सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“यहोवाले सधैं मेरो भलो चिताउनुभएको छ!”

“यहोवाले सधैं मेरो भलो चिताउनुभएको छ!”

“यहोवाले सधैं मेरो भलो चिताउनुभएको छ!”

मार्च १९८५ को एक रमाइलो साँझ, सं.रा.अ., न्यु योर्कको ब्रूकलिनस्थित यहोवाका साक्षीहरूको मुख्यालयका लेखन विभागमा कार्यरत पुरुष तथा स्त्रीहरूले एउटा उल्लेखनीय कुरा याद गरे। त्यस दिन, कार्ल एफ. क्लाइनले पूर्ण-समय सेवकाईमा ६० वर्ष पूरा गरेका थिए। उत्साहका साथ भाइ क्लाइनले यसो भने: “यहोवाले सधैं मेरो भलो चिताउनुभएको छ!” तिनले आफूलाई सबैभन्दा मनपर्ने बाइबल पद भजन ३७:४ हो भनेर पनि बताए। पछि तिनले सेलो बजाएर सबैसित खुसियाली मनाए।

त्यसपछिको अर्को १५ वर्ष भाइ क्लाइनले लेखन विभाग र यहोवाका साक्षीहरूको परिचालक निकायको सदस्यको रूपमा सेवा गरिरहे। अनि जनवरी ३, २००१ मा ९५ वर्षको उमेरमा भाइ क्लाइनले अन्तसम्म वफादार हुँदै आफ्नो पार्थिव जीवन पूरा गरे।

कार्लको जन्म जर्मनीमा भएको थियो। तिनको परिवार संयुक्‍त राज्यमा बसाइँ सरे र कार्ल शिकागो, इलिनोइ छेउछाउको सानो ठाउँमा हुर्केका थिए। केटाकेटी नै छँदा कार्ल र तिनका भाइ टेडलाई बाइबलको कुरा जान्‍नबुझ्न अत्यन्तै इच्छा लाग्यो। कार्लले सन्‌ १९१८ मा बप्तिस्मा लिए र सन्‌ १९२२ मा आयोजित बाइबल स्टुडेन्ट्‌सको अधिवेशनमा सुनेका रोमाञ्चकारी कुराहरूले गर्दा क्षेत्र सेवकाईप्रति जिन्दगीभरको निम्ति तिनको स्नेह जाग्यो। तिनी प्रचारकार्यमा भाग नलिई हप्ता बितेको चाहँदैनथे र तिनले आफ्नो जीवनको अन्तिम हप्ताहरूसम्मै प्रचारकार्यमा भाग लिइरहे।

कार्ल सन्‌ १९२५ मा मुख्यालयका सदस्य भए र तिनले सबैभन्दा पहिला छापाखानामा काम गरे। तिनी साँचो संगीत प्रेमी थिए र तिनले केही वर्ष मसीही रेडियो प्रसारणको वाद्यवादन टोलीमा सेलो पनि बजाए। त्यसपछि, तिनले सेवा विभागमा काम गरे र तिनले विशेष गरी त्यस विभागका निरीक्षक टि. जे. सलिभनसँग गरेको कामबाट आनन्द उठाए। यसै बेलातिर टेडले विवाह गरे र आफ्नी श्रीमती डोरिससँग पोर्टो रिकोमा मिसनरी कार्यको निम्ति गए।

कार्ल क्लाइनले लेखन विभागमा आधा शताब्दी काम गरे र त्यहाँ तिनको योगदान उल्लेखनीय छ किनभने तिनी अनुसन्धान गर्न मन पराउँथे र तिनीसँग बाइबलको गहिरो ज्ञान थियो। सन्‌ १९६३ मा तिनले बोलिभियामा मिसनरी कार्य गरिरहेकी जर्मन मिसनरी मार्गारेटासँग विवाह गरे। विशेष गरी कार्लको स्वास्थ्य राम्रो नहुँदा उनको मायालु सहयोगकै कारण प्रायः मानिसले काम गर्न छोड्‌ने उमेरभन्दा धेरै उमेरसम्म तिनी फलदायी भइरहन सके। स्पष्ट बोल्ने बानीलगायत संगीतप्रतिको उत्साहको कारण कार्लले मण्डली तथा अधिवेशनहरूमा स्मरणीय भाषणहरू दिनसके। मृत्यु हुनुभन्दा केही समयअघि तिनले न्यु योर्कको विशाल बेथेल परिवारको दैनिक पद छलफलको अध्यक्षता गरेका थिए र यसबाट सबैले लाभ तथा आनन्द उठाए।

प्रहरीधरहरा-का थुप्रै नियमित पाठकहरूले भाइ क्लाइनको अत्यन्तै सरल जीवनी सम्झने छन्‌ जुन अक्टोबर १, १९८४ को अंकमा प्रकाशित भएको थियो। त्यसपछि तिनले विश्‍वासी र समर्पित मसीहीको रूपमा अझ थप पन्ध्र वर्ष सेवा गरे भन्‍ने कुरालाई मनमा राख्दै तपाईंले तिनको जीवनी फेरि पढेर आनन्द उठाउन सक्नुहुनेछ।

प्रभुका अभिषिक्‍त जनहरूमध्ये एक जनाको हैसियतमा भाइ क्लाइनले ख्रीष्टसँग स्वर्गमा शासन गर्ने भित्र हृदयदेखि इच्छा गर्थे। यहोवाले तिनको इच्छा अब पूरा गरिदिनुभएको छ भनी हामीसँग विश्‍वास गर्ने हर कारण छ।—लूका २२:२८-३०.

[पृष्ठ ३१-मा भएको चित्र]

सन्‌ १९४३ मा टि. जे. सलिभन र टेड अनि डोरिससँग कार्ल

[पृष्ठ ३१-मा भएको चित्र]

कार्ल र मार्गारेटा, अक्टोबर २०००