सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरू मध्य अफ्रिकामा ईश्‍वरीय नाउँ प्रयोग गर्छन्‌

तिनीहरू मध्य अफ्रिकामा ईश्‍वरीय नाउँ प्रयोग गर्छन्‌

तिनीहरू मध्य अफ्रिकामा ईश्‍वरीय नाउँ प्रयोग गर्छन्‌

मध्य अफ्रिकाका अधिकांश जनता परमेश्‍वरमाथि विश्‍वास गर्छन्‌। उहाँ नै सारा थोकका सृजनाहार हुनुहुन्छ भन्‍ने कुरामा तिनीहरूलाई रत्तीभर शंका छैन। (प्रकाश ४:११) तथापि, अरू ठाउँमा जस्तै यहाँका मानिसहरू पनि उहाँको व्यक्‍तिगत नाउँ यहोवा हो भनेर मानिलिन चाहँदैनन्‌।

प्रभुको प्रार्थनामा “तपाईंको नाउँ पवित्र गरि[यो]स्‌” भन्दा मध्य अफ्रिकालगायत संसारका अन्य भागहरूमा मानिसहरूले परमेश्‍वरको नाउँलाई संकेत गरिरहेका हुन्छन्‌। तर निकै समयदेखि कमैलाई त्यो नाउँ थाह थियो। तथापि, वर्षौंको दौडान यहोवाका साक्षीहरूको जोसिलो प्रचार कार्यले गर्दा ईश्‍वरीय नाउँ प्रयोग गर्ने सम्बन्धमा मानिसहरूको धारणा अलि परिवर्तन हुन थालेको छ। आज यो ईश्‍वरीय नाउँ जुलू (उज्याहोवा), योरूबा (जेहोफा), क्षोसा (उयेहोवा) र स्वाहिली (येहोफा) जस्ता अफ्रिकी भाषाहरूमा चिरपरिचित छ। तैपनि, यी भाषाहरूका प्रायजसो बाइबल अनुवादहरूमा अझै पनि ईश्‍वरीय नाउँ प्रयोग गरिएका छैनन्‌।

मध्य अफ्रिकी गणतन्त्रका केही स्थानहरू जस्तै, सुडान र प्रजातान्त्रिक गणतन्त्र कंगोमा बोलिने जान्डे भाषामा राम्ररी अनुवाद गरिएको बाइबलमा भने ईश्‍वरीय नाउँ प्रयोग गरिएको छ। त्यस भेगका मानिसहरू परमेश्‍वरको नाउँ प्रयोग गर्छन्‌ र आफ्नो मातृभाषामा येकोभा लेख्छन्‌। स्थानीय भाषामा ईश्‍वरीय नाउँ जस्तोसुकै तरिकामा प्रयोग गरिएको होस्‌, मुख्य कुरा त्यो नाउँ प्रयोग गर्नु हो। किन? किनकि “[यहोवा]को नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”—रोमी १०:१३.

[पृष्ठ ३२-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सुडान

मध्य अफ्रिकी गणतन्त्र

प्रजातान्त्रिक गणतन्त्र कंगो

[स्रोत]

The Complete Encyclopedia of Illustration/J. G. Heck