सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मित्रले दिएको चोट”

“मित्रले दिएको चोट”

“मित्रले दिएको चोट”

प्रथम शताब्दीमा गलातीका मसीहीहरूलाई सुधार्नु आवश्‍यक परेको प्रेरित पावलले महसुस गरे। कोही पनि आक्रोशित नहोऊन्‌ भन्‍ने हेतुले तिनले यस्तो प्रश्‍न गरे: “यसो हो भने, तिमीहरूलाई मैले साँचो बोलेकोमा के म तिमीहरूको शत्रु भएँ ता?”—गलाती ४:१६.

‘साँचो बोल्दैमा’ पावल तिनीहरूका शत्रु भएका थिएनन्‌। वास्तवमा, तिनले त बाइबलको यो सिद्धान्तअनुरूप काम गरिरहेका थिए: “मित्रले दिएको चोट सुधारको निम्ति हुन्छ।” (हितोपदेश २७:६) गल्ती गर्नेको अभिमानमा चोट लाग्नेछ भनेर तिनलाई थाह थियो। यद्यपि, गल्ती गर्नेलाई आवश्‍यक अनुशासन नदिंदा, उक्‍त पापीप्रति यहोवाको प्रेम प्रकट हुन नदिनु बराबर हुने थियो भनेर तिनले बुझेका थिए। (हिब्रू १२:५-७) त्यसकारण, विश्‍वासी साथीको हैसियतमा मण्डलीको चिरकालीन हितलाई ध्यानमा राख्दै पावल तिनीहरूलाई सुधार्न पछि हटेनन्‌।

आज यहोवाका साक्षीहरूले “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . जे जे [येशू ख्रीष्टले] आज्ञा [गर्नुभयो], तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ” भन्‍ने आदेश पूरा गरिरहेका छन्‌। यो आदेश पूरा गर्न यी इमानदार मसीहीहरूले सैद्धान्तिक गल्ती र गैरमसीही आचरण उदांग पार्ने र भर्त्सना गर्ने बाइबल सच्चाइलाई बंग्याउँदैनन्‌। (मत्ती १५:९; २३:९; २८:१९, २०; १ कोरिन्थी ६:९, १०) सैद्धान्तिक गल्ती र गैरमसीही चालचलनको भर्त्सना गरेकोमा साक्षीहरूलाई तिरस्कार गर्न नहुने हो। किनकि यसो गरेर वास्तवमा यिनीहरूले साँचो मित्रले गर्ने काम गरिरहेका छन्‌।

ईश्‍वरीय प्रेरणा पाएर भजनरचयिताले यस्तो लेखे: “धर्मात्माले मलाई पिटोस्‌, त्यो मेरो निम्ति दयाझैं हुनेछ, तिनले मलाई चेताउनी दिऊन्‌, त्यो मेरो शिरमा तेलझैं हुनेछ। मेरो शिरले त्यो इन्कार नगरोस्‌।”—भजन १४१:५.