सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको नाउँमा लागेको कलंक हटाइयो

परमेश्‍वरको नाउँमा लागेको कलंक हटाइयो

राज्य उद्‌घोषकहरूको रिपोर्ट

परमेश्‍वरको नाउँमा लागेको कलंक हटाइयो

परमेश्‍वरको वचन बाइबलले यसो भन्छ: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरुद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्‌, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।” (१ पत्रुस २:१२) अतः साँचो मसीहीहरू यहोवाको नाउँमा कलंक लाग्न नदिन असल चालचलन कायम राख्ने प्रयास गर्छन्‌।

जाम्बियाको सेनान्गा भन्‍ने दुर्गम इलाकामा एउटा स्कूलको शिक्षकको घरबाट रेडियो चोरी भएको थियो। त्यतिबेला त्यहाँ यहोवाका साक्षीहरूले प्रचार गरिरहेको कारण त्यस मानिसले साक्षीहरूमाथि चोरीको अभियोग लगाए। साक्षीहरूलाई रेडियो चोरेको अभियोग लगाएर तिनले प्रहरीमा उजुरी गरे। साक्षीहरू तिनको घर आएको थिए भन्‍ने प्रमाणस्वरूप तिनले घरमा छोडिएको पर्चा देखाए। तथापि, प्रहरीले तिनको कुरा पत्याउन इन्कार गरे। प्रहरीहरूले तिनलाई गएर अझ राम्ररी अनुसन्धान गर्न सल्लाह दिए।

त्यस दिन उक्‍त शिक्षकको छरछिमेकमा काम गरिसकेका साक्षीहरूलाई गएर शिक्षकसित कुरा स्पष्ट पार्न प्राचीनहरूले प्रोत्साहन दिए। केही भाइहरू गएर तिनीसँग कुरा गरे र तिनलाई तिनीहरू यहोवाको नाउँमा लागेको कलंक मेटाउन चाहन्छन्‌ भनी बताए। छलफलको दौडान तिनीहरूले तिनको घरमा एक जवान व्यक्‍तिलाई भेटेको र तिनलाई पर्चा दिएको बताए। तिनीहरूले दिएका विवरणबाट उक्‍त शिक्षकले त्यो मानिस को हो, थाह पाइहाले। वास्तवमा तिनीहरू एउटै चर्चका रहेछन्‌। शिक्षकले त्यस जवान केटासँग कुरा गरे तर तिनले इन्कार गरे। त्यसपछि शिक्षकले यसबारे त्यस केटाको आमाबाबुसँग कुरा गरे र आफ्नो घर फर्के। एक घण्टा पनि नबित्दै त्यस केटाको आमा चोरी भएको रेडियो बोकेर आइपुगिन्‌।

असाध्यै पछुताउँदै त्यस शिक्षकले प्राचीनहरूका समूहलाई भेटेर झूटो अभियोग लगाएकोमा माफी मागे। प्राचीनहरूले तिनको माफी स्वीकार गरे तर सबैले साक्षीहरू निर्दोष थिए भनी थाह पाऊन्‌ भन्‍ने हेतुले तिनको अनुसन्धानको नतिजा सार्वजनिक गर्न अनुरोध गरे। यसबारे स्कूलमा घोषणा गरियो र यसप्रकार यहोवाको नाउँमा लागेको कलंक हटाइयो। यहोवाका साक्षीहरूले त्यस इलाकामा स्वतन्त्रतासाथ प्रचार गरिरहन सकेका छन्‌।

[पृष्ठ १९-मा भएको नक्साहरू/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अफ्रिका

जाम्बिया

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.