चै थाह छ? म आफ्नो विश्वासलाई समर्थन गर्ने के-कस्ता प्रमाणहरू जुटाउनसक्छु? के ती प्रमाणहरू परमेश्वरको वचन बाइबलसित मेल खान्छन्?’ यसरी तपाईंले आफ्ना धार्मिक विश्वास जाँच्नुहुँदा केही पनि नोक्सानी हुनेछैन। वास्तवमा, तपाईंले त्यस्तो गर्ने चाहना गर्नुपर्छ किनभने बाइबल यस्तो आग्रह गर्छ: “सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो।” (१ थिस्सलोनिकी ५:२१) आखिर, सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरको अनुमोदन नै हो नि, होइन र?—यूहन्ना १७:३; १ तिमोथी २:३, ४.
धार्मिक नेताहरूले अनन्त भविष्यको प्रतिज्ञा गर्लान्। तर ती प्रतिज्ञाहरू बाइबलको शिक्षामा आधारित नभएसम्म यसले परमेश्वरको राज्यले प्रदान गर्ने आशिष् प्राप्त गर्न मदत गर्नेछैन। डाँडामा दिनुभएको प्रख्यात उपदेशमा येशूले जोडदार ढंगमा यस्तो चेताउनी दिनुभयो: “मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।”—मत्ती ७:२१.
परमेश्वरको राज्यले दिने आशिष्हरू पाउने मुख्य आधार उहाँको पिताको इच्छा पालन गर्नु हो भनी येशूले जोड दिनुभएको याद गर्नुहोस्। अर्को शब्दमा भन्ने हो भने, धार्मिक जस्तो देखिने सबै कुराले परमेश्वरबाट अनुमोदन प्राप्त गरेको छ भन्न सकिंदैन। वास्तवमा येशूले अझ यसो भन्नुभयो: “त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं, र तपाईंको नाउँमा सामर्थ्यका काम गरेनौं र? अनि म तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।” (मत्ती ७:२२, २३) स्पष्टतः राज्यको सुसमाचार भनेको के हो, त्यो हामीले साँच्चै बुझेका छौं कि छैनौं पक्का गरेर त्यसैअनुरूप जीवन बिताउनु सबै भन्दा महत्त्वपूर्ण कुरा हो।—मत्ती ७:२४, २५.
मदत उपलब्ध छ
यहोवाका साक्षीहरूले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न थालेको १०० वर्षभन्दा बढी भइसक्यो। मुद्रित प्रकाशनहरूमार्फत र मौखिक रूपमा तिनीहरूले संसारभरिका मानिसहरूलाई परमेश्वरको राज्य भनेको के हो र यसले कस्ता आशिष्हरू ल्याउनेछ भनी बताउनुका साथै त्यस्ता आशिष्हरू प्राप्त गर्न उनीहरूलाई सही ज्ञान हासिल गर्न मदत गरिरहेका छन्।
यहोवाका साक्षीहरूले प्रचार गरिरहेको सन्देश सुन्न हामी तपाईंहरूलाई प्रोत्साहन दिन्छौं। सुसमाचार सुनेर यसैअनुरूप काम गर्दा तपाईंले अहिले मात्र होइन भविष्यमा परमेश्वरको राज्यले सारा पृथ्वीभरि राज्य गर्दा पनि भरपूर आशिष् पाउनुहुनेछ।—१ तिमोथी ४:८.
परमेश्वरको राज्यले आशिष्हरू वर्षाउनै लागेकोले तुरुन्तै कदम चालिहाल्नुहोस्!
[पृष्ठ ७-मा भएका चित्रहरू]
मुद्रित प्रकाशनहरूमार्फत र मौखिक रूपमा यहोवाका साक्षीहरूले परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्छन्