तपाईंको प्रगतिमा अवरोध खडा गर्ने कुराहरूमाथि विजयी हुनुहोस्!
तपाईंको प्रगतिमा अवरोध खडा गर्ने कुराहरूमाथि विजयी हुनुहोस्!
कल्पना गर्नुहोस्, तपाईंको गाडी गियरमा छ र इन्जिन पनि चलिरहेको छ तर गाडी भने एक डेग अगाडि बढ्दैन। कतै गाडीको कुनै पुर्जा त बिग्रेन? कुनै पनि पुर्जा बिग्रेको छैन, गाडीको एउटा चक्काअगाडि ठूलो ढुंगा रहेछ। त्यो ढुंगा हटाएपछि त गाडी गुडिहाल्छ नि।
त्यसै गरी, यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गरिरहेका कसैकसैले आध्यात्मिक प्रगतिमा अवरोध खडा गर्ने विघ्नबाधा सामना गर्नु पर्नसक्छ। उदाहरणका लागि, येशूले “यस संसारको फिक्री र धनसम्पत्तिको माया” जस्ता कुराहरूले “वचनलाई निसासिदिन्छ” र वृद्धिमा अवरोध खडा गर्नसक्छ भनी चेताउनी दिनुभयो।—मत्ती १३:२२.
अरू कसैको चाहिं आफ्नो कुनै पुरानो बानी वा कमजोरी प्रगतिको निम्ति बाधक बन्नसक्छ। युताका नाउँ गरेका जापानी पुरुषलाई बाइबल सन्देश मन पर्थ्यो तर तिनलाई जुवा खेल्ने कुलत लागेको थियो। तिनले यस्तो खराब बानी हटाउने प्रयास नगरेका होइनन् तर सफल भने हुन सकिरहेका थिएनन्। आफ्नो यस्तो कुलतले गर्दा तिनले ठूलो धनराशि, तीनवटा घर, परिवारको आदर र आत्मसम्मानसमेत गुमाएका थिए। के तिनी यस्तो अवरोधलाई हटाएर मसीही हुनसक्थे?
अथवा किको नाउँ गरेकी महिलालाई लिनुहोस्। बाइबलको मदतद्वारा तिनले मूर्तिपूजा, अनैतिकता र जोखना हेर्ने जस्ता खराब कुराहरूमाथि विजय हासिल गरिसकेकी
थिइन्। तथापि, किको यसरी स्वीकार्छिन्: “मेरोनिम्ति सबैभन्दा ठूलो अवरोध भनेकै धूम्रपान थियो। मैले धेरै चोटि छोड्ने कोसिस गरें तर सकिनँ।”तपाईंको पनि त्यस्ता केही अवरोधहरू हुनसक्छन्, जुन हटाउनै सकिंदैन जस्तो देखिनसक्छ र तपाईंको प्रगतिमा बाधक भइरहेको हुनसक्छ। अवरोधहरू जस्तोसुकै होऊन्, परमेश्वरको मदतद्वारा ती हटाउन सकिन्छ भन्ने कुरामा विश्वस्त हुनुहोस्।
आफ्ना चेलाहरूले छारे रोग लागेको मानिसबाट भूत धपाउन नसकेपछि येशूले तिनीहरूलाई कस्तो सल्लाह दिनुभयो सम्झनुहोस् त। तिनीहरू असफल भएको काममा येशू सफल हुनुभएपछि उहाँले चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरूमा एउटा रायोको गेड़ा जति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटी जा’ भन्यौ भने त्यो हटी जानेछ, र तिमीहरूलाई केही असम्भव हुनेछैन।” (मत्ती १७:१४-२०; मर्कूस ९:१७-२९) हो, हाम्रोलागि पहाडजस्तै ठूलो देखिने समस्या, हाम्रो शक्तिशाली सृष्टिकर्ताको नजरमा एकदमै सानो र नगण्य छ।—उत्पत्ति १८:१४; मर्कूस १०:२७.
प्रगतिका अवरोधहरू चिन्ने
कुनै अवरोधहरूमाथि विजय हासिल गर्नुअघि तपाईंले ती अवरोधहरू के हुन्, चिन्नुपर्छ। तर तपाईं कसरी चिन्न सक्नुहुन्छ? कहिलेकाहीं मण्डलीको सदस्य जस्तै, प्राचीन वा तपाईंसित अध्ययन गर्ने व्यक्तिले कुनै कुराप्रति तपाईंको ध्यान खिच्नसक्छ। त्यस्तो मायालु सल्लाह दिएकोमा रिसाउनुको सट्टा नम्रतासाथ तपाईंले ‘अर्ती सुन्नुपर्छ र बुद्धिमान हुँदै जानुपर्छ।’ (हितोपदेश ८:३२) अरू बेला चाहिं तपाईं बाइबल अध्ययनद्वारा आफ्ना कमीकमजोरीहरूबारे सजग हुनसक्नु हुन्छ। हो, परमेश्वरको वचन “जीवित र प्रबल” छ। (हिब्रू ४:१२) बाइबल अनि बाइबल आधारित साहित्यहरू पढ्दा हाम्रो भित्री विचार, भावना र मनोवृत्ति कस्तो छ, त्यो प्रकट हुनसक्छ। यसले तपाईंलाई यहोवाका उच्च स्तरहरूअनुरूप चलिरहेका छौं कि छैनौं भनी जाँच्न मदत गर्छ। यसले तपाईंको आध्यात्मिक प्रगतिमा अवरोध खडा गर्ने कुराहरू प्रकाश पार्नुका साथै चिनाउँछ।—याकूब १:२३-२५.
मानिलिनुहोस्, बाइबल विद्यार्थीको अनैतिक कुराहरू कल्पना गरिरहने बानी छ। तिनले त्यसो गर्नु भनेको खराबी गर्नु कहाँ हो र भन्ने तर्क गरिरहेको हुनसक्छ। अध्ययनको दौडान तिनले याकूब १:१४, १५ का यी शब्दहरू पढ्छन्: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढ़ेपछि मृत्यु उत्पन्न गराउँछ।” तिनको आध्यात्मिक प्रगतिमा यो बानी कत्तिको खतरनाक छ भनी अब तिनले बुझ्नेछन्! यस अवरोधलाई तिनी कसरी हटाउनसक्छन्?—मर्कूस ७:२१-२३.
अवरोधहरूमाथि विजय हासिल गर्ने
कुनै परिपक्व मसीहीको सहयोग लिएर विद्यार्थीले वाच टावर पब्लिकेशन इन्डेक्स चलाउँदै परमेश्वरको वचनमा थप अनुसन्धान गर्लान्। a उदाहरणका लागि, “विचारहरू” शीर्षकअन्तर्गत हानिकारक कल्पनाहरूमाथि विजय हासिल गर्ने भनी छापिसकेका थुप्रै लेखहरूतर्फ पाठकको ध्यानाकर्षण गर्छ। ती लेखहरूले फिलिप्पी ४:८ जस्ता मदतकारी बाइबल पदहरू प्रकाश पार्छन्, जहाँ यसो भनिएको छ: “जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” हो, अनैतिक विचारहरूलाई स्वच्छ, उत्थानदायी विचारहरूद्वारा हटाउनुपर्छ!
अनुसन्धान गर्दै जाँदा आफ्नो समस्यालाई नचर्काउन मदत गर्ने अन्य बाइबल सिद्धान्तहरू पनि तिनले पक्कै थाह पाउनेछन्। उदाहरणका लागि, हितोपदेश ६:२७ र मत्ती ५:२८ ले यौन उत्तेजक कुराहरूले आफ्नो मन नभर्न चेताउनी दिन्छ। “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्” भनी भजनरचयिताले प्रार्थना गरे। (भजन ११९:३७) निस्सन्देह, यी बाइबल पदहरू पढ्नु मात्र पर्याप्त छैन। “धर्मीहरू सोच्दछन्” भनी बुद्धिमान् पुरुष बताउँछ। (हितोपदेश १५:२८) परमेश्वरले के आज्ञा दिनुभएको छ भनी मात्र होइन तर किन आज्ञा दिनुभयो भनी गौर गर्दा विद्यार्थीले यहोवाका मार्गहरू कत्तिको बुद्धिमानी र व्यावहारिक छन् भनी बुझ्नसक्छन्।
अन्तमा, यस अवरोधमाथि विजय हासिल गर्न प्रयास भजन १०३:१४) मदतको निम्ति निरन्तर प्रार्थना गरिरहनुका साथै अनैतिक कुराहरू मनमा नखेलाई रहन कडा प्रयास गर्दा त्यसले अन्तमा राम्रो नतिजा अर्थात् स्वच्छ, बोझले नदबिएको अन्तस्करण राख्न मदत गर्नेछ।—हिब्रू ९:१४.
गरिरहेको व्यक्तिले यहोवाको मदत माग्न हिचकिचाउनु हुँदैन। आखिर, यहोवालाई हाम्रो बनौट राम्ररी थाह छ। हामी असिद्ध, माटोबाट बनिएका हौं भनी उहाँलाई थाह छ। (हरेस नखानुहोस्
तपाईंले संघर्ष गरिरहनुपरेको कठिनाइ जस्तोसुकै होस्, तर कहिलेकाहीं गल्ती दोहरिन सक्छ भनी नबिर्सनुहोस्।। फेरि गल्ती हुँदा दिक्क लाग्नु र निराश हुनु स्वाभाविकै हो। तथापि, गलाती ६:९ का यी शब्दहरू नबिर्सिनुहोस्: “भलाइ गर्नामा हरेस नखाऔं, किनभने, यदि थाकेनौं भने, ठीक समयमा हामी कटनी गर्नेछौं।” दाऊद र पत्रुसजस्ता परमेश्वरका समर्पित सेवकहरूले समेत केही लाजमर्दो असफलताहरूको सामना गर्नुपरेको थियो। तर तिनीहरूले हरेस खाएनन्। तिनीहरूले नम्रतासाथ सल्लाह स्वीकारे, आवश्यक परिवर्तनहरू गरे र आफूलाई यहोवाका उल्लेखनीय सेवकहरू प्रमाणित गरे। (हितोपदेश २४:१६) दाऊदका गल्तीहरूको बावजूद यहोवाले तिनलाई “मेरो हृदयअनुसारको एउटा मानिस पाएँ, जसले मेरो सबै इच्छा पूरा गर्नेछ” भन्नुभयो। (प्रेरित १३:२२) त्यस्तै गरी पत्रुसले पनि आफ्नो गल्तीबाट पाठ सिके अनि मसीही मण्डलीको खाँबो भए।
आज थुप्रैले अवरोधहरूमाथि विजय हासिल गरेर सफलता प्राप्त गरेका छन्। सुरुमा उल्लेख गरेको युताकाले बाइबल अध्ययनको प्रस्ताव स्वीकारे। तिनी भन्छन्: “मैले चालेको प्रत्येक कदममा यहोवाको समर्थन र आशिष् पाएर मैले जुवा खेल्ने समस्या हटाउन सकें। विश्वासले ‘पहाड’ समेत हटाउन सकिन्छ भन्ने येशूको शब्दको वास्तविकता अनुभव गर्न पाउँदा म आनन्दित छु।” समयको अन्तरालमा युताका मण्डलीको सेवकाई सेवक भए।
चुरोट खाने कुलत लागिसकेको किकोलाई चाहिं के भयो नि? तिनीसँग अध्ययन गर्ने बहिनीले तिनलाई धूम्रपानको विषयमा ब्यूँझनुहोस्!-का विभिन्न लेखहरू पढ्ने सुझाउ दिइन्। यहोवाको नजरमा स्वच्छ रहनुपर्ने आवश्यकताबारे आफूलाई दिनहुँ सम्झाउन किकोले आफ्नो गाडीमा समेत २ कोरिन्थी ७:१ का शब्दहरू लेखेर टाँसिन्। तैपनि, तिनले ध्रूमपान छोड्न सकिनन्। किको सम्झिन्छिन्, “आफैदेखि मलाई दिक्क लागि सकेको थियो। त्यसैले, मैले आफैलाई प्रश्न गरें, म कसको सेवा गर्न चाहन्छु, यहोवाको वा शैतानको?” यहोवाको उपासना गर्ने निर्णय गरिसकेपछि तिनले निष्कपटतासाथ मदतको निम्ति प्रार्थना गरिन्। तिनी यसो भन्छिन्, “त्यसपछि मैले सजिलै चुरोट छोड्न सकेको देख्दा म आफै तीन छक परें। मलाई एउटै कुरामा मात्र पछुतो लागेको छ। त्यो हो, मैले पहिले नै किन त्यसो गरिनँ।”
तपाईं पनि अवरोधहरूमाथि विजय हासिल गर्न सक्नुहुन्छ। तपाईं आफ्ना विचार, इच्छा, वचन र कार्यलाई बाइबलका स्तरहरूअनुरूप जति ढाल्नुहुन्छ, त्यति नै तपाईंले आत्म-सम्मान र विश्वस्तता महसुस गर्नुहुनेछ। तपाईंका आध्यात्मिक भाइबहिनीलगायत परिवारका सदस्यहरूले तपाईंसँग संगत गर्दा स्फूर्ति प्राप्त गर्नुका साथै प्रोत्साहित हुनेछन्। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यहोवा परमेश्वरसँगको तपाईंको सम्बन्ध झन् बलियो हुनेछ। शैतानको नियन्त्रणबाट भाग्ने उहाँको “प्रजाको बाटोदेखि ठेस लाग्ने ढुङ्गा” सबै हटाउने उहाँले प्रतिज्ञा गर्नुभएको छ। (यशैया ५७:१४) अनि तपाईंले आफ्नो आध्यात्मिक प्रगतिमा आइपर्ने अवरोधहरू हटाउन र त्यसमाथि विजय हासिल गर्न प्रयास गर्नुभयो भने, यहोवाले प्रचुर मात्रामा आशिष् दिनुहुनेछ भनी तपाईं ढुक्क हुन सक्नुहुन्छ।
[फुटनोट]
a यहोवाका साक्षीहरूद्वारा विभिन्न भाषामा प्रकाशित।
[पृष्ठ २८-मा भएको चित्र]
विश्वास छ भने पहाडरूपी अवरोध पनि हटाउन सकिन्छ भनी येशूले प्रतिज्ञा गर्नुभयो
[पृष्ठ ३०-मा भएको चित्र]
बाइबल पढाइले आध्यात्मिक कमीकमजोरीहरूमाथि विजय हासिल गर्ने हाम्रो प्रयासलाई सुदृढ बनाउँछ