‘बुद्धिद्वारै हामी दीर्घायु हुनेछौं’
‘बुद्धिद्वारै हामी दीर्घायु हुनेछौं’
जीवनमा आइपर्ने समस्याहरूको समाधान गर्न बुद्धि नभई हुन्न भन्ने कुरामा कसको पो दुई मत होला र? ज्ञान र समझ शक्तिको उचित प्रयोग गर्नसक्नु नै साँचो बुद्धि हो। यो मूर्खता, बेवकुफी र पागलपनको एकदमै विपरीत छ। त्यसकारण, धर्मशास्त्रले हामीलाई बुद्धि प्राप्त गर्ने सल्लाह दिन्छ। (हितोपदेश ४:७) वास्तवमा, बाइबलको हितोपदेशको पुस्तक विशेष गरी बुद्धि र अनुशासन दिनकै निम्ति लेखिएको थियो। यसका सुरुका शब्दहरू यसप्रकार छन्: “दाऊदका छोरा इस्राएलका राजा सुलेमानका हितोपदेश जसद्वारा मानिसहरूले बुद्धि र शिक्षा [“अनुशासन,” नयाँ संशोधित संस्करण] प्राप्त गर्नेछन्।”—हितोपदेश १:१, २.
उदाहरणका लागि, हितोपदेशका सुरुका केही अध्यायहरूमा पाइने केही तार्किक र भरपर्दा शिक्षाहरू जाँच्नुहोस्। मायालु बुबाले छोरालाई आग्रह गरेझैं सुलेमान आफ्ना पाठकहरूलाई अनुशासन पालन गर्न र बुद्धिलाई ध्यान दिन अनुरोध गर्छन्। (अध्याय १ र २) यहोवासित कसरी घनिष्ट हुने र हाम्रो हृदयलाई कसरी सुरक्षित राख्ने, त्यो पनि तिनी हामीलाई देखाउँछन्। (अध्याय ३ र ४) नैतिक तवरमा शुद्ध रहने नसिहत पनि हामीलाई दिइएको छ। (अध्याय ५ र ६) हो, अनैतिक व्यक्तिले फकाउने तरिकाहरू भन्डाफोर गरिएकोले पनि ती हाम्रोनिम्ति मूल्यवान् साबित भएका छन्। (अध्याय ७) अनि बुद्धिको मूर्त रूप सबैका लागि कत्ति आकर्षक भएको छ! (अध्याय ८) एउटा हितोपदेशका संक्षिप्त व्याख्या गर्नुअघि राजा सुलेमान, आफूले अहिलेसम्म के छलफल गरे, त्यसको सजीव सारांश प्रस्तुत गर्छन्।—अध्याय ९.
‘आओ, मेरो रोटी खाओ र मेरो दाखमद्य पिओ’
हितोपदेशको पहिलो खण्डको अन्तिम भाग अर्थात् अध्याय ९, सुरुका पदहरूमा छलफल गरिएका सल्लाहहरूको उराठलाग्दा सारांश होइनन्। बरु, त्यसलाई रोचक अनि मनमोहक तरिकामा पाठकहरूलाई बुद्धि प्राप्त गर्न प्रेरित गर्दै प्रस्तुत गरिएको छ।
बाइबल किताब हितोपदेशको ९ वौं अध्याय यी शब्दहरूबाट सुरु हुन्छन्: “बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्ना सात खामा गाड़ेको छ।” (हितोपदेश ९:१) एक शास्त्रज्ञका अनुसार “सात खामा” भन्ने अभिव्यक्तिले “चारैतिर आँगन भएको ठूलो भवनलाई बुझाउँछ। यसको तीनै किल्लालाई तीन तीनवटा खामाहरूले थामेका हुन्छन्, चौथो किल्लामा चाहिं एउटा मात्र खामा हुन्छन्। यो चौथो किल्लाअगाडि ठूलो आँगन हुनुका साथै भित्र पस्ने मूलढोका पनि यही हुन्छ।” जेसुकै होस्, साँचो बुद्धिले बलियो घर बनाउँछ, त्यहाँ थुप्रै पाहुना सत्कार गरिन्छ।
भोजको लागि सबथोक तयार छ। यसको अर्थ, मासु छ, दाखमद्य छ। बुद्धिले भोज तयार गर्न र टेबलमा ती राख्न व्यक्तिगत ध्यान दिएको छ। “त्यसले पशु मारेको छ, दाखमद्यमा मसाला मिसाएको छ, र त्यसले आफ्नो टेबल तयार पारेको छ।” (हितोपदेश ९:२) स्पष्टतः यस लाक्षणिक टेबुलमा आध्यात्मिक आहार उपलब्ध छ।—यशैया ५५:१, २.
साँचो बुद्धिद्वारा तयार पारिएको भोजमा क-कसलाई निम्त्याइएको छ? “शहरका अल्गा अल्गा ठाउँहरूबाट यसो भनेर प्रचार गर्न त्यसले आफ्ना दासीहरूलाई पठाएको छ, ‘ए मूर्ख मानिस हो, भित्र आऊ।’ त्यसले मूर्खलाई यसो पनि भन्छ, ‘आऊ, मसँग खाऊ, र मैले मसाला हालेको दाखमद्य चाख। मूर्ख हुन छोड़िदेऊ, र तिमी बाँच्नेछौ, तिम्रो समझ-शक्ति बढ़नेछ।’ ”—हितोपदेश ९:३-६.
बुद्धिले आफ्ना दासीहरूलाई निम्तो दिन पठाएको छ। तिनीहरू थुप्रै मानिसलाई निम्त्याउन सकिने सार्वजनिक स्थलहरूमा जान्छन्। “मूर्खहरू” अथवा समझ नहुनेहरूका हितोपदेश ९:४) अनि तिनीहरू सबैसामु जीवन दिने वाचा राखिएको छ। हितोपदेशको पुस्तकलगायत परमेश्वरको वचनमा पाइने बुद्धि प्रायः सबैको निम्ति उपलब्ध छ। आज, साँचो बुद्धिको सन्देशवाहकको रूपमा यहोवाका साक्षीहरू जहाँजहाँ मानिसहरू भेटिन्छन्, त्यहींत्यहीं गएर बाइबल अध्ययन गर्ने निम्तो दिन व्यस्त छन्। यो ज्ञान लिंदा यसले अवश्य अनन्त जीवनतर्फ डोऱ्याउन सक्छ।—यूहन्ना १७:३.
साथै अनुभवविहीनलगायत सबैलाई निम्त्याइएका छन्। (मसीहीहरूले बुद्धिको अनुशासन नम्रतासाथ स्वीकार्नैपर्छ। यो विशेष गरी जवानहरूको सम्बन्धमा र हालै यहोवाबारे सिक्न थालेका व्यक्तिविशेषहरूको सम्बन्धमा लागू हुन्छ। परमेश्वरको मार्गबारे सीमित अनुभव भएकाले तिनीहरू “मूर्ख” हुन सक्छन्। तिनीहरूका सबै विचार खराब छन् भन्न खोजिएको होइन तर परमेश्वरलाई साँच्चै प्रसन्न तुल्याउने किसिमको हृदय बनाउन समय र परिश्रम चाहिन्छ। यसको अर्थ, आफ्नो विचार, चाहना, स्नेह र लक्ष्य आदि सबैलाई परमेश्वरले स्वीकार्नुहुने तरिकामा ढाल्नु हो। तिनीहरूले “बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा” गर्नु अत्यावश्यक छ।—१ पत्रुस २:२.
वास्तवमा, हामीहरू सबैले नै “शुरूका शिक्षाहरू” छोडेर अघि बढ्नुपर्ने होइन र? हो, हामीले “परमेश्वरका गहीरा गहीरा कुराहरू[मा]” अझ धेरै चासो लिनु र परिपक्व मानिसहरूको निम्ति तयार पारिएको ठोस आहारबाट पौष्टिकता प्राप्त गर्नु आवश्यक छ। (हिब्रू ५:१२–६:१; १ कोरिन्थी २:१०) येशूको प्रत्यक्ष निगरानीमा चल्ने “विश्वासी र बुद्धिमान दास[ले]” लगनशील भई ठीक ठीक समयमा सबैका लागि आध्यात्मिक आहारको प्रबन्ध गर्छ। (मत्ती २४:४५-४७) हामी लगनशील भई परमेश्वरको वचन बाइबलका साथै दास वर्गले उपलब्ध गरेका बाइबल आधारित प्रकाशनहरू अध्ययन गरेर बुद्धिको टेबुलबाट खान सकौं।
“गिल्ला गर्नेलाई नसुधार्”
बुद्धिले दिने शिक्षामा सुधार अनि हप्काइ पनि समावेश छन्। बुद्धिको यो पक्षलाई सबैले सहजै स्वीकार्दैनन्। यसकारण, हितोपदेशको पहिलो खण्डको अन्तमा यस्तो चेताउनी दिइएको छ: “गिल्ला गर्नेलाई अर्ती दिनेले अपयश पाउँछ, दुष्टलाई हकार्नेले दोष पाउँछ। गिल्ला गर्नेलाई नसुधार्, नत्रता त्यसले तँसित दुश्मनी राख्नेछ।”—हितोपदेश ९:७, ८क.
गिल्ला गर्नेलाई उसको मार्ग सोझ्याउन मदत गर्ने व्यक्तिसित रिस उठ्नसक्छ र तिनीप्रति घृणाको भाव राख्नसक्छ। दुष्ट व्यक्तिले हप्काइको मूल्यांकन गर्दैन। सच्चाइलाई घृणा गर्ने वा सच्चाइलाई ठट्टामा उडाउन खोज्ने व्यक्तिलाई परमेश्वरको वचनको सच्चाइ सिकाउन खोज्नु साह्रै मूर्खता हो! प्रेरित पावलले एन्टिओकमा प्रचार गर्दा सच्चाइलाई माया नगर्ने यहूदी समूहलाई भेटेका थिए। तिनीहरूले ईश्वरनिन्दक कुरा गरेर पावललाई विवादमा मुछ्न चाहेका थिए तर पावलले यसो मात्र भने: “तपाईंहरूलेनै यसलाई रद्द गरेर आफैले आफैलाई अनन्त जीवनको अयोग्य ठहराउनुहुन्छ भनेता हेर्नुहोस्, हामी अब अन्यजातिहरूतर्फ फर्कन्छौं।”—प्रेरित १३:४५, ४६.
इमान्दार हृदय भएकाहरूलाई राज्यको सुसमाचार सुनाउने प्रयास गर्दा गिल्ला गर्नेहरूसित चाहिं वादविवादमा नफस्न हामी होसियार हुनैपर्छ। येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “घरभित्र पस्ता त्यसलाई अभिवादन गर। औ त्यो घर योग्य रहेछ भने, तिमीहरूको शान्ति त्यसमाथि रहोस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्। जसले तिमीहरूलाई ग्रहण नगर्ला, र तिमीहरूको बात नसुन्ला त्यस घर अथवा शहरबाट निस्कँदा तिमीहरूका मत्ती १०:१२-१४.
खुट्टाको धूलो टकटकाइदेओ।”—हप्काइ पाउँदा बुद्धिमान् व्यक्तिले जनाउने प्रतिक्रिया गिल्ला गर्नेको भन्दा ठीक विपरीत हुन्छ। सुलेमानले यसो भने: “बुद्धिमान मानिसलाई सुधार्, र त्यो चाहिं तेरो मित्र हुनेछ। बुद्धिमानलाई अर्ती दियो भने त्यो झन् बुद्धिमानी हुनेछ।” (हितोपदेश ९:८ख, ९क) बुद्धिमान् मानिसलाई “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन, तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात् धार्मिकताको फल दिइन्छ” भनेर थाह हुन्छ। (हिब्रू १२:११) अरूले दिएको सल्लाह तीतै लागे तापनि यदि त्यसले हामीलाई बुद्धिमान् बनाउँछ भने किन इन्कार गर्ने वा आफ्नो सफाइ दिइरहने?
बुद्धिमान् राजा अझै यसो भन्छन्, “धर्मीलाई शिक्षा दियो भने त्यसको ज्ञान अझ बढ़नेछ।” (हितोपदेश ९:९ख) सिक्नै नपर्ने गरी कोही पनि अति बुद्धिमान् छैन वा सिक्नै नसक्ने गरी अत्यन्तै पाको पनि कोही छैन। वृद्ध व्यक्तिविशेषहरूले समेत सच्चाइ स्वीकारेर यहोवालाई आफ्नो जीवन समर्पण गरेको देख्न पाउनु साँच्चै आनन्दको कुरा हो! हामी सबैले पनि सिक्ने र दिमागलाई चुस्त राख्ने प्रयास गरिरहन सकौं।
“तेरो जीवनको दिन लामो हुनेछ”
विचाराधीन विषयको निचोडमा जोड दिंदै सुलेमान बुद्धिको आधारभूत पूर्वाधार समावेश गर्छन्। तिनी लेख्छन्: “परमप्रभुको डर मान्नु बुद्धिको प्रथम खुड़किलो हो, परम-पवित्रको ज्ञाननै समझ-शक्ति हो।” (हितोपदेश ९:१०) साँचो परमेश्वरको निम्ति गहिरो, श्रद्धेय भय नहुनेसित ईश्वरीय बुद्धि हुनसक्दैन। कुनै व्यक्ति अत्यन्तै ज्ञानी होला तर ऊसित यहोवाको डर छैन भने उसले सृष्टिकर्तालाई आदर हुने तरिकामा त्यो ज्ञान प्रयोग गर्नेछैन। बरु, प्रमाणित तथ्यहरूको पनि गलत निष्कर्ष निकालेर आफैलाई मूर्ख साबित गर्नसक्छ। अर्कोतर्फ, समझ प्राप्त गर्न महा पवित्र यहोवाको ज्ञान, अत्यावश्यक छ र समझ बुद्धिको उल्लेखनीय गुण हो।
बुद्धिले कस्तो फल फलाउँछ? (हितोपदेश ८:१२-२१, ३५) इस्राएलका राजा यसो भन्छन्: “मद्वारै तँ दीर्घायु हुनेछस्, र तेरो जीवनको दिन लामो हुनेछ।” (हितोपदेश ९:११) बुद्धिसित संगत गर्नाले नै जीवनका दिनहरू लामो हुने र दीर्घायु हुने हो। हो, “बुद्धिलाई चिन्नेले त्यसबाट जीवन पाउँछ।”—उपदेशक ७:१२.
बुद्धि प्राप्त गर्न प्रयास गर्नु हाम्रो व्यक्तिगत जिम्मेवारी हो। यही तथ्यमाथि जोड दिंदै सुलेमान यसो भन्छन्: “तँ बुद्धिमान् भइस् भने तेरो बुद्धिले नै तँलाई इनाम ल्याउनेछ, तँ गिल्ला गर्ने व्यक्ति भइस् भने तैंले मात्र नोक्सानी बेहोर्नुपर्नेछ।” (हितोपदेश ९:१२, नयाँ संशोधित संस्करण) बुद्धिमान् मानिस आफ्नै फाइदाको निम्ति बुद्धिमान् हुन्छ भने गिल्ला गर्ने व्यक्ति आफ्नो दुःखको दोषी आफै हुन्छ। हुन पनि, हामी जे रोप्छौं, त्यसैको कटनी गर्छौं। तसर्थ, हामीले ‘बुद्धिमा ध्यान लगाउनुपर्छ।’—हितोपदेश २:२.
“मूर्खता चाहिं चंचल, अज्ञानी, निर्लज्ज स्त्री हो”
मूर्खताको तुलना गर्दै सुलेमान यसो भन्छन्: “मूर्खता चाहिं चंचल, अज्ञानी, निर्लज्ज स्त्री हो, त्यसले केही कुराको वास्ता गर्दैन। त्यो आफ्नो घरको ढोकामा, शहरको सबैभन्दा अल्गो स्थानमा भएको आसनमा बसिरहन्छे, आफ्नो बाटोमा हतार हतार गरी हिंड्ने मानिसलाई त्यसले यसो भनेर बोलाउँछे, त्यसले भन्छे, ‘ए मूर्ख मानिस हो, भित्र आऊ।’ ”—हितोपदेश ९:१३-१६क.
मूर्खतालाई हल्ला गर्ने, अनुशासनहीन, अज्ञानी स्त्रीसित तुलना गरिएको छ। त्यसले पनि घर बनाएकी छे। अनि तिनी अनुभवहीन व्यक्तिहरूलाई बोलाउने काम गर्छिन्। त्यसकारण, बटुवाहरूले अब छान्न सक्छन्। बुद्धिको निम्तो स्वीकार्ने कि मूर्खताको?
“चोरीको पानी मीठो हुन्छ”
बुद्धि र मूर्खता दुवैले श्रोताहरूलाई “भित्र आऊ” भनेर बोलाउँछन्। तथापि, यी दुईको निम्तो भिन्नाभिन्नै छन्। बुद्धिले मानिसहरूलाई दाखमद्य, मासु र रोटी भएको भोजमा निम्त्याउँछ। मूर्खताले दिने प्रलोभनले चाहिं बिग्रेकी आइमाईले दिने प्रलोभनहरूलाई स्मरण गराउँछ। सुलेमान यसो भन्छन्: “त्यसले मूर्खलाई यो पनि भन्छे, ‘चोरीको पानी मीठो हुन्छ, चोरेर ल्याएको रोटी स्वादिलो हुन्छ।’ ”—हितोपदेश ९:१६ख, १७.
हितोपदेश ९:१३) धर्मशास्त्रमा प्रिय पत्नीसितको यौनसम्बन्धको आनन्दलाई स्फूर्तिदायी पानीसित तुलना गरिएको छ। (हितोपदेश ५:१५-१७) अतः चोरिएको पानीले गुप्तमा गरिएको यौन सम्बन्धलाई देखाउँछ। यस्तो पानी चोरिएको र कसैले थाह पाउँदैन भन्ने रोमाञ्चले गर्दा त्यो मीठो देखिन सक्छ अर्थात् दाखमद्यभन्दा पनि असल छ जस्तो लाग्न सक्छ। आँखा छलेर खाइएको रोटी परिश्रमको रोटी र मासुभन्दा पनि स्वादिलो छ जस्तो भान पार्न सक्छ। किनकि आँखा छलेर खाइएको रोटी बेमानी गरेर प्राप्त गरिएको हो। बन्देज लगाइएको र गोप्य कुरालाई आकर्षक ठान्नु मूर्खताको चिह्न हो।
मसला मिसाएको दाखमद्यको सट्टा ‘अज्ञानी स्त्री’ चोरिएको पानी टक्राउन खोज्छे। (बुद्धिको निम्तोमा जीवन दिने प्रतिज्ञा समावेश छ भने मूर्खतारूपी स्त्रीले उसको पछि लाग्दा हुने परिणामहरूको कुनै उल्लेख गरेकी छैन। तर सुलेमान यस्तो चेताउनी दिन्छन्: “मृत्युले त्यहाँ ढुकिरहेको र त्यसका अतिथिहरू पातालको गहिराइमा पुगेका त्यसलाई थाहै हुँदैन।” (हितोपदेश ९:१८) एक जना शास्त्रज्ञ यसो भन्छन्, “कुबुद्धिरूपी स्त्रीको निवासस्थान, घर होइन भव्य चिहान हो। त्यहाँ पस्नुभयो भने जीउँदो फर्कनु हुनेछैन।” अनैतिक जीवनशैलीको पछि लाग्नु बुद्धिमानी होइन, बरु मृत्युलाई अँगाल्नु बराबर हो।
येशू ख्रीष्टले भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) हामी सधैं बुद्धिको टेबलबाट खान सकौं र जीवनको बाटोमा हिंड्नेहरूबीच हुन सकौं।
[पृष्ठ ३१-मा भएको चित्र]
बुद्धिमान् मानिसले सल्लाह स्वीकार्छ
[पृष्ठ ३१-मा भएको चित्र]
बुद्धि हासिल गर्नु व्यक्तिगत जिम्मेवारी हो