‘धार्मिक स्वतन्त्रताका लागि यहोवाका साक्षीहरूलाई धन्यवाद दिनुहोस्’
‘धार्मिक स्वतन्त्रताका लागि यहोवाका साक्षीहरूलाई धन्यवाद दिनुहोस्’
“यहोवाका साक्षीहरूको कुरै नसुनी ढ्याम्म ढोका थुन्नुअघि, केही समय पहिले मात्र तिनीहरूले भोग्नुपरेको अशोभनीय सतावट र अमेरिकी संविधानको पहिलो संशोधनलाई तिनीहरूले पुऱ्याएको योगदानबारे विचार गर्नुहोस्, जसको आज हामी सबैले फाइदा उठाइरहेका छौं” भनी युएसए टुडे अखबारको एउटा लेखमा छापिएको थियो। झन्डा सलामी गर्न नमानेको र अन्य विविध कारणहरूले सन् १९४० को दशकभरि संयुक्त राज्यमा यहोवाका साक्षीहरू सताइएका थिए।—प्रस्थान २०:४, ५.
सन् १९३८ देखि १९४३ सम्म जम्मा पाँच वर्षभित्र सं.रा. सर्वोच्च अदालतले यहोवाका साक्षीहरूसित सम्बन्धित केही ३० वटा जति मुद्दा हेरेको थियो। उक्त लेख अझै यसो भन्छ: “यहोवाका साक्षीहरूले पहिलो संशोधनमाथि यत्ति प्रश्न उठाए कि प्रधान न्यायाधीश हार्लन फिस्क स्टोनले यस्तो लेखे, ‘जन स्वतन्त्रतासम्बन्धी कानुनी समस्याहरू समाधान गर्न सकियो र यसको श्रेय यहोवाका साक्षीहरूलाई दिनुपर्छ।’ ”
यसरी, लेखको अन्तमा यसो भनिएको छ: “सम्पूर्ण धर्महरूले विस्तृत तवरमा [धार्मिक ] स्वतन्त्रता पाएकोमा यहोवाका साक्षीहरूलाई धन्यवाद दिनैपर्छ।”
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
Background, building: Photo by Josh Mathes, Collection of the Supreme Court of the United States; lower left, justices: Collection of the Supreme Court of the United States