सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अमेट छाप

अमेट छाप

अमेट छाप

वर्षेनी यहोवाका साक्षीहरू आ-आफ्नो देशमा मसीही सम्मेलन तथा अधिवेशनहरूमा एकसाथ भेला हुन्छन्‌। आध्यात्मिक तवरमा उत्थानदायी निर्देशन र सरसंगतिको आनन्द उठाउन तिनीहरू यसरी भेला हुन्छन्‌। तर तिनीहरूको जमघटका अन्य पक्षहरूले पनि आगन्तुकहरूमा अमेट छाप पार्नसक्छन्‌।

उदाहरणका लागि, जुलाई १९९९ मा मोजाम्बिकका हजारौं साक्षीहरू तीन दिने “परमेश्‍वरको भविष्यसूचक वचन” विषयक प्रोत्साहनदायी जिल्ला अधिवेशनको निम्ति भेला भए। त्यहाँ उपस्थितमध्ये थुप्रैका लागि यो पहिलो अधिवेशन थियो। तिनीहरू मञ्चबाट बोलिएका शब्दहरूबाट मात्र होइन तर आफू वरपर देखेका कुराहरूबाट पनि प्रभावित भए।

मापुतो सम्मेलन भवनमा एउटा यस्तो टिप्पणी गरिएको थियो: “यो जस्तो सुन्दर ठाउँ मैले जिन्दगीमा कहिल्यै देखेको छैन! शौचालयहरूमा साबुन र ऐनाहरू हुनुका साथै असाध्यै सफा थियो। त्यहाँको वातावरण एकदमै शान्त थियो, बच्चाहरू झगडा गरिरहेको हल्लाखल्ला थिएन। अनि घचेटाघचेट पनि थिएन! मैले आनन्दित युवायुवतीहरू उत्थानदायी कुराकानी गरिरहेको देखें। सबैले सफा चिटिक्क लुगा लगाएको देखेर पनि म प्रभावित भएँ। अर्को पटक म मेरा छोराछोरीलाई पनि ल्याउनेछु र मेरो पतिलाई पनि हाम्रो परिवारले यो अधिवेशन धाउनैपर्छ भनेर बताउन कोसिस गर्नेछु।”

हो, यहोवाका साक्षीहरूको इमानदारी, निष्ठा र शारीरिक सरसफाइ मानिसहरूले याद गर्छन्‌। साक्षीहरू किन भिन्‍न छन्‌? किनभने तिनीहरू बाइबलबाट सिकेको कुरा आफ्नो जीवनमा लागू गर्न साँच्चै प्रयत्न गर्छन्‌। यस वर्ष पनि आयोजना हुने राष्ट्रिय अधिवेशन वा स्थानीय राज्यभवनमा हप्तावारी हुने सभाहरूमा भेला भएर तपाईं आफैले हेरे कसो होला?

[पृष्ठ ३२-मा भएका चित्र]

जाम्बिया

[पृष्ठ ३२-मा भएका चित्र]

केन्या

[पृष्ठ ३२-मा भएका चित्र]

मोजाम्बिक