सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामी एक समय ब्वाँसा थियौं तर अहिले भेडा भएका छौं!

हामी एक समय ब्वाँसा थियौं तर अहिले भेडा भएका छौं!

हामी एक समय ब्वाँसा थियौं तर अहिले भेडा भएका छौं!

सकिना र म साँनो छँदा छिमेकी थियौं। सकिना ठूलो जीउकी र हृष्टपुष्ट थिइन्‌ भने मचाहिं सानो र लिखुरे थिएँ। हाम्रो अक्सर सानोतिनो झगडा भई रहन्थ्यो तर एक दिन त हाम्रो साह्रै नराम्रो झगडा भयो। त्यस दिनदेखि हामीले एकअर्कासित बोल्न र अभिवादन गर्न छोड्यौं। अन्ततः हामी दुवै जना भिन्‍नाभिन्‍नै ठाउँमा सऱ्‍यौं र त्यसपछि हाम्रो भेटघाटै भएन।

सन्‌ १९९४ मा मैले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालें र बिस्तारै मेरो व्यक्‍तित्वमा परिवर्तन आउन थाल्यो। चार वर्षपछि बुरूण्डीको बुजुम्बुरा भन्‍ने ठाउँमा विशेष सम्मेलन दिनमा उपस्थित हुँदा सकिनालाई भेट्‌दा म तीन छक परें। तिनी त्यहाँ उपस्थित भएकोमा म खुसी थिएँ तर हाम्रो अभिवादन त्यति न्यानो थिएन। पछि बप्तिस्मा लिनेहरूमध्ये सकिनालाई पनि देख्दा मैले त विश्‍वासै गर्न सकिनँ! तिनी पनि पूरै परिवर्तन भइसकेकी थिइन्‌। तिनी अब पहिलाको त्यो झगडालु व्यक्‍ति थिइनन्‌ जोसँग मेरो अक्सर झगडा भइरहन्थ्यो। तिनले पानीको बप्तिस्माद्वारा यहोवाप्रतिको आफ्नो समर्पण सार्वजनिक रूपमा जनाएको हेर्न पाउनु साह्रै राम्रो कुरा थियो!

तिनी पानीबाट निस्कँदा म हतारहतार तिनलाई अँगालो हाल्न गएँ र कानमा खुसुक्क यसो भने: “हाम्रो कस्तो झगडा हुन्थ्यो नि, तिमीलाई सम्झना छ?” तिनले भनिन्‌, “अँ, सम्झना छ तर त्यो अब पुरानो कुरा भइसक्यो। अब म नयाँ व्यक्‍ति भएकी छु।”

हामीलाई एकताबद्ध गर्ने बाइबल सत्य पाएकोमा र हाम्रो ब्वाँसोको जस्तो व्यक्‍तित्वलाई परिवर्तन गरेर महान्‌ गोठालो यहोवा परमेश्‍वरको बगालको भेडा हुन पाएको हामी दुवै आनन्दित छौं। साँच्चै, बाइबल सत्यले जीवनमा परिवर्तन ल्याउँछ।