सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने, निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:

रोमी ५:३-५ मा प्रेरित पावलले आशालाई श्रृंखलाको अन्तमा किन राखे ?

पावलले मसीहीहरूले अनुभव गर्ने कुराहरू श्रृंखलाबद्ध तरिकामा प्रस्तुत गरे: सतावट, धीरज, राम्रो परिणाम र आशा। यो “आशा” बाइबलबाट सुरुमा पाएको आशा होइन तर यो त समयको क्रममा मसीहीले प्राप्त गर्ने आशा हो र यो समयसँगसँगै बलियो, गहिरो अनि व्याप्त हुन्छ।—१२/१५, पृष्ठ २२-३.

पुरातन युनानमा आयोजित खेलहरूमा वर्तमान मसीहीले किन चासो लेलान्‌ ?

यी खेलहरूको प्रकृति र प्रचलनले बाइबलका थुप्रै पदहरू बुझ्न मदत गर्छ। यीमध्ये केही हुन्‌, ‘नियमबमोजिम खेलमा भाग लिनु,’ ‘हर किसिमको बोझ पन्छाएर येशूको उदाहरणलाई हेर्नु,’ ‘धीरजसँग दौडनु’ र मुकुट वा इमान प्राप्त गर्नुलाई संकेत गर्छन्‌। (२ तिमोथी २:५; ४:७, ८; हिब्रू १२:१, २; १ कोरिन्थी ९:२४, २५; १ पत्रुस ५:४)—१/१, पृष्ठ २८-३०.

सन्‌ १९१४ जनवरीमा सुसमाचार उद्‌घोषणा गर्ने कुन नयाँ तरिका देखा पऱ्‍यो ?

त्यतिखेर “फोटो-ड्रामा अफ क्रिएसन” विमोचन गरिएको थियो। यसमा चार भागको चलचित्र र सयौं रंगीन ग्लास स्लाइडहरू थिए र यीमध्ये अधिकांश चित्रहरू फोनोग्राफमा बज्ने भाषणहरूसँगसँगै पर्दामा देखा पर्थे। यस ड्रामाका २० प्रति तयार पारिएको थियो र मानिसहरूलाई बाइबलको सन्देश सिकाउन विस्तृत तवरमा प्रयोग गरिएको थियो।—१/१५, पृष्ठ ८-९.

कानुनी संस्थानभन्दा परिचालक निकाय कसरी फरक छ ?

सोसाइटीका डाइरेक्टरहरू छनौट गर्न भोट दिन सकिने भए तापनि परिचालक निकाय, मानिसद्वारा नियुक्‍त भएका होइनन्‌ तर येशू ख्रीष्टद्वारा नियुक्‍त हुन्छन्‌। यहोवाका साक्षीहरूले प्रयोग गर्ने विभिन्‍न संस्थानका डाइरेक्टरहरू परिचालक निकायका सदस्यहरू नै हुनुपर्छ भन्‍ने आवश्‍यकता छैन। वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिल्भेनियाको हालै भएको वार्षिक सभामा डाइरेक्टर र अफिसरको रूपमा सेवा गरिरहेका परिचालक निकायका सदस्यहरूले राजीखुसीसाथ आ-आफ्नो पदबाट राजिनामा दिए। तिनीहरूको रिक्‍त स्थान “अरू भेड़ा[का]” परिपक्व सदस्यहरूले लिए। (यूहन्‍ना १०:१६) यसरी, परिचालक निकायका सदस्यहरूले आध्यात्मिक आहार तयार पार्न र विश्‍वभरिका भाइहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न अझ बढी समय बिताउन सक्नेछन्‌।—१/१५, पृष्ठ २९, ३१.

बाइबलका कुन दुइटा उदाहरणहरूबाट हामी निरुत्साहसँग सामना गर्न सिक्नसक्छौं ?

एउटा उदाहरण शमूएलकी आमा हन्‍ना हुन्‌। इस्राएलका प्रधान पूजाहारी एलीले कुरा नबुझेर गलत विचार व्यक्‍त गर्दा तिनी निरुत्साहित हुनसक्थिन्‌। तर तिनले स्पष्टसित अनि आदरपूर्ण ढंगमा तथ्य कुरा बताइन्‌। यसबाहेक, हन्‍नाले एलीविरुद्ध मनमा ईख लिई राखिनन्‌। दोस्रो उदाहरण मर्कूसको हो। प्रेरित पावलले तिनीसित काम गर्न नचाहँदा वा तिनलाई आफ्नो मिसनरी यात्रामा लैजान नचाहँदा तिनी पक्कै पनि निरुत्साहित भएका थिए। तर यस्तो सुअवसर गुमाउनु परेकोमा विचलित हुनुको साटो तिनी बर्णाबाससित आफ्नो सक्रिय सेवामा निरन्तर लागिरहे।—२/१, पृष्ठ २०-२.

अरूलाई कम्प्युटर सफ्टवेयर प्रोग्रामहरू दिंदा वा लिंदा मसीहीहरू किन होसियार हुनुपर्छ ?

प्रायजसो कम्प्युटर प्रोग्रामहरूको (यसमा गेमहरू पनि समावेश छन्‌) लाइसेन्स हुन्छ र उक्‍त प्रोग्राम किन्‍ने वा प्रयोग गर्ने व्यक्‍तिले आफ्नो एउटा मात्र कम्प्युटरमा इन्स्टल गर्न पाइन्छ। हामीलाई कुनै प्रोग्राम सित्तैंमा दिएको भए तापनि अक्सर अरूका लागि उक्‍त प्रोग्रामको व्यक्‍तिगत कपी बनाइदिनु कपीराइट नियम उल्लंघन गर्नु हो। मसीहीहरू ‘सिजरका चीजहरू सिजरलाई दिने’ आज्ञा पालन गर्न चाहन्छन्‌। (मर्कूस १२:१७)—२/१५, पृष्ठ २८-९.

सिरिल र मेथोडियस को थिए र तिनीहरूले बाइबल अध्ययनका लागि कस्तो योगदान दिए ?

यिनीहरू नवौं शताब्दीतिर ग्रीसको थिस्सलोनिकाका दुई साक्खै दाजुभाइ थिए। यिनीहरूले स्लाभिक भाषाहरूको निम्ति वर्णमाला तयार पारे र बाइबलको अधिकांश भाग स्लोभेनिक भाषामा अनुवाद गरे।—३/१, पृष्ठ २८-९.

“आत्मामा मन लगाउनु[को]” अर्थ के हो ?—रोमी ८:६.

आत्मामा मन लगाउनुको अर्थ यहोवाको सक्रिय शक्‍तिद्वारा नियन्त्रित हुनु, प्रभुत्वमा रहनु र उत्प्रेरित हुनु हो। बाइबल अध्ययन गरेर, यहोवाको व्यवस्था पालन गरेर र उहाँलाई प्रार्थना गरेर हामी परमेश्‍वरको आत्मालाई हामीमा परिचालन गर्न दिनसक्छौं।—३/१५, पृष्ठ १५.

कसैले गलत अर्थ लगाएको महसुस हुँदा हामी के गर्नसक्छौं ?

प्रेम भावसहित कुरा स्पष्ट पार्ने प्रयास गर्नु अत्यावश्‍यक छ। यो प्रयास सफल भएन भने हतास नहुनुहोस्‌। “मनको इच्छा . . . जाँच गर्नुहु[ने]” यहोवा परमेश्‍वरसित समझ र मदत माग्नुहोस्‌। (हितोपदेश २१:२; १ शमूएल १६:७)—४/१, पृष्ठ २१-३.