‘हेर्नुहोस्! त्यो ठूलो भीड!’
सिद्ध र पूरा निश्चय भएका होओ
‘हेर्नुहोस्! त्यो ठूलो भीड!’
यसले यहोवाका सेवकहरूलाई दशकौंसम्म अन्योलमा पारेको थियो। धेरैअघि नै धर्मशास्त्रीय तवरमा यसको जवाफ दिने प्रयास गरिएको थियो। यस विषयमा थुप्रै छलफल भए। तर अन्तमा बाइबलबाटै यसको जवाफ पाइयो र सन् १९३५ मा वाशिङटन डी.सी., मा आयोजित अधिवेशनमा उपस्थित दर्शकहरू उक्त जवाफ सुनेर एकदमै रोमाञ्चित भए।
यी सबको पछाडि यो सामान्य प्रश्न लुकेको थियो: प्रकाश ७:९ मा उल्लेख गरिएको “ठूलो जमात” (किङ जेम्स भर्सन) वा “ठूलो भीड़” को हुन्? के विश्वासीहरूको यो समूह स्वर्गमा बस्नेछन्?
निकै समयदेखिको प्रश्न
प्रेरित यूहन्नाको समयदेखि अहिलेसम्म मसीहीहरू “ठूलो जमात” को होला भनेर अन्योलमा परेका थिए। बाइबल स्टुडेन्ट्सले ठूलो भीडलाई स्वर्ग जाने दोस्रो समूह भन्ठान्थे। यस समूहका मानिसहरूसँग बाइबल सच्चाइको ज्ञान भए तापनि तिनीहरूलाई त्यो फैलाउन त्यति प्रयास नगर्ने व्यक्ति सम्झिइन्थ्यो।
तथापि, प्रचार कार्यमा जोसिलो हुने अभिषिक्त मसीहीहरूका केही खास समूहहरू पनि थिए। तिनीहरूलाई स्वर्ग जाने रहर थिएन। तिनीहरूको यो आशा, सन् १९१८ देखि १९२२ सम्म यहोवाका जनहरूले प्रस्तुत गरेको “अहिले बाँचिरहेका लाखौं मानिसहरू कहिल्यै मर्नेछैनन्” शीर्षकको जनभाषणअनुरूप थियो। यस्ता व्यक्तिविशेषले पृथ्वीमा अनन्त जीवनको आशिष् पाउनेछन्।
द वाच टावर अक्टोबर १५, १९२३ ले येशूले भन्नुभएको भेडा र बाख्राको उखान छलफल गऱ्यो र यसो भन्यो: “भेडाहरूले सबै राष्ट्रका ती मानिसहरूको प्रतिनिधित्व गर्छन् जो आत्माद्वारा अभिषिक्त नभए तापनि धार्मिक प्रवृत्तिका छन्। तिनीहरू येशू ख्रीष्टलाई मनैबाट प्रभु स्वीकार गर्छन् र उहाँको शासनअन्तर्गत सुखमय समयहरूको आशा र प्रतीक्षामा छन्।”—मत्ती २५:३१-४६.
थप ज्योति
सन् १९३१ मा भिन्डीकेशन पुस्तकको पहिलो खण्डमा इजकिएल अध्याय ९ छलफल गरियो र संसारको अन्त हुँदा बचाइनका लागि निधारमा छाप लगाइएकाहरू येशूको उखानका भेडाहरू हुन् भनेर चिनाइयो। भिन्डीकेशन पुस्तकको तेस्रो खण्डले (१९३२ मा प्रकाशित) गैरइस्राएली पुरुष यहोनादाबको धार्मिक मनोवृत्तिबारे वर्णन गऱ्यो। इस्राएलका अभिषिक्त राजा येहूको रथमा चढेर यहोनादाबले येहूलाई सहयोग गरेका र झूटो धर्म मान्नेहरूको विरुद्धमा येहूको जोस हेर्न गएका थिए। (२ राजा १०:१५-२८) उक्त पुस्तकले यसो भन्यो: “वर्तमान् समयमा यहोनादाबले यहाँ पृथ्वीको एउटा खास श्रेणीका मानिसहरूलाई चित्रित गर्छन्, [जो] परमेश्वरको अनुग्रहका पात्रहरू हुन्। यिनीहरू शैतानको संगठनअनुरूप छैनन्। यिनीहरू धार्मिकताको पक्षमा अडान लिन्छन्। यिनीहरूलाई प्रभुले आरमागेडोनमा बचाउनु हुनेछ। यिनीहरूलाई त्यो संकष्टमय स्थितिमा सुरक्षित राख्नु भएर पृथ्वीमा अनन्त जीवन दिनु हुनेछ। हो, यिनीहरू नै ‘भेडा’ वर्गका हुन्।”
सन् १९३४ मा द वाचटावरले पार्थिव आशा भएका मसीहीहरूले यहोवालाई आफ्नो जीवन समर्पण गर्नुपर्छ अनि बप्तिस्मा लिनुपर्छ भनेर स्पष्ट पारेको थियो। यो पार्थिव वर्गबारे साँच्चै ज्योति झन्झन् चहकिलो हुँदै गइरहेको थियो!—हितोपदेश ४:१८.
समझको ज्योति झनै चहकिलो हुन्छ
प्रकाश ७:९-१७ को अर्थ पूर्णतः स्पष्ट हुनै लागेको थियो। (भजन ९७:११) मे ३० देखि जून ३, १९३५ सम्म, वाशिङटन डी.सी., संयुक्त राज्य अमेरिकामा हुने अधिवेशन, यहोनादाबद्वारा चित्रित मानिसहरूका लागि “सान्त्वनादायी र लाभप्रद हुनेछ” भन्ने आशा वाचटावर-ले व्यक्त गरेको थियो। अनि ठीक त्यस्तै भयो पनि!
प्रकाश ७:९ मा उल्लिखित “ठूलो भीड़” हुन् भनेर शास्त्रीय प्रमाण प्रस्तुत गरे। (यूहन्ना १०:१६) भाषणको चरमोत्कर्षमा वक्ताले यस्तो अनुरोध गरे: “पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरू कृपया उभिनु हुन्छ कि?” श्रोतागणमध्येको ठूलो भाग जुरुक्क उभिंदा तिनीहरूलाई संकेत गर्दै रदरफोर्डले यस्तो घोषणा गरे: “हेर्नुहोस्! त्यो ठूलो जमात!” एकछिन त सन्नाटा छायो तर तुरुन्तै जोडदार करतलध्वनि गुञ्जायमान् भयो। भोलिपल्टै यहोवाका ८४० जना नयाँ साक्षीहरूले बप्तिस्मा लिए र यीमध्ये धेरैजसोले ठूलो भीडको हुने दाबी गरे।
सम्मेलनमा उपस्थित करिब २०,००० श्रोताहरू समक्ष जे. एफ. रदरफोर्डले “ठूलो भीड” विषयमा सनसनीपूर्ण भाषण दिए र आधुनिक “अरू भेड़ा” नैउल्लेखनीय उपस्थिति
सन् १९३५ अघि बाइबल सन्देशप्रति चासो लिने र सुसमाचार प्रचारकार्यमा जोस देखाउनेहरूमध्ये धेरैजसोले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने इच्छा देखाएका थिए। तिनीहरूलाई स्वर्ग जाने रहर थिएन किनकि परमेश्वरले तिनीहरूलाई स्वर्गीय जीवनको आशा दिनुभएको थिएन। तिनीहरूले आफूलाई अरू भेडाको ठूलो भीडसित सामेल गराउनुले नै सन् १९३५ मा १,४४,००० अभिषिक्त मसीहीहरूको बोलावट वास्तवमा लगभग पूरै सिद्धियो भन्ने संकेत दियो।—प्रकाश ७:४.
दोस्रो विश्व युद्ध सुरु हुँदा शैतान अनि दियाबलले ठूलो भीडका मानिसहरू जम्मा गर्ने प्रयासलाई विफल पार्न निकै कोसिस गऱ्यो। थुप्रै मुलुकमा राज्य प्रचार कार्य प्रतिबन्धित भयो। यी अन्धकार युगमा र जनवरी १९४२ मा आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि जे. एफ. रदरफोर्डले यस्तो टिप्पणी गरेका थिए: “ ‘ठूलो जमात’ आखिर त्यति ठूलो हुँदैन जस्तो देखिन्छ।”
तर ईश्वरीय आशिष्ले गर्दा परिस्थितिले कोल्टो फेऱ्यो। ‘सिद्ध र पूरा निश्चय हुँदै’ अभिषिक्त र तिनीहरूका अरू भेडाका सँगीहरूले चेला बनाउने आदेश पूरा गरिरहे। (कलस्सी ४:१२; मत्ती २४:१४; २८:१९, २०) सन् १९४६ सम्ममा विश्वभरि प्रचार गरिरहेका यहोवाका साक्षीहरूको संख्या १,७६,४५६ थियो र यिनीहरूमध्ये प्रायजसो ठूलो भीडका सदस्यहरू थिए। सन् २००० मा २३५ मुलुकहरूमा ६०,००,००० भन्दा धेरै साक्षीहरू विश्वासी भई यहोवाको सेवा गरिरहेका थिए र यो साँच्चै ठूलो भीड हो! अनि यो संख्या अझै बढ्दैछ।