सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन यतिबिघ्न दुःखकष्ट

किन यतिबिघ्न दुःखकष्ट

किन यतिबिघ्न दुःखकष्ट

“हे ईश्‍वर! किन दुःख दियौ?” एसिया माइनरमा भयंकर भूकम्प गएपछि यी शब्दहरू ठूलठूला अक्षरहरूमा सर्वाधिक वितरित समाचारपत्रको शीर्ष समाचारमा छापिएका थिए। सँगै आफ्नो भत्किएको घरबाट घाइते छोरी बोकेर निस्केका व्याकुल बुबाको चित्र थियो।

युद्ध, भोकमरी, महामारी र प्राकृतिक प्रकोपहरूका कारण असीमित पीडा भोग्नु परेको अनि आँसुको भेल बगाउनु परेको छ भने असंख्य मानिसहरूको लास देख्नुपरेको छ। यसबाहेक बलात्कार, बाल दुर्व्यवहार र अन्य अपराधहरू त छँदैछन्‌। दुर्घटनाले गर्दा थुप्रै मानिस अंगभंग भएका र मरेका घटनाहरूलाई पनि विचार गर्नुहोस्‌। अनि रोगव्याधी, वृद्धावस्था र प्रियजनको मृत्युका कारण अरबौं मानिसहरूले भोग्नुपरेको वेदना त छँदैछ।

बीसौं शताब्दीले थुप्रै दुःखकष्ट बेहोर्नु पऱ्‍यो। सन्‌ १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्‍वयुद्धमा झन्डै एक करोड सिपाहीहरू मरे। केही इतिहासकारहरूका अनुसार यति नै संख्यामा जनताहरू पनि मारिए। दोस्रो विश्‍वयुद्धमा लाखौं निस्सहाय आइमाई, बालबच्चा र वृद्ध पुरुषहरूलगायत लगभग पाँच करोड जति योद्धा र जनता मारिए। गएको शताब्दीभरि जातीय संहार, क्रान्ति, जातीय दंगा, भोकमरी र गरिबीका कारण लाखौं मानिसहरू मरे। हिस्टोरिकल एट्‌लस अफ द ट्‌वेन्टियथ सेन्चुरी-का अनुसार १८ करोडभन्दा बढी मानिस यस्ता “अनगिन्ती दुःखकष्टले” मरेका छन्‌।

सन्‌ १९१८/१९ को स्पेनी हैजाले दुई करोडको ज्यान लियो। गत दुई दशकमा ए ड्‌ सका कारण एक करोड ९० लाख मानिसहरू मरे भने अहिले लगभग तीन करोड ५० लाख जति मानिसहरू ए ड्‌ स जीवाणुले ग्रस्त छन्‌। ए ड्‌ सका कारण आमाबाबुको मृत्यु भएकोले लाखौं बालबच्चा अनाथ भएका छन्‌। अनि गर्भमै छँदा आमाको ए ड्‌ स सरेकोले कैयौं बच्चाहरू मरिरहेका छन्‌, त्यसको कुनै लेखाजोखा नै छैन।

बालबालिकाले अरू तरिकामा पनि दुःखकष्ट भोग्नु परेको छ। संयुक्‍त राष्ट्र बाल कोशले (युनिसेफ) दिएको जानकारीलाई उद्धरण गर्दै १९९५ को अन्तमा बेलाइतको म्यान्चेस्टर गार्डियन विक्ली-ले यसो भन्यो: “गएको दशकमा भएका युद्धहरूमा २० लाख बालबच्चाहरू मारिए, ४०-५० लाख अंगभंग भए, एक करोड २० लाख घरबार विहीन भए, १० लाख अनाथ भए वा आमाबाबुबाट बिछोडिए भने एक करोडले भावनात्मक क्षति भोगे।” यसको अलावा वर्षेनी विश्‍वभरि चार करोडदेखि पाँच करोडजति गर्भपतन हुन्छन्‌!

भविष्यमा के हुनेछ ?

थुप्रैले भविष्यप्रति आशंका व्यक्‍त गरेका छन्‌। वैज्ञानिकहरूको समूहले यसो भन्यो: “मानव गतिविधिहरूले . . . जनजीवनलाई यसरी परिवर्तन गर्नेछ, कि अहिले बिताइरहेको जस्तो जीवन हामी बिताउनसक्ने छैनौं।” तिनीहरू अझै यसो भन्छन्‌: “अहिले पनि पाँच जनामध्ये एक जना पर्याप्त मात्रामा खान नपाउने गरी र दस जनामध्ये एक जना गम्भीर रूपमा कुपोषणको सिकार हुने गरी अत्यन्तै गरिब छ।” यी वैज्ञानिकहरूले यस मौकाको फाइदा उठाउँदै “अब हुने कुराको निम्ति सम्पूर्ण मानिसजातिलाई सतर्क गराउँदै” यसो भने: “यस्तो कहालीलाग्दो मानव दुःखकष्ट हटाउने हो र हाम्रो पृथ्वीलाई सुधार्नै नसकिने गरी कुरूप नपार्ने हो भने, पृथ्वीलाई हामीले गरिरहेको व्यवहार र जीवनमा ठूलो परिवर्तन गर्नु आवश्‍यक छ।”

त्यसोभए, किन परमेश्‍वरले यतिबिघ्न दुःखकष्ट र दुष्टता रहिरहन दिनुभएको होला? यस परिस्थितिलाई उहाँले कसरी सुधार्ने उद्देश्‍य राख्नुभएको छ? अनि कहिले?

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Top, wheelchair: UN/DPI Photo 186410C by P.S. Sudhakaran; middle, starving children: WHO/OXFAM; bottom, emaciated man: FAO photo/B. Imevbore